Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

भारतमा सात जनाको मृत्युसँग सम्बन्धित ‘नक्कली चिकित्सक’ पक्राउ

खबरडबली संवाददाता

नयाँदिल्ली । सात जना बिरामीको मृत्युको अनुसन्धान गरेको केही दिनपछि भारतीय प्रहरीले मङ्गलबार लन्डनमा आधारित एक प्रतिष्ठित हृदयरोग विशेषज्ञका रूपमा छद्म वेश धारण गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ ।

मध्य प्रदेश राज्यको निजी मिशन अस्पतालमा काम गरेका कथित ठगलाई ठगी र जालसाजीको आरोपमा पक्राउ गरिएको प्रहरी अधीक्षक श्रुतकीर्ति सोमवंशीले पत्रकारहरूलाई बताए । “उनका कागजातहरू नक्कली भएको पाइएको छ । अभियुक्त चिकित्सकलाई हाम्रो टोलीले पक्राउ गरेको छ”, सोमवंशीले भने ।

पक्राउ परेका व्यक्तिले आफ्नो नाम ‘नरेन्द्र जोन क्याम’ भनेका छन् । यो नाम अस्पतालको वेबसाइटमा हिन्दीमा लेखिएको नामसँग मिल्दछ । स्थानीय मिडियामा प्रकाशित मुखाकृतिमा उनलाई पहेँलो फुस्रो कपालसहित देखाइएको छ ।

राष्ट्रिय मानव अधिकार आयोगले यस वर्ष मिसन अस्पतालमा सात जना बिरामीको मृत्युको अनुसन्धान सुरु गरेको केही दिनपछि यो गिरफ्तारी भएको हो । गिरफ्तार व्यक्तिद्वारा सबै सात जनाको एन्जियोप्लास्टी शल्यक्रिया गरिएको थियो ।

अति चिन्ताजनक

स्थानीय मिडियाका अनुसार उनले बेलायतमा रहेका वास्तविक हृदयरोग विशेषज्ञ जोन क्यामको छद्म वेश धारण गरेका थिए । जोन क्याम सेन्ट जर्जेज युनिभर्सिटी अफ लन्डनमा क्लिनिकल कार्डियोलोजीका एमेरिटस प्रोफेसर हुन् । बेलायतमा आधारित क्यामले कुनै गलत काम गरेको सङ्केत छैन । उनले एएफपीलाई यो घटना ‘अत्यन्त चिन्ताजनक’ भएको बताए ।

ती व्यक्तिले “विभिन्न समयमा मेरो छद्म वेश धारण गरेको र लन्डनको सेन्ट जर्जेज अस्पतालमा मेरो प्रशिक्षण लिएको दावी गरेको’ क्यामले बताए । क्यामले आफू र आफ्ना सहकर्मीहरूले गत पाँच वर्षदेखि ठगलाई रोक्न पटक–पटक प्रयास गरेको पनि बताए ।

“मैले पत्ता लगाएँ कि मैले यसबारे केही पनि गर्न सक्दिनथेँ, तर मेरा कम उमेरका सहकर्मीहरू, जो इन्टरनेटमा सामाजिक सञ्जालमा सक्रिय थिए, उनीहरूले आफ्नो सकेसम्मको प्रयास गरे”, क्यामले लन्डनबाट लेखेका छन्, “भारतीय चिकित्सक र हृदयरोग विशेषज्ञहरूले चाँडै नै यी व्यक्तिको मसँग कुनै सम्बन्ध छैन भन्ने कुरा पत्ता लगाए र उनलाई ‘बन्द गर्ने’ प्रयास गरे ।”

“ठगको बारेमा हालैका रिपोर्टहरू अपेक्षाकृत शान्त थिए र मैले सोचेँ कि उनीहरू सफल भएका थिए”, क्यामले भने, “पक्राउको खबर मेरो लागि दुःखद छ र सम्भवतः बिरामीहरूका आफन्तहरूको लागि अझ बढी, जो पीडित भएका हुन सक्छन् ।”

मध्य प्रदेशका उपमुख्यमन्त्री राजेन्द्र शुक्लाले दोषी ठहरिए पक्राउ व्यक्तिविरुद्ध कडा कारबाही गरिने बताए । यो घटना मृत्यु भएका बिरामीहरूको एक परिवारले उजुरी गर्न अगाडि आएपछि सार्वजनिक भएको हो ।

“मेरी आमाको मृत्यु हुनासाथ चिकित्सक हराए”, छोरा नबी कुरैशीले प्रसारक एनडीटीभीलाई भनेको उद्धृत गरिएको छ । भारतमा विशेष गरी ठूलो जनसङ्ख्या निरक्षर रहेको ग्रामीण क्षेत्रमा व्यक्तिहरूले चिकित्सकको वेशमा काम गरेको रिपोर्टहरू व्यापक छन् ।

अधिकारीहरूले हालका वर्षहरूमा नक्कली चिकित्सकहरूमाथि कारबाही गरेका छन्, क्लिनिकहरूमा छापा मारेका छन् र पक्राउ गरेका छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending