काठमाडौं । वरिष्ठ अधिवक्ता रमन कुमार श्रेष्ठले न्यायालयलाई बेथिति र भ्रष्टाचार मुक्त बनाउन नेपाल बारमा आफ्नो समुहलाई जिताउन अनुरोध गरेका छन् । काठमाडौंमा व्यवसायिक कानुन व्यवसायी समूहले गरेको उम्मेदवार परिचयात्मक कार्यक्रममा श्रेष्ठले आफूहरुले जितेमा गिर्दो बारको प्रतिष्ठा र गरिमालाई माथि उठाउनेसमेत ठोकुवा गरेका छन् ।
आगमी चैत २३ गते हुने नेपाल बार एशोसियशनको केन्द्रीय कार्यसमितिको निर्वाचनमा सत्तासिन नेकपा (एमाले) निकट कानुन व्यवसायी संगठन र नेपाली काँग्रेस निकट कानुन व्यवसायी संगठनको गठबन्धनलाई चुनौति दिन आफ्नो समुह सक्षम रहेको श्रेष्ठले बताए ।
विभिन्न कानुन व्यवसायी संगठन तथा स्वतन्त्र उर्जाशील कानुन व्यवसायीहरु मिलेर ‘व्यवसायिक कानुन व्यवसायी समूह’ निर्माण गरिएको र आफू नेतृत्वको समुहमा सबै किसिमका स्वच्छ अब्बल अधिवक्तहरुको प्रतिनिधित्व भएकोले पनि जिताउन अपिल गरेका छन् ।
पूर्वमहान्यायधीवक्त समेत रहेका श्रेष्ठले आफ्नो सम्पूर्ण जीवन यही क्षेत्रमा विताएको र बाँकी जीवन पनि यही क्षेत्रमा रहेर यसको सुदृढिकणमा बिताउने बताउँदै भने,“मलाई राजनीतिक या अन्य कुनै पदमा जानु छैन, बरु मैले कानुनी क्षेत्रमा जति अनुभव गरेँ अब न्यायालयभित्रको बेथिति सुधार्ने चाहना छ ।” “अदालतमा हुने विकृति, विसंगति अनियमितता र भ्रष्टाचार विरुद्ध विशेष कार्यक्रम सञ्चालन गरिने छ, हामीले जित्नेवित्तिकै बारका हरेक इकाइहरुमा ‘फैसला अध्ययन समिति’ निर्माण गरेर कार्यान्वयन गर्ने हो ।” श्रेष्ठले थपे ।
सो कार्यक्रममा पूर्वमहान्याधिवक्ता तथा वरिष्ठ अधिवक्ता डा.दिनमणी पोखरेलले रमन श्रेष्ठको टिमसँग सत्तासिन दुबै ठूला दलहरु निकट संगठनले पनि आत्तिएर गठबन्धन गर्नुले पनि जित निश्चित भएको बताए ।
महासचिवका उम्मेदवार यज्ञमणि न्यौपानेले न्यायपालिकामा हुने राजनीतिक हस्तक्षेप रोक्न तथा स्वतन्त्र न्यायपालिकाको संस्थागत विकास गर्न पहल गर्न ‘व्यवसायिक कानुन व्यवसायी समूह’ले जित्नुपर्ने धारणा राखे ।
सो समुहकी महिला उपाध्यक्षकी उम्मेदवार अधिवक्ता दिना श्रेष्ठ र बगमति प्रदेश उपाध्यक्षका उम्मेदवार अधिवक्त डेकेन्द्र प्रसाद सुवेदीले आफ्नो समूह हरेक हिसाबले अब्बल भएकाले पनि अफूहरुलाई भरोषा गर्न अनुरोध गरे ।
युवा अधिवक्ताहरु कपिल ढकाल, वीरभद्र जोशी, दिपक अधिकारी, राजु अधिकारी, करुणा पराजुली, मनिषा पाण्डेले रमन कुमार श्रेष्ठ नेतृत्वको समुहलाई विजयी गराउन अनुरोध गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ४ गते, २०८३ - २२:१२
हुम्ला । जिल्ला अदालत हुम्लामा सम्बन्धविच्छेदका मुद्दा वर्षेनि बढ्दै गएका छन्। कम उमेरमा विवाह हुने परम्परा, दाम्पत्य जीवनमा बढ्दो असमझदारी र सामाजिक ...
श्रावण ४ गते, २०८३ - २१:५७
काठमाडौं । नेपालको लोकतान्त्रिक आन्दोलन र महिला राजनीतिक चेतनाको इतिहास लेख्दा केही महिलाका नाम अनिवार्य रूपमा स्मरण गर्नुपर्ने हुन्छ। समाजले महिलालाई...
श्रावण ४ गते, २०८३ - २१:४०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले आफू र आफ्ना श्रीमान्लाई करोडौँ रुपैयाँ ठगी गरिएको दाबी गर्दै प्रहरीमा उजुरी दिएक...
श्रावण ४ गते, २०८३ - २१:३०
काठमाडौं । सरकारले मन्त्रालयको संख्या २२ बाट घटाएर १८ मा झारेपछि कर्मचारी व्यवस्थापनमा नयाँ नीति लागू गरेको छ। अब मन्त्रालय पुनःसंरचनाबाट फाजिल (दरबन्...
श्रावण ४ गते, २०८३ - २१:२५
बाजुरा । बाजुराको हिमाली गाउँपालिका–५ अन्तर्गत कवाडी–क्युडी भित्री कच्ची सडकखण्डमा सोमबार भएको जिप दुर्घटनामा घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्...
श्रावण ४ गते, २०८३ - २१:२२
काठमाडौं । जापान भ्रमणमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाही र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का स...
श्रावण ४ गते, २०८३ - २०:५७
काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को उपकुलपति नियुक्ति प्रक्रियामाथि वैज्ञानिक समुदायले गम्भीर प्रश्न उठाएको छ। सरकारले ...
श्रावण ४ गते, २०८३ - २०:५३
विराटनगर । भारतको कोलकाताबाट औद्योगिक कच्चा पदार्थ बोकेको पहिलो कार्गो रेल विराटनगरस्थित एकीकृत जाँच चौकी (आईसीपी) आइपुगेको छ। यससँगै विराटनगरसम्म सिध...
श्रावण ४ गते, २०८३ - ०९:२६
काठमाडौं । स्पेनले दोस्रो पटक विश्वकप फुटबलको उपाधि उचालेसँगै अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले प्रतियोगिताका उत्कृष्ट खेलाडी र टोलीलाई प्रदान गर...
श्रावण ४ गते, २०८३ - ०९:२२
जनकपुरधाम । मधेशका गाउँबस्तीमा वर्षा सुरु भएसँगै बालबालिकाका लागि अर्को अदृश्य खतरा पनि सक्रिय हुन्छ—पानीले भरिएका खाल्डाखुल्डी। इँटा उद्योगले माटो नि...



प्रतिकृया लेख्नुहोस्: