झापा । झापाको अर्जुनधाराधाममा आज १९ जोडीको सामूहिक विवाह गरिएको छ । २५ जोडीको विवाह गर्ने लक्ष्य राखेको धामले १९ जोडीको विवाह गरेको हो ।
अर्जुनधारा जलेश्वरधामको आयोजना तथा विश्व हिन्दू परिषद नेपालको समन्वयमा सामूहिक विवाह सम्पन्न गरिएको हो । अर्जुनधारा जलेश्वरधामले कोशी प्रदेशमै पहिलो पटक निःशुल्क सामूहिक विवाह गरेको जनाएको छ ।
गरिब, विपन्न परिवारलाई लक्षित गरेर आयोजना गरिएको विवाहमा हिन्दू धर्म परम्पराअनुसार विवाह गरिएको हो । खर्च अभाव कारण विवाह गर्न नसेक्ने बरबधुलाई सहयोग गर्ने उद्देश्यले निःशुल्क सामूहिक विवाह आयोजना गरिएको अर्जुनधारा जलेश्वरधामका अध्यक्ष नवीन गट्टानीले जानकारी दिए ।
सामुहिक विवाहका लागि अलगअलग मण्डप र गुरुहरूको व्यवस्था गरिएको थियो । बेहुला र बेहुलीको परिवारको तर्फबाट १०÷१० जना सहभागी हुन दिइएको छ । धामले सामूहिकरूपमा भोजन समेत गराएको छ ।
धामका अध्यक्ष गट्टानीका अनुसार विवाहको सम्पूर्ण खर्च धामले व्यहोरेको छ । विवाह सम्पन्न गर्न ३० लाख रूपैयाँ खर्च अनुमान गरिएको छ । धामका गुरु अग्नि सिग्देलले ब्रम्हा विवाहको विधिबाट सामूहिक विवाह गरिएको जानकारी दिए ।
विवाहका लागि धामले फाराम नै तयार गरेको थियो । विवाहका लागि आव्हान नै गरेको धाममले वरवधुलाई एकसरो उपहारसमेत प्रदान गरेको छ । अभिभावकको अनुमति वडा र नगरको सिफारिस वा वरवधु नै राजीखुसी भएको प्रमाण पेश गरेपछि धामले विवाहका लागि स्वीकार गरेको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ६ गते, २०८३ - १९:४०
विराटनगर । विराटनगरका उद्योगी व्यवसायीले भारतको कोलकाताबाट विराटनगरस्थित एकीकृत जाँचचौकीसम्म कार्गो रेल सेवा सञ्चालनमा आएपछि ढुवानी लागत र समय दुवै कम...
श्रावण ६ गते, २०८३ - १९:३५
पोखरा । बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानीमा उत्पादन हुने कोदो र फापरको पिठोलाई सहकारीमार्फत ब्रान्डिङ गरी बजारमा ल्याइएको छ। स्थानीय किसानको उत्पा...
श्रावण ६ गते, २०८३ - ०८:४९
बीपीको आदर्श एकातिर, कांग्रेसभित्रको विवाद अर्कोतिर
श्रावण ६ गते, २०८३ - ०८:४८
स्याङ्जा । गाउँका सार्वजनिक कामका लागि सरकारको मुख ताक्ने प्रवृत्ति बढिरहेका बेला स्याङ्जाको गल्याङ नगरपालिका–९ का युवाले भने आफ्नै श्रमबाट परिवर्तनको...
श्रावण ६ गते, २०८३ - ०८:४२
काठमाडौं । नेपाली कांग्रेसका संस्थापक तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवस बुधबार विभिन्न का...
श्रावण ६ गते, २०८३ - ०८:३८
काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले माइतीघर मण्डला क्षेत्रमा पटक–पटक हुने डुबानको प्राविधिक कारणसहित विस्तृत प्रतिवेदन ...
श्रावण ६ गते, २०८३ - ०८:३४
हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ झमसिङटार नजिक बालुवा बोकेको ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ। हेटौँडा बजारबाट झमसिङटारतर्फ ज...
श्रावण ६ गते, २०८३ - ०८:२२
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ६६ वटा विपद्का घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथ...
श्रावण ६ गते, २०८३ - ०८:१२
काबुल । पूर्वी अफगानिस्तानमा भीषण वर्षापछि आएको आकस्मिक बाढीमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी व्यक्ति बेपत्ता भएका छन्। तालिब...
श्रावण ६ गते, २०८३ - ०८:०१
झापा । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले गत आर्थिक वर्ष २०८२-८३ मा रु १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व सङ्क...



प्रतिकृया लेख्नुहोस्: