रौतहट । सशस्त्र प्रहरी बल नम्बर ११ हेक्वा रौतहटका प्रमुख एसपी सन्तोष कुमार बस्नेतले कमाण्ड सम्हालेको ५० दिनको अवधिमा ८५ लाख भन्दा बढीको अबैध सामान बरामद भएको छ।
गत फागुन महिना देखी चैतको २२ गतेसम्म रौतहट तथा मातहतका यूनिटहरुबाट खटिएको गस्ती टोलीले तस्करीको माध्यमले भन्सार छली भित्र्याइएको उक्त मूल्य बराबरको भारतीय कपड़ा, किराना, हार्डवेयर लगायतका सामान बरामद गरेको हो। रौतहट बसाईको क्रममा सानो अवधीमा भएको उपलब्धि सन्तोषजनक रहेको एसपी बस्नेतले न्युज कारखाना लाई बताएका छन्।
सशस्त्र प्रहरीको गस्ती टोलीले बिभिन्न नाकाबाट अबैध रुपमा भित्रिएको ४५ लाख,८ हजार ८७५ बराबरको कपडा, किराना हार्डबेयर, लगायतका सामान बरामद गरी आवश्यक कारवाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाईएको एसपी बस्नेतले बताएका छन्।
त्यस्तै तस्करीको सामान ल्याउन प्रयोग गरिएको २४ थान मोटरसाईकल, ३ थान साईकल र ३ जना तस्करलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याईएको उनले जानकारी दिएका छन्। सोही अवधिमा स्रोत नखुलेको नेपाली ८ लाख ५९ हजार र भारु ३ लाख ७७ हजार ९०० रुपैया बरामद गरिएको सशस्त्र प्रहरीको सूचनामा उल्लेख गरिएको छ।
त्यसै गरी ५० दिनको अवधिमा भारततर्फ तस्करीको माध्यमले लैजान लागेको बिभिन्न ब्राण्डको ६६ कार्टुन मदिरा, ३ क्विन्टल ३७ किलो भारतीय कुखुरा, ६१ कार्टुन भारतीय अण्डा, ४० किलो भारतीय माछा, ६१ हजार बराबरको पटखा र २ लाख ७२ हजार बराबरको अबैध सालको काठ बरामद गरी सम्बन्धित निकायमा बुझाईएको सशस्त्र प्रहरी बल नम्बर ११ हेक्वा रौतहटको सूचनामा उल्लेख गरिएको छ।
सशस्त्र प्रहरी बल रौतहटको प्रमुखको जिम्मेवारी सम्हाले पछी भारतीय सिमानासँग जोडिएको संवेदनशील क्षेत्रहरूका साथै अधिकांस भुभागमा, जिल्लाको १८ मध्ये अधिकांश स्थानियतहको स्थलगत निरीक्षण गरिएको एसपी सन्तोष कुमार बस्नेतले बताएका छन्।
भारतीय क्षेत्रसँग जोडिएको २८ किलोमीटर लामो खुला सिमानाको कारण जिल्लाबाट तस्करी पूर्ण रूपमा नियन्त्रण हुन कठिनाई भए पनि संस्थागत अथवा ठूलो परिमाणको तस्करी नियन्त्रण गरिएको एसपी बस्नेतले बताएका छन्।
तस्करी अथवा आपराधिक क्रियाकलाप पूर्ण नियन्त्रण गर्न प्रहरी एक्लैले चाहेर पनि सम्भव नभएकाले त्यस्तो गतिबिधि देखिएमा खबर गर्न उनले रौतहटबासीलाई आग्रह गरेका छन्।
तस्करी, सीमाक्षेत्रमा हुने अबैध गतिविधि, लगायत आपराधिक क्रियाकलाप संग जोडिएको कुनै पनि सूचना दिने मानिसको नाम पूर्णतया गोप्य राखिने उनले विश्वास दिलाएका छन्
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १४ गते, २०८२ - ११:१७
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा र राष्ट्रियसभामा यसअघि सांसद भइसकेका तथा मन्त्री भएका नेताहरूलाई समानुपातिक उम्मेदवारको बन्दसूचीमा ...
पौष १४ गते, २०८२ - ११:०८
काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आज सोमबार समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा बुझ...
पौष १४ गते, २०८२ - ११:०६
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ भने चाँदीले नयाँ रेकर्ड ब्रेक गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल...
पौष १४ गते, २०८२ - १०:५९
काठमाडौँ । मधेश केन्द्रित दुई ठूला दल जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच आइतबार पार्टी एकीकरण गर्ने सहमति भएक...
पौष १४ गते, २०८२ - १०:१९
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आज जनकपुरमा प्रदेशस्तरीय सभा गर्दैछ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग एकीकरणपछि पहिलो शक्ति प्र...
पौष १४ गते, २०८२ - १०:१६
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनको विकल्प खोज्दा देश दुर्घटनातर्फ जान सक्ने चेतावनी दिएका छन् । निर्वा...
पौष १३ गते, २०८२ - १७:०९
ललितपुर । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम...
पौष १३ गते, २०८२ - १७:०१
इतिहासको श्रृंखला तोड्ने होइन, जोड्ने बेला हाे
पौष १३ गते, २०८२ - ११:२१
काठमाडौं । नेपाली बजारमा दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...
पौष १३ गते, २०८२ - ११:१३
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...




प्रतिकृया लेख्नुहोस्: