Khabar Dabali ३० बैशाख २०८३ बुधबार | 13th May, 2026 Wed
Investment bank

'आइरन म्यान २’का कलाकार मिक्की भए कंगाल

खबरडबली संवाददाता

लस एन्जलस  । हलिउड अभिनेता मिकी राउर्के सन् २०१० मा रिलिज भएको मार्वल युनिभर्स फिल्म ‘आइरन म्यान २’ बाट पनि चर्चित बनेका थिए।

उनले यस फिल्ममा नकारात्मक भूमिका खेलेका थिए। यो फिल्म सार्वजनिक भएको १५ वर्ष भइसक्यो । अहिले मिकी राउर्केको अवस्था यस्तो भएको छ कि उनीसँग काम पनि छैन र पैसा पनि छैन् ।

मिकी आफैले आफ्नो करियरको बारेमा कुरा गरेका छन्। हाल उनी लोकप्रिय अमेरिकी टिभी रियालिटी शो  ‘बिग ब्रदर’को हिस्सा बन्न पुगेका थिए । सोही कार्यक्रममा आफ्ना सह प्रतियोगीसँग कुरा गर्दा मिकीले आफूलाई कुनै राम्रो भूमिकाको प्रस्ताव नआएको खुलासा गरेका हुन्। उनको आर्थिक अवस्था पनि राम्रो छैन । उनी माथी करोडौं ऋण छ, जो तिर्न मुश्किल भइरहेको छ ।

उनले कोरोना महामारी र कलाकारहरुको सात महिना लामो हडताल पछि आफ्नो आवश्यक बिल तिर्न पनि पैसा नभएको बताए । त्यसपछि उनले बैंकबाट ५ लाख डलर ऋण लिनुपरेको थियो ।

यो संकटको बीचमा आफूलाई नराम्रो स्वतन्त्र फिल्मको अफर आएको उनले बताए । उनको लागि अर्को विकल्प थियो,  ‘बिग ब्रदर’ नामक टिभी रियालिटी शोमा प्रवेश गर्ने। मिकीले आफ्नो करियर ध्वस्त भएको र अब ए लिस्ट फिल्ममा काम नपाएको खुलासा मात्रै गरेनन, धेरै ब्यक्तिगत कुरा पनि गरेका छन ।उनको कुरा सुन्दा लाग्छ, उनी साँच्चै अप्ठयारोमा बाँचिरहेका छन् ।

मिकीले आफ्नो करियरलाई बर्बाद गर्नको लागि आफूलाई जिम्मेवार ठान्छन्। द सनसँग कुरा गर्दै उनले भने, ‘मैले धेरै गल्ती गरेको छु। जसका कारण मेरो करियर डुब्यो। यसको लागि म आफैंलाई दोष दिन्छु।’

मिकी राउर्केलाई  ‘बिग ब्रदर’बाट हटाउन पनि माग गरिएको छ । उनी शोका होस्ट एजे ओडुडुसँग दुर्व्यवहार गरेको कारण विवादमा फसेका थिए र उनलाई शोबाट बाहिर निकाल्ने मागहरू भएको पनि । तर पनि मिकी विगत चार दशकदेखि फिल्म उद्योगको हिस्सा हुन ।

सन् १९८१ मा रिलिज भएको फिल्म ‘बॉडी हीट’ बाट आफ्नो करियर सुरु गरेका उनले अहिलेसम्मको करियरमा मुख्य भूमिकाका साथसाथै सहायक भूमिका पनि निर्वाह गरेका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ललितपुरमा नक्कली सुन देखाई ५ लाख ठगी, तीन जना पक्राउ

काठमाडौं । नक्कली सुन धितो राखी ५ लाख रुपैयाँ ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ  गरेको छ  ।  पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१४ बस्न...

अध्यादेशमा सरकारलाई झट्का दिने तयारी, विपक्षीद्वारा अस्वीकृतिको सूचना दर्ता

काठमाडौं । संसद् अधिवेशन नभएको बेला सरकारले ल्याएका अध्यादेशहरू अब संघीय संसद्मै अड्किने संकेत देखिएको छ । विपक्षी दलहरूले ती अध्यादेश अस्वीकार गरियोस...

कर्मचारीले राजनीति गरे जागिर जाने सरकारको चेतावनी

काठमाडौं । सरकारले निजामती कर्मचारीहरूलाई राजनीतिक गतिविधिबाट टाढा रहन कडा निर्देशन जारी गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार...

बागलुङमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका–५ लामडाँडामा ट्याक्टर दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ । आज बिहान लामडाँडाबाट बुर्तिबाङतर्फ आउँदै गरेको ...

सटर भाडादेखि जग्गाको आम्दानीसम्म ‘गायब’, सुर्खेत नगर विकासमा झन्डै ३ करोड हिनामिना

सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेत उपत्यका नगर विकास समितिमा भएको करोडौं रुपैयाँ हिनामिना प्रकरणमा पाँच जनाविरुद्ध विशेष अदालतमा भ्र...

४१ वटा झोलुङ्गे पुल निर्माण गर्दै कर्णाली सरकार

सुर्खेत । कर्णाली प्रदेश सरकारले बहुवर्षे ठेक्कामार्फत ४१ वटा झोलुङ्गे पुल निर्माण सुरु गरेको छ । तुइन तथा नदी, खोला तर्न समस्या भएको ठाउँमा कर्णाली प...

प्रधानमन्त्री नआए पनि संसद् चल्ने बाटो खोलियो, जवाफ दिने दिन तोकियो

काठमाडौं । प्रतिनिधिसभामा लगातार अवरोध र प्रधानमन्त्री बबाालेनन साहको अनुपस्थितिलाई लिएर चर्किएको विवादबीच सभामुख डिपी आर्यालले सरकारको नीति तथा कार्य...

‘राष्ट्रपति बोलिरहँदा प्रधानमन्त्री गायब’ राष्ट्रिय सभामा सरकारमाथि कडा प्रश्न

काठमाडौं । राष्ट्रपति रामचन्द्र पाैडेलले सरकारको नीति तथा कार्यक्रम वाचन गरिरहेका बेला प्रधानमन्त्री बालेन  साह अनुपस्थित रहेको विषय राष्ट्रिय सभामा च...

संसद् रोकियो, प्रधानमन्त्री ‘मन्त्रालय कटौती’को बैठकमा

काठमाडौं । सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु हुनुपर्ने दिन प्रतिनिधिसभा बैठक अवरुद्ध भयो । विपक्षी दलहरूले प्रधानमन्त्री बालेेनन साहको अनिवार्य...

अलपत्र पाँच पुलको विकल्प खोजिँदै, भेरी कोरिडोरमा थप १४ पुल बनाउन सरकारको स्वीकृति

जाजरकोट । नेपाली सेनाले सन् २०१९ नोभेम्बर ७ मा जाजरकोट–डोल्पा सडकखण्डको एक सय १८ किलोमिटरमध्ये एक सय तीन किलोमिटर सडकको ट्रयाक खोलेर सडक डिभिजन चौरजहा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending