Khabar Dabali १० असार २०८३ बुधबार | 24th June, 2026 Wed
Investment bank

सिरिया मिसनबाट फर्किएका सैनिकमाथि जंगीअड्डाको छानबिन

खबरडबली संवाददाता

काठमाडौं । संयुक्त राष्ट्रसंघ अन्तर्गत शान्ति स्थापनाका लागि सिरियामा खटिएको टोलीका कम्तिमा ३० सैनिक अधिकारी नेपाली सेनाको छानबिनमा परेका छन् ।

सिरियामा जारी तनावकाबीच स्थानीय समूहले हतियार खोसेका कारण टोली फर्किएलगत्तै नेपाली सेनाको जंगीअड्डाले छानबिन थालेको हो । 

सैनिक प्रवक्ता गौरवकुमार केसीको भनाइमा हतियार त्यसबेलै फिर्ता भइसके पनि जंगीअड्डाले मिसनमा खटिएको टोलीबाट कुनै कमजोरी वा त्रुटी भएको हो या होइन भन्ने हिसाबले छानबिन गरेको हो ।  ‘हालसम्म आन्तरिक छानबिन मात्र भइरहेको विषय हो, झण्डै ३० जनामाथि सोधपुछ र बयान लिने काम भएको छ’, उनले भने, ‘उनीहरूलाई साधपुछ गर्दै छाडिएको छ ।’

तर, जंगीअड्डा स्रोतका अनुसार, मिसन कमाण्डर प्रमुख सेनानी दिनेशकुमार खड्कासहित कम्तिमा ४ अधिकारी अझै जंगीअड्डाको सैनिक प्रहरी गणको नियन्त्रणमा छन् ।

सैनिक प्रहरी गण सैनिक अधिकारीहरूले गरेको अपराधको अनुसन्धान गर्ने निकाय हो । गणको नियन्त्रणमा राखेर अहिले सेनाले ‘कोर्ट अफ इक्वायरी’ गठन गरेर उनीहरूमाथि छानबिन गरिरहेको छ ।

‘मुख्य अधिकृतहरू अझै नियन्त्रणमा छन्, अरुलाई छाडिएको छ’, एक सैनिक अधिकृतले भने, ‘छानबिनका क्रममा कैफियत देखिए कोर्ट मार्सल हुन्छ, नभए थप कारबाही अघि बढ्दैन ।’ खड्का नेतृत्वमा रहेको १९७ शान्ति सैनिकको टोली दुई साताअघि स्वदेश फर्किएको थियो ।

सिरियामा जारी तनावका बीच उनीहरूले समय सकिएपछि समेत झण्डै ६ महिना काम गर्न पाएका थिए । खड्का नेतृत्वको टोली फर्किएलगत्तै प्रमुख सेनानी रविजंग खड्का नेतृत्वमा २०२ जनाको टोली सोही दिन मिसन इलाकातर्फ गइसकेको छ ।

हाल सिरियाको मिसनमा सैनिक पर्यवेक्षक, स्टाफ अधिकृत र विभिन्न युनिटहरुबाट गरेर जम्मा ४४८ सैनिक खटिएका छन् ।

के हो घटना  ?

संयुक्त राष्ट्रसंघ अन्तर्गत ‘युनाइटेड नेसन्स डिस्इंगेजमेन्ट अब्जर्भर फोर्स’ मिसनमा खटिएको नेपाली टोलीमाथि २२ मंसिर २०८१ मा हतियारधारी समूहले आक्रमण गरेको थियो ।

त्यसबेला मिसनमा खटिएको शान्ति सैनिक टोलीले उनीहरूलाई चेतावनी दिएको थियो, यद्यपि जबरजस्ती प्रवेश गरेर केही अत्याधुनिक हतियार र गोली लुटपाट गरेका थिए । यो मामलामा संयुक्त राष्ट्रसंघले समेत छानबिन गरेको थियो ।

नेपाली सेनाका उपरथी निर्मलकुमार थापा स्वयं यो मिसनका फोर्स कमाण्डर थिए । अधिकृतहरूका अनुसार, सिरिया र इजरायलको विवादित क्षेत्र गोलान हाइटमा खटिएको टोलीलाई ‘इन्गेजमेन्ट’ (प्रतिकारबाही) का लागि कुनै निर्देशन थिएन । त्यही कारणले हतियार खोस्दा प्रतिकार गर्न नसकिएको बयान दिनेहरुको दाबी छ ।

तर, हदारस्थित १०–ए सुरक्षा पोष्टमा हतियारधारी समूह नै प्रवेश गरेर हतियार लुट्दा त्यसलाई रोक्न नसक्नु कमजोरी भएको जंगीअड्डाका अधिकृतहरू बताउँछन् ।

‘यूएनबाट छानबिन भएर हतियार र गोली समेत फिर्ता आइसकेको छ’, एक अधिकृत भन्छन्, ‘तर, भविष्यमा समेत यस्तो घटना नदोहोरियोस् भन्ने हिसाबले कमजोरीबारे समेत जाँच्नु आवश्यक भएकाले छानबिन भइरहेको हो ।’

नेपाल १९५५ मा संयुक्त राष्ट्रसंघको सदस्य बनेयता शान्ति मिसनमा नेपाली फौज पनि खटिंदै आएको छ । पछिल्लो समय नेपाली सेना विश्वमै सबैभन्दा बढी शान्ति सैनिक पठाउने संगठनमा पर्छ । हाल नेपाली सेनाका ५ हजार ९१८ सैनिक विश्वका ११ विभिन्न मुलुकमा शान्ति स्थापनार्थ खटिएका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कृषिबाली जोगाउन विशेष कार्यक्रम, किसानको घरदैलोमै प्राविधिक सेवा पनि पुग्ने

खोटाङ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले कृषिबालीमा बाँदरलगायत वन्यजन्तुले पुर्‍याउँदै आएको क्षति न्यूनीकरण गर्न आगामी आर्थिक वर्षका लागि ...

गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा, होटललाई ३ लाख रुपैयाँ जरिबाना

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले चितवनस्थित एक होटलमा खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि सम्बन्धित होटललाई ३ लाख रुपैयाँ जरिबाना गरिएको छ। राष्...

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन् । असार ७ गतेदेखि चितवनमा जारी पहिलो महाधिवेशनबाट ला...

भिरबाट टेम्पो खसाएको घटनामा वन कार्यालयले पीडितलाई दियो ५ लाख क्षतिपूर्ति

काठमाडौं । कैलालीमा डिभिजन वन कार्यालयका कर्मचारीले सडक छेउबाट टेम्पो खसालेको घटनामा पीडित पक्षले पाँच लाख रुपैयाँ क्षतिपूर्ति पाएको छ । वन कर्मचारी र...

काठमाडौं उपत्यका र काभ्रेका केही क्षेत्रमा अझै जोखिम, उच्च सतर्कता अपनाउन विभागको आग्रह

काठमाडौं उपत्यका र काभ्रेका केही क्षेत्रमा अझै जोखिम, उच्च सतर्कता अपनाउन विभागको आग्रह

तस्बिर सार्वजनिक भएपछि उठ्यो सरकारी कर्मचारीको राजनीतिक संलग्नताको प्रश्न

श्रेष्ठको दाबी– सदस्य वा प्रतिनिधि होइन, ‘हेर्न मात्रै गएको हुँ’

गुन्डुमा एमाले सचिवालय बैठक, विष्णु पौडेल पक्राउ प्रकरणदेखि समसामयिक राजनीतिक घटनाक्रमसम्म छलफल

यातना दिएर पक्राउ गरियो यो प्रतिशोध हो, गैरकानुनी हो

बीवाईडीसम्बन्धी समाचार हटाउन अदालतको आदेश, पत्रकार महासंघको कडा आपत्ति

‘समाचारको सत्यता परीक्षण नगरी हटाउन लगाउनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप’

डाक्टरले चलाएको ईभी कारको ठक्करबाट प्रहरीको मृत्यु, श्रीमती घाइते

हुलाकी राजमार्गमा भएको दुर्घटनापछि चालक डा. राजेन्द्र चौधरी प्रहरी नियन्त्रणमा

रास्वपाको नयाँ वैचारिक मोड : ‘संवैधानिक समाजवाद’ छाडेर ‘सामाजिक लोकतन्त्र’ अंगीकार गर्ने प्रस्ताव

रवि लामिछानेको राजनीतिक प्रतिवेदनमा प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन र प्रदेश संरचना पुनर्संरचनाको एजेन्डा

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending