Khabar Dabali ३० श्रावण २०८३ शनिबार | 15th August, 2026 Sat
Investment bank

ब्युटिसियन ट्यालेन्ट नेपाल २०२५का प्रतियोगीबिच ब्राईडल कम्पिटिसन

खबरडबली संवाददाता

काठमाडौंं । बिगत ७ वर्षदेखि आयोजना हुँदै आएको एच्यु हेयर ओयल ब्युटिसिनय ट्यालेन्ट नेपालको सिजन ७ को ग्रान्ड फिनाले यही २८ चैतमा ज्यापु प्रज्ञा प्रतिष्ठान च्यासल, ललितपुरमा हुने भएको छ ।

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसन प्रा।लि।द्धारा आयोजित यो प्रतियोगिताका प्रतियोगीबीच हिजो साँझ काठमाडौँको त्रिपुरेश्वर स्थित डि भ्याली रेष्ट्रोमा ट्यालेन्ट राउन्ड सम्पन्न भएको छ ।

यो ट्यालेन्ट राउन्डमा उनीहरुले उनीहरुले ब्राईडल मेकअप, जुरो, मेहन्दी आर्ट, नेल आर्ट जस्ता विविध कला प्रस्तुत गरेका छन् । यसैबीच यो प्रतियोगिताको फाईनलको लागि १७ प्रतियोगी चयन भएका छन् । यिनै १७ जना बिच ट्यालेन्ट शोमा प्रतिस्पर्धा भएको हो । 

यो प्रतियोगितामा चयन भएका २२ प्रतियोगी मध्यबाट ट्यालेन्ट राउन्ड पछि फाइनल चरणमा १७ जना ब्युटिसियन प्रतियोगीहरू प्रवेश गरेका छन् । ग्रान्ड फिनालेमा प्रवेश गरेका १७ जना प्रतिस्पर्धीहरुमा निशा रजक, रोशनी पुजारी, रविना ठकुरी, रचना बज्राचार्य, सुमित्रा खवास, स्नेहा चौधरी, सुजिता अधिकारी, दुर्गा सुवेदी, सुजिता दयाल, निर्माला पौडेल, स्मृति सुब्बा, सपना रसाईली, अन्जनी चौधरी, मनसरा राई, सुनिशा शाक्य, स्वस्तिका बस्नेत र पुजा विश्वकर्मा बस्नेत रहेका छन् ।

ट्यालेन्ट राउन्डको निर्णायकमा ब्राडल मेकअप तर्फ ब्युटिसियनहरु गीता खनाल, उषा गुरुङ, कस्मोलोजिष्ट परिषी कारंजित, डेन्टिस्ट सागर जोशी, ब्युटिसियन ट्यालेन्ट नेपाल तेस्रो सिजनकी विजेता लिना डंगोल रहेका थिए । यस्तै ब्राइडल जुरोको निर्णायकमा ब्युटिसियन ट्यालेन्ट नेपाल हालकी विजेता शर्मिला बुढाथोकी, लायन नकुल गिरी, सुरेन्द्र गिरी थिए । नेल तथा मेहन्दी आर्ट प्रतिस्पर्धाको निर्णायकमा नेल टेक्निसियन सुजन तिमिल्सिना र ब्युटिसिनय ट्यालेन्ट नेपाल सिजन ५ की विजेता मनिषा श्रेष्ठ थिईन् ।

ट्यालेन्ट राउन्डको उद्घाटन पानसमा बत्ति बालेर गणेशमान सिंह बहु प्राविधिक शिक्षालयका प्रिन्सिपल डिएन पराजुलीले गरे । कार्यक्रमका प्रतिस्पर्धी सबैलाई उनले शुभकामना दिँदै यो प्रतियोगिताले ब्युटिसियनहरुको व्यक्तित्व विकाससँगै उनीहरूको प्रतिभा प्रस्तुति र समाजमा गएर आफूलाई सशक्त रूपमा उभ्याउन मद्दत पुग्दै आएको  बताए ।

ब्युटिसियन ट्यालेन्ट नेपाल सिजन ७ को ट्यालेन्ट राउन्डको विजेताहरूको घोषणा सोही २८ चैतको ग्रान्ड फिनाले समारोहमा गरिने आयोजक रोज ब्युटी एकेडेमीकी अध्यक्ष सोनी कारंजितले जानकारी गराएकी छन् ।

पार्लरमा रहेका ब्युटिसियनहरुलाई बाहिर ल्याई उनीहरुको व्यक्तित्व विकास, प्रतिभा प्रस्तुति र महिला सशक्तिकरणको लागि आफुहरुले यो प्रतियोगिता गर्दै आएको अर्का आयोजक डब्बु क्षत्रीले सो कार्यक्रममा बताए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काठमाडौँमा ६ हजार ८०२ सिलिन्डर ग्यास बिक्री, आइतबार थप सात केन्द्रबाट वितरण

काठमाडौँ । नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि शनिबार विभिन्न ब्रान्डका ६ हजार ८०२ सिलिन्डर खाना पकाउने ग्यास बिक्री–वितरण ...

जाजरकोटमा पहिरोले घर र टहरा बगायो, सात जना घाइते

सुर्खेत । जाजरकोटमा लगातारको वर्षापछि गएको पहिरोले भेरी नगरपालिका–२ रिसाङ र वडा नम्बर ३ स्यालामा ठूलो क्षति पुर्‍याएको छ । पहिरोमा परी सात जना घाइते भ...

नेपाल टेलिकमको खुद मुनाफा ४७ प्रतिशतले बढ्यो

काठमाडौँ । नेपाल टेलिकमले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्म ८ अर्ब ८६ करोड ४६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरे...

झरीमा दिनभर लाइन, ग्यास नपाएर रित्तो सिलिन्डर बोकेर फर्किए नागरिक

काठमाडौँ । खाना पकाउने ग्यासको अभावले एक महिनादेखि हैरान भएका उपभोक्ताले शनिबार झरीमा समेत घण्टौँ लाइन बसेर सास्ती बेहोर्नुपरेको छ । सरकारले विभिन्न स...

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु, आक्रोशित स्थानीयले गरे तोडफोड

झापा । झापा गाउँपालिका–४ स्थित वडा कार्यालय अगाडि हुलाकी राजमार्गमा टिपरको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ । दुर्घटनापछि आक्रोशित स्थानीयले टि...

नेपाल–भारत सीमामा एकअर्काले भोगचलन गरेको जग्गा नापजाँच गरिने

काठमाडौँ । नेपाल र भारतले सीमा क्षेत्रमा एकअर्काका नागरिकले भोगचलन गर्दै आएको जग्गाको नापजाँच गर्ने सहमति गरेका छन् । दुवै देशका नागरिकले एकअर्काको भू...

कांग्रेस इतर समूहको भेला किन बन्यो ‘सम्मेलन’ ?

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई औपचारिक रूपमा ‘सम्मेलन’ मा परिणत गरेको छ । सुरुमा राष्ट्रिय भेलाका रूप...

शिक्षक–सरकार सम्झौता कागजमै सीमित, फेरि आन्दोलनको तयारी

माग पूरा नभए शिक्षक महासंघले भदौदेखि आन्दोलन चर्काउने

देउवा–कोइराला समूहको शक्ति प्रदर्शन, देउवाको सन्देश– ‘कांग्रेस एक हुनुपर्छ’

काठमाडौँ । नेपाली कांग्रेसको वर्तमान नेतृत्वलाई चुनौती दिँदै पूर्वसभापति शेरबहादुर देउवा र कोइराला समूहले काठमाडौँमा राष्ट्रिय भेला आयोजना गरेका छन् ।...

अवैध रूपमा औषधिजन्य वस्तु उत्पादन गर्ने फार्म सञ्चालक पक्राउ

वीरगन्ज । प्रहरीले वीरगन्जमा अनुमति बिना औषधिजन्य वस्तु उत्पादन तथा स्टिकर लेबलिङ गरिरहेको आरोपमा एक जना पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका–११ श...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending