Khabar Dabali १५ माघ २०८२ बुधबार | 28th January, 2026 Wed
Investment bank

पाँचथरमा चौंरी महोत्सव : थरीथरीका चौंरी हेर्दै रमाए पर्यटक

खबरडबली संवाददाता

पाँचथर । नयाँ वर्षको अवसरमा चौँरी महोत्सव । समुद्र सहतबाट तीन हजार ४५० मिटर उचाइमा रहेको फालेलुङ गाउँपालिका–४ चाररातेको चरनभरि चरिरहेका थरिथरीका चौँरी । यहाँका दर्जनौँ गोठबाट ल्याइएका थिए यी सयौँ चौँरीहरू । माहोल हेर्न लायक थियो ।

प्लाष्टिक र चित्राले बनाइएका दर्जनौँ स्टलमा राखिएका चौँरीजन्य सामग्रीसहित स्थानीय उत्पादनका परिकार । गोठहरूमै बसोबासको प्रबन्ध तर पनि महोत्सव सुरु नहुँदै पर्यटकको उल्लेख्य उपस्थिति । चैत ३१ गतेदेखि सुरु भएको महोत्सवको झलक थियो यो ।

उच्च पहाड भए पनि फालेलुङको चाररातेमा आज सम्पन्न आठौँ फालेलुङ चौँरी पर्यटन महोत्सवमा छुट्टै रौनक थियो । नेपाल र भारतका विभिन्न स्थानबाट यहाँ पर्यटक पुगेका थिए ।
पर्यटक चौँरीसँग तस्बिर र भिडिओ खिच्न, सामुन्नेमा देखिने हिमालको दृश्यावलोकन गर्न तथा शान्त र स्निग्ध प्रकृतिमा रमाउन व्यस्त थिए । चारराते क्षेत्रमा सयौँ चौँरी हिँडडुल र चरिचरनका क्रममा बज्ने घण्टीको आवाजले वातावरणलाई थप रोमाञ्चक बनाएको थियो । त्यसैमा रमाइरहेका थिए पर्यटक ।

गाउँपालिकाले यहाँका फालेलुङ कञ्चनजङ्घा पर्यापर्यटन प्रवर्द्धन संस्था, दीपज्योति युवा क्लब र कञ्चनजङ्घा चौँरीपालन तथा संरक्षण संस्थासँगको सहकार्यमा आयोजना गरेको महोत्सवमा फालेलुङ र याङवरक गाउँपालिकाबाट पाँच सयभन्दा बढी चौँरी प्रदर्शनका लागि ल्याइएका थिए । महोत्सवमा चौँरीजन्य सामग्री, स्थानीय उत्पादनको प्रदर्शनी, याक र घोडा चढेर रमाइलो गर्ने व्यवस्था गरिएकाले पर्यटकहरू भरपूर मनोरञ्जन लिएका आयोजनाले जनाएको छ ।

लोपोन्मुख अवस्थामा रहेको चौँरी र चौँरीपालन संस्कृति जगेर्ना, चौँरीजन्य सामग्रीको बजारीकरणमा सघाउ, चौँरीपालनलाई दिगो र व्यवस्थित गर्न बर्सेनि महोत्सव आयोजना गरिँदै आइएको फालेलुङ गाउँपालिकाका अध्यक्ष वीरविक्रम थाम्सुहाङले बताए ।

चौँरी पर्यटन महोत्सवको आयोजना हुन थालेपछि देशविदेशबाट यस क्षेत्रमा पर्यटक आउने क्रम बढेको र यसले चौँरीपालकको अर्थोपार्जनमा सहयोग पुगेको उनको भनाइ छ । ‘अहिले चौँरीपालनका अतिरिक्त गोठमै पर्यटकलाई होटल सेवा सिन दिइरहनुभएको छ । यसले रोजगारीका अवसर सिर्जना र आयआर्जनमा वृद्धि गरेको छ’, थाम्सुहाङले भने । महोत्सवले जैविक विविधता, पर्यावरण संरक्षणमा टेवा पुगेका कारण फालेलुङ गाउँपालिकाले यसलाई निरन्तरता दिएको उनले बताए ।

उच्च पहाड भए पनि फालेलुङको चाररातेमा आज सम्पन्न आठौँ फालेलुङ चौँरी पर्यटन महोत्सवमा छुट्टै रौनक थियो । नेपाल र भारतका विभिन्न स्थानबाट यहाँ पर्यटक पुगेका थिए ।
अगुवा चौँरीपालक चन्द्रलाल नेपालका अनुसार चौँरी महोत्सवको आयोजनापछि पाँचथरका फालेलुङ र याङवरक गाउँपालिकामा रहेका चौँरी गोठबाट उत्पादित सामग्रीले बजार पाएका छन् । महोत्सव हुन थालेपछि चौँरीबाट उत्पादित छुर्पी, घ्यू र चिजको माग धान्नै गाह्रो भएको उनले बताए ।

नेपालका अनुसार चौँरीपालकले नेपाल-भारत सीमावर्ती पर्यटकीय क्षेत्रमा रहेका गोठबाट गोठबास (गोठ–स्टे) सेवा दिइरहेका छन् । यसमा विशेषगरी भारतीय पर्यटकहरू बढी  आउने गरेका छन् । गोठस्टेका कारण पर्यटन विकास र पर्यटनमा आधारित रोजगारीमा वृद्धि भएको अर्का अगुवा चौँरीपालक शिल्पकुमार राइले बताए ।

यसअघि, महोत्सव उद्घाटनका लागि कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डल, प्रदेशसभा सदस्य मैया श्रेष्ठ लावतीसहित पाहुना चारराते पुगेका थिए ।  कार्यक्रममा मन्त्री मण्डलले चौँरीजन्य संस्कृतिको जगेर्ना तथा जैविक विविधताको संरक्षण गरी यसैमा आधारित पर्यटन विकासमा जोड दिए ।

यहाँका चौँरीपालकले संस्कृति, परम्परा, वातावरण र जैविक विविधताको संरक्षणमार्फत पर्यटकलाई आकर्षित गरी आयआर्जनमा टेवा पुगेको भन्दै उनले यसमा कोशी प्रदेश सरकारले थप लगानी गर्ने बताए ।

चौँरी पर्यटन महोत्सवमा भारतको सिक्किमका कलाकारले दुर्लभ मानिने याक नृत्य प्रस्तुत गरेका थिए । यस्तै, पाँचथर र ताप्लेजुङका चौँरीपालक कृषकको डोरी तान्ने प्रतियोगिता सम्पन्न भएको छ । महोत्सवकै अवसरमा कोशी प्रदेश भ्रमण वर्ष २०८२ को प्रचारसमेत गरिएको थियो ।

महोत्सवमा भारतका पूर्वी क्षेत्रका सयौँ पर्यटक आएका थिए । पश्चिम बङ्गालको दार्जिलिङबाट आएका पर्यटक सुशील क्षेत्रीले चौँरीबारे बुझ्न र उच्च पहाडको आनन्द लिन महोत्सवमा आएको बताए । ‘यहाँ प्रकृति र संस्कृतिले साँच्चै आनन्द आउने रहेछ’, उनले भने ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending