Khabar Dabali २२ फाल्गुन २०८२ शुक्रबार | 6th March, 2026 Fri
Investment bank

बैतडीमा असिनाले बालीनालीमा क्षति

खबरडबली संवाददाता

बैतडी । बैतडीमा असिनापानीले बालीनालीमा क्षति गरेको छ । शनिबार दिउँसो परेको असिनाले काटेर भित्र्याउने बेलाका गहुँबालीसँगै साग, तरकारीका बेर्ना र फलफूलमा क्षति गरेको हो । रोप्न तयार पारेका तरकारीका  बेर्नाको नामोनिसान नरहने गरी नष्ट पारेपछि यहाँका किसान चिन्तित भएका छन् । 

शनिबार दिउँसो तीन बजेतिर परेको असिनापानीले पाटन नगरपालिका वडा नं ८ र ९  मा अन्नबाली तथा तरकारी खेतीमा व्यापक क्षति गरेको किसान जयन्ती बिजले बताए ।यसैगरी सूर्नया गाउँपालिकाको वडा नं ६ को मुसे, रौटेलगायत गाउँमा परेको असिनापानीले यहाँका किसानको पाक्न लागेको गहुँबाली सखाप पारेपछि बर्खाको समय अब के खाने भन्दै चिन्तामा परेको किसान उद्धवबहादुर चन्दले बताए ।

शनिबार ३ बजे दिउँसो मुसलधारे वर्षासँगै परेको असिनापानीले यहाँका अधिकांश किसानको गहुँबालीमा क्षति भएको सूर्नया गाउँपालिका ६ का किसान पदमराज भट्टले  बताए । असिनाले बैतडीका धेरैजसो गाउँमा किसानको गहुँबाली, सागपातका बेर्ना र फलफूलमा क्षति गरेपछि अहिले यहाँका किसान चिन्तित भएको ज्याफूका लोकबहादुर ऐरीले बताए ।

शनिबारको असिनापानीले बैतडीका विभिन्न ठाउँमा ठुलो क्षति गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । तरकारी र हिउँदेबालीलाई अहिले असिनापानीले क्षति गरेपछि यहाँका किसान तनावमा छन् । पाक्न थालेको बाली असिनापानीले सबै नष्ट पारेपछि के खाएर बस्ने भन्ने चिन्ता पर्न थालेको किसान बिर्मा भण्डारीले बताए ।

असिनापानीले गहुँबालीमा मात्र क्षति नभई यहाँका किसानको तरकारी तथा फलफूल खेतीमा समेत ठुलो क्षति गरेको पाटन नगरपालिका ९ की कमला भण्डारीले बताए । उनले भने, ‘असिनापानीले कहाँ के कति क्षति भएको भन्ने कुरा एकिन भइसकेको छैन ।’

पाटन नगरपालिका वडा नम्बर ८, ९ र  सूर्नया गाउँपालिका वडा नं ६ लगायतका  क्षेत्रमा असिनापानीले गहुँबालीमा क्षति गरेको भन्ने कुरा जानकारीमा आएको पाटन नगरपालिका वडा नम्बर ९ का अध्यक्ष कालु सिंह भाटले बताए । उनले भने, कहाँ के कति क्षति भएको छ भन्ने कुरा एकिन गर्ने गरी भोलि किसानको खेतबारीमा जाने तयारी गरिरहेका छौं ।’

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE