जनकपुरधाम । तराई–मधेशका विभिन्न जिल्लामा सोमबार परम्परागत सतुवाइन पर्व श्रद्धा र भक्तिपूर्वक मनाइएको छ । नयाँ वर्षको दिन अर्थात् वैशाख १ गते पर्ने यो पर्व गर्मी मौसममा फल्ने नयाँ अन्न र फलफूललाई देवी–देवतामा अर्पण गरी मनाउने परम्परा रहेको छ ।
यस दिन विहानै नुहाई–धुवाई गरी देवी–देवताको पूजा गरेर सतुवा चढाइन्छ । सतुवाइन विशेष गरी धनुषा, महोत्तरी, सर्लाही, रौतहट, सिरहा, सप्तरी, पर्सा, बारा लगायतका जिल्लाहरूमा व्यापक रूपमा मनाइन्छ ।
पर्वको अवसरमा नयाँ जौँको सात्तु (सतुवा) बनाई गुड (मिठा) मिसाएर देवी–देवतामा अर्पण गरिन्छ । त्यसपछि सोही सतुवालाई प्रसादका रूपमा घरपरिवार र छिमेकीहरूलाई वितरण गर्ने चलन छ ।
धनुषा जिल्लाकी ४५ वर्षीया संगीता देवी यादव भन्छन्, “यो पर्व हाम्रो संस्कृति र स्वास्थ्यसँग जोडिएको छ । चैत–बैशाखको गर्मीमा सतुवा खानु शरीरको लागि निकै लाभदायक हुन्छ ।” उनका अनुसार सतुवा चिसो प्रकृतिको पेय भएकाले शरीरको तापक्रम सन्तुलनमा राख्न मद्दत गर्छ । “गर्मी सुरु भएसँगै हाम्रो भान्सामा सधैं सतुवा तयार राखिन्छ,” संगीता देवीले बताइन ।
सामान्यतया देवी–देवतामा जौँको सतुवा मात्र अर्पण गरिए पनि, सर्वसाधारणले चना, गहुँ, मकै, जौँ, चामल लगायतका अन्नको मिश्रणबाट बनाइएको सतुवा पानीमा घोली, स्वादअनुसार गुड, चिनी वा नुन मिसाएर ग्रहण गर्ने चलन रहेको छ । यसले शरीरलाई शीतलता प्रदान गर्ने विश्वास गरिन्छ । त्यसैले तराई–मधेशमा गर्मी बढेपछि विहान घरबाट बाहिर निस्कनुअघि सतुवा खाएर जानु सामान्य अभ्यास बन्न गएको छ ।
यसै सन्दर्भमा संस्कृतिकविद् परमेश्वर कापरी भन्छन्, “सतुवा स्वास्थ्यका दृष्टिले पनि अति उपयोगी मानिन्छ । यसमा आवश्यक भिटामिन र पोषक तत्व पाइन्छ ।” उनका अनुसार, सतुवाइन पर्व संस्कृति, प्रकृति र परम्परागत जीवनशैलीसँग जोडिएको पर्व हो ।
कापरीका अनुसार, सतुवाइनको भोलिपल्ट मनाइने जुडशीतल पर्वमा विभिन्न परिकार—विशेषगरी तरकारीका तारेका परिकार (तरुवा) खाने चलन छ । त्यसैले त्यस दिनको भारी खानालाई सुपाच्य बनाउन अघिल्लो दिन सतुवा जस्तो हल्का र स्वास्थ्यवर्धक परिकार सेवन गर्ने परम्परा विकास भएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: