बागलुङ । बागलुङको धार्मिक शिक्तपीठमध्येको एक बलेवाको कालभैरव मन्दिरमा भेटी सङ्कलन दोब्बरले वृद्धि भएको छ ।
धार्मिक पर्यटक भित्र्याउँदै आएको भैरवस्थान मन्दिरमा पछिल्लो समय पूर्वाधार निर्माणले तीव्रता पाएसँगै यहाँ आउने दर्शनार्थीको सङ्ख्यामा वृद्धि भएको छ । मालपोत कार्यालयद्वारा ठेक्कामा भेटी सङ्कलन गरिँदै आएकामा चालु आर्थिक वर्षमा गुठी व्यवस्थापन समितिले जिम्मा लिएपछि भेटी सङ्कलन दोब्बरले वृद्धि भएको पाइएको छ ।
पछिल्लो समय बलेवा भैरवस्थान गुठी व्यवस्थापन समिति सक्रिय भएसँगै मन्दिरले मुहारै फेरेको छ भने भक्तजनको सुविधाका लागि पूर्वाधारसहित खानेपानी र शौचालयलगायतका काम भइरहेका छन् । गत आर्थिक वर्ष रु नौ लाखमा ठेक्कामा जिम्मा लगाइएको भेटी चालु आर्थिक वर्षको नौ महिनामै रु २० लाख भेटी सङ्कलन भएको भैरवस्थान गुठी व्यवस्थान समितिका अध्यक्ष ज्ञानेन्द्रराज ढकालले जानकारी दिए ।
ठेकेदारलाई एकमुष्ट जिम्मा लगाउँदा अन्य आम्दानी गर्नसमेत समस्या भएपछि आम्दानीको जिम्मा समितिले लिएको छ । समितिले जिम्मा लिँदा आम्दानी दोब्बरले बढेको र अझै तीन महिनामा केही रकम सङ्कलन हुने अपेक्षा गरिएको छ ।
“कोरोना कालमा रु ५० हजार भेटी सङ्कलन भएको थियो, त्यसयता रु तीन लाखदेखि अधिकतम रु नौ लाखसम्ममा मन्दिरको एकमुष्ट भेटी ठेक्कामार्फत सङ्कलन गरिएको थियो, तर अहिले समितिमार्फत नै भेटी सङ्कलन गर्न थालेपछि नौ महिनामै रु २० लाख सङ्कलन भइसकेको छ”, ढकालले भने, “समितिले भेटीको जिम्मा लिएर अडिट गरेपछि १० प्रतिशत गुठीलाई दिइन्छ, समितिले भेटी सङ्कलनको जिम्मा लिएपछि गुठीको आम्दानीसमेत बढ्यो ।”
पछिल्लो दुई वर्षयता बलेवा कालभैरवको पूर्वाधारमा रु ५९ लाख खर्च भइसकेको ढकालले जानकारी दिए । समितिको आन्तरिक रकमबाट ११ वटा व्यावसायिक सटर निर्माण गरेपछि आगमी वर्षबाट मन्दिरको आम्दानीसमेत थप बढेर जाने ढकालको भनाइ छ ।
समुद्री सतहदेखि एक हजार ४०० मिटरको उचाइमा रहेको भैरवस्थानको मुख्य मन्दिर भने पुरानो रहेको छ । भैरवस्थान मन्दिर गुठी व्यवस्थापन समिति सक्रिय भएसँगै कालभैरव मन्दिरमा पूर्वाधार निर्माणले गति लिएको छभने वर्षौँदेखिको ठेक्का तोडेर समितिले आम्दानी लिन थालेको छ ।
तीन सय वर्षभन्दा पुरानो मन्दिरमा पछिल्लो समय सडक सुविधा पुगेपछि धार्मिक पर्यटनमा वृद्धि भएको छ । बागलुङ नगरपालिका–१२ अमलाचौरमा रहेको कालभैरव मन्दिर भकुण्डे र रायडाँडासँग सिमाना जोडिएको छ । कालभैरव मन्दिरको प्रचारप्रसार र महिमाका कारण पछिल्लो समय आन्तरिक पर्यटक बढेपछि सडक स्तरोन्नति, पदमार्ग, व्यावसायिक सटरलगायता पूर्वाधार थपिँदा मन्दिरमा पुग्ने दर्शनार्थीको चाप बढ्दा भेटी सङ्कलनसमेत बढिरहेको ढकालको भनाइ छ ।
वि.सं. १७८० तिर पाल्पाबाट ल्याइएका कालभैरवलाई यहाँ स्थापना गरिएको किंवदन्ती छ । मन्दिरमा मङ्गलबार र शनिबार विशेष पूजा हुने गर्दछ भने दसैँ र चैतेदसैँमा मन्दिरमा दर्शनार्थीको बढी भीड लाग्ने गरेको छ ।
पाल्पाका राजा मणिमुकुन्द सेनका पालामा दाजुभाइबीच झगडा परेपछि एक भाइ छुट्टिएर बलेवामा आएको र भैरवलाई पनि छुट्याएर यहीँ ल्याएर स्थापना गरेको विश्वास गरिन्छ । मनोकाङ्क्षा पूरा हुने जनविश्वासका कारण पछिल्लो समय मन्दिरमा दर्शनार्थीको सङ्ख्यामा बढ्दै गइरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: