Khabar Dabali २२ जेष्ठ २०८३ शुक्रबार | 5th June, 2026 Fri
Investment bank

रौतहट सशस्त्र प्रहरीले ५० दिनमा समात्यो ८५ लाखको अबैध सामान

खबरडबली संवाददाता

रौतहट । सशस्त्र प्रहरी बल नम्बर ११ हेक्वा रौतहटका प्रमुख एसपी सन्तोष कुमार बस्नेतले कमाण्ड सम्हालेको ५० दिनको अवधिमा ८५ लाख भन्दा बढीको अबैध सामान बरामद भएको छ।

गत फागुन महिना देखी चैतको २२ गतेसम्म रौतहट तथा मातहतका यूनिटहरुबाट खटिएको गस्ती टोलीले तस्करीको माध्यमले भन्सार छली भित्र्याइएको उक्त मूल्य बराबरको भारतीय कपड़ा, किराना, हार्डवेयर लगायतका सामान बरामद गरेको हो। रौतहट बसाईको क्रममा सानो अवधीमा भएको उपलब्धि सन्तोषजनक रहेको एसपी बस्नेतले न्युज कारखाना लाई बताएका छन्।

सशस्त्र प्रहरीको गस्ती टोलीले बिभिन्न नाकाबाट अबैध रुपमा भित्रिएको ४५ लाख,८ हजार ८७५ बराबरको कपडा, किराना हार्डबेयर, लगायतका सामान बरामद गरी आवश्यक कारवाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाईएको एसपी बस्नेतले बताएका छन्।

त्यस्तै तस्करीको सामान ल्याउन प्रयोग गरिएको २४ थान मोटरसाईकल, ३ थान साईकल र ३ जना तस्करलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याईएको उनले जानकारी दिएका छन्। सोही अवधिमा स्रोत नखुलेको नेपाली ८ लाख ५९ हजार र भारु ३ लाख ७७ हजार ९०० रुपैया बरामद गरिएको सशस्त्र प्रहरीको सूचनामा उल्लेख गरिएको छ।

त्यसै गरी ५० दिनको अवधिमा भारततर्फ तस्करीको माध्यमले लैजान लागेको बिभिन्न ब्राण्डको ६६ कार्टुन मदिरा, ३ क्विन्टल ३७ किलो भारतीय कुखुरा, ६१ कार्टुन भारतीय अण्डा, ४० किलो भारतीय माछा, ६१ हजार बराबरको पटखा र २ लाख ७२ हजार बराबरको अबैध सालको काठ बरामद गरी सम्बन्धित निकायमा बुझाईएको सशस्त्र प्रहरी बल नम्बर ११ हेक्वा रौतहटको सूचनामा उल्लेख गरिएको छ।

सशस्त्र प्रहरी बल रौतहटको प्रमुखको जिम्मेवारी सम्हाले पछी भारतीय सिमानासँग जोडिएको संवेदनशील क्षेत्रहरूका साथै अधिकांस भुभागमा, जिल्लाको १८ मध्ये अधिकांश स्थानियतहको स्थलगत निरीक्षण गरिएको एसपी सन्तोष कुमार बस्नेतले बताएका छन्।

भारतीय क्षेत्रसँग जोडिएको २८ किलोमीटर लामो खुला सिमानाको कारण जिल्लाबाट तस्करी पूर्ण रूपमा नियन्त्रण हुन कठिनाई भए पनि संस्थागत अथवा ठूलो परिमाणको तस्करी नियन्त्रण गरिएको एसपी बस्नेतले बताएका छन्।

तस्करी अथवा आपराधिक क्रियाकलाप पूर्ण नियन्त्रण गर्न प्रहरी एक्लैले चाहेर पनि सम्भव नभएकाले त्यस्तो गतिबिधि देखिएमा खबर गर्न उनले रौतहटबासीलाई आग्रह गरेका छन्।

तस्करी, सीमाक्षेत्रमा हुने अबैध गतिविधि, लगायत आपराधिक क्रियाकलाप संग जोडिएको कुनै पनि सूचना दिने मानिसको नाम पूर्णतया गोप्य राखिने उनले विश्वास दिलाएका छन्

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जनशक्ति अभावले अर्घाखाँचीका तीन अस्पताल भवन प्रयोगविहीन

अर्घाखाँची । ग्रामीण क्षेत्रमा आधारभूत स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यले करोडौँ रुपैयाँ लगानीमा निर्माण गरिएका अर्घाखाँचीका तीन वटा १५ शय्याका अ...

बागमती किनार सौन्दर्यीकरणको तयारी, छ स्थानमा पार्क निर्माण गरिने

काठमाडौँ । सरकारले बागमती नदी तथा उपत्यकाका विभिन्न खोला किनारका अतिक्रमित क्षेत्र खाली गराएपछि ती स्थानको संरक्षण र सौन्दर्यीकरणको काम अघि बढाउने तया...

युद्ध रोक्न प्रत्यक्ष संवादको प्रस्तावसहित जेलेन्स्कीले पुटिनलाई पठाए खुला पत्र

किभ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक खुला पत्र लेख्दै युद्ध अन्त्यका लागि आमनेसामने (प्रत्यक्ष) वार्...

मिर्गौला रोगबाट श्रीमानको मृत्यु, कुमाल परिवारलाई किरिया खर्च जुटाउनै सकस

बुटवल । प्यूठानको झिमरुक गाउँपालिका–६ निन्युखर्ककी शान्ता कुमाल र उनका तीन छोरी गम्भीर आर्थिक संकटमा परेका छन्। दुवै मिर्गौला फेल भएपछि उपचारका क्रममा...

माडीमा बाघसँग मोटरसाइकल ठोक्किएपछि…

चितवन । माडीमा गुडिरहेको मोटरसाइकल अचानक बाघसँग ठोक्किँदा एकजना चालक घाइते भएका छन् । ​गयराति करिब ८:०० बजेको समयमा माडी नगरपालिका वडा नं. ९ स्थित रात...

आउन थाल्यो नेपाली आँप (तस्बिरहरू)

काठमाडौं । काठमाडौं कुलेश्वरस्थित फलफूल बजारमा तराईका विभिन्न क्षेत्र, विशेषगरी लहान लगायतका क्षेत्रमा उत्पादित नेपाली आँप भित्रिन थालेपछि बजारमा चहलप...

तरकारी खेतीबाट वार्षिक सात लाख आम्दानी गर्दै उदाहरणीय बने मित्रबहादुर

नवलपुर । नवलपुरको कावासोती नगरपालिका–४ हसौराका मित्रबहादुर गाहा मगर व्यावसायिक तरकारी खेतीबाट वार्षिक सात लाख रुपैयाँसम्म आम्दानी गर्दै उदाहरणीय किसान...

सशस्त्रका ७ डीआईजीको सरुवा, ७ को पदस्थापन, को कहाँ ?

काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका सात जना नायब महानिरीक्षक (डीआईजी) को सरुवा र सात जनाको पदस्थापन गरेको छ । बिहीबार सशस्त्र प्रहरी बल, प्...

भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो

चितवन । भरतपुर कारागारका ५० जना कैदी भाइरल ज्वरोबाट पीडित भएका छन् । हालसम्म ५० जना कैदीमा यो समस्या देखिएको हो ।  जिल्ला कारागारका प्रमुख रवीन्द्र...

वर्षासँगै तराईमा तातो लहर, १४ जिल्लामा सतर्कता

काठमाडौँ । मुलुकमा हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा (ट्रफ) तथा स्थानीय वायुको आंशिक प्रभाव रहेकाले देशका विभिन्न क्षेत्रमा बदली र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending