काठमाडौंं । बिगत ७ वर्षदेखि आयोजना हुँदै आएको एच्यु हेयर ओयल ब्युटिसिनय ट्यालेन्ट नेपालको सिजन ७ को ग्रान्ड फिनाले यही २८ चैतमा ज्यापु प्रज्ञा प्रतिष्ठान च्यासल, ललितपुरमा हुने भएको छ ।
रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसन प्रा।लि।द्धारा आयोजित यो प्रतियोगिताका प्रतियोगीबीच हिजो साँझ काठमाडौँको त्रिपुरेश्वर स्थित डि भ्याली रेष्ट्रोमा ट्यालेन्ट राउन्ड सम्पन्न भएको छ ।
यो ट्यालेन्ट राउन्डमा उनीहरुले उनीहरुले ब्राईडल मेकअप, जुरो, मेहन्दी आर्ट, नेल आर्ट जस्ता विविध कला प्रस्तुत गरेका छन् । यसैबीच यो प्रतियोगिताको फाईनलको लागि १७ प्रतियोगी चयन भएका छन् । यिनै १७ जना बिच ट्यालेन्ट शोमा प्रतिस्पर्धा भएको हो ।
यो प्रतियोगितामा चयन भएका २२ प्रतियोगी मध्यबाट ट्यालेन्ट राउन्ड पछि फाइनल चरणमा १७ जना ब्युटिसियन प्रतियोगीहरू प्रवेश गरेका छन् । ग्रान्ड फिनालेमा प्रवेश गरेका १७ जना प्रतिस्पर्धीहरुमा निशा रजक, रोशनी पुजारी, रविना ठकुरी, रचना बज्राचार्य, सुमित्रा खवास, स्नेहा चौधरी, सुजिता अधिकारी, दुर्गा सुवेदी, सुजिता दयाल, निर्माला पौडेल, स्मृति सुब्बा, सपना रसाईली, अन्जनी चौधरी, मनसरा राई, सुनिशा शाक्य, स्वस्तिका बस्नेत र पुजा विश्वकर्मा बस्नेत रहेका छन् ।
ट्यालेन्ट राउन्डको निर्णायकमा ब्राडल मेकअप तर्फ ब्युटिसियनहरु गीता खनाल, उषा गुरुङ, कस्मोलोजिष्ट परिषी कारंजित, डेन्टिस्ट सागर जोशी, ब्युटिसियन ट्यालेन्ट नेपाल तेस्रो सिजनकी विजेता लिना डंगोल रहेका थिए । यस्तै ब्राइडल जुरोको निर्णायकमा ब्युटिसियन ट्यालेन्ट नेपाल हालकी विजेता शर्मिला बुढाथोकी, लायन नकुल गिरी, सुरेन्द्र गिरी थिए । नेल तथा मेहन्दी आर्ट प्रतिस्पर्धाको निर्णायकमा नेल टेक्निसियन सुजन तिमिल्सिना र ब्युटिसिनय ट्यालेन्ट नेपाल सिजन ५ की विजेता मनिषा श्रेष्ठ थिईन् ।
ट्यालेन्ट राउन्डको उद्घाटन पानसमा बत्ति बालेर गणेशमान सिंह बहु प्राविधिक शिक्षालयका प्रिन्सिपल डिएन पराजुलीले गरे । कार्यक्रमका प्रतिस्पर्धी सबैलाई उनले शुभकामना दिँदै यो प्रतियोगिताले ब्युटिसियनहरुको व्यक्तित्व विकाससँगै उनीहरूको प्रतिभा प्रस्तुति र समाजमा गएर आफूलाई सशक्त रूपमा उभ्याउन मद्दत पुग्दै आएको बताए ।
ब्युटिसियन ट्यालेन्ट नेपाल सिजन ७ को ट्यालेन्ट राउन्डको विजेताहरूको घोषणा सोही २८ चैतको ग्रान्ड फिनाले समारोहमा गरिने आयोजक रोज ब्युटी एकेडेमीकी अध्यक्ष सोनी कारंजितले जानकारी गराएकी छन् ।
पार्लरमा रहेका ब्युटिसियनहरुलाई बाहिर ल्याई उनीहरुको व्यक्तित्व विकास, प्रतिभा प्रस्तुति र महिला सशक्तिकरणको लागि आफुहरुले यो प्रतियोगिता गर्दै आएको अर्का आयोजक डब्बु क्षत्रीले सो कार्यक्रममा बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:०३
काठमाडौँ । कवि तथा पत्रकार ठाकुर बेलवासेका पिता ईश्वरीप्रसाद बेलवासेको ८६ वर्षको उमेरमा निधन भएको छ। उपचारका क्रममा काठमाडौँको महाराजगञ्जस्थित त्रिवि ...
पौष १८ गते, २०८२ - १९:४५
ओखलढुंगा । ओखलढुंगाकाे लिखु गाउँपालिका–८, टारकेबारीमा स्वास्थ्य परीक्षण तथा परामर्श शिविर–२०८२ सञ्चालन गरिएको छ । वडा अध्यक्षको पहलमा वृद्ध–वृद्धा तथा...
पौष १८ गते, २०८२ - १४:५८
काठमाडाैं । नेपालले १० वर्षअघि नयाँ संविधानसँगै समानुपातिक प्रणाली लागू गर्यो। त्यो संविधान जारी हुँदा संविधानसभा अध्यक्ष सुवास नेम्बाङले भनेका थिए– ...
पौष १८ गते, २०८२ - १४:५७
दाङ। माघी पर्व नजिकिएसँगै दाङका थारु बस्तीमा तयारी शुरू भएको छ । थारु समुदायले नयाँ वर्षका रूपमा यो पर्व आउनुभन्दा एक महिनाअघिदेखि तयारी गर्ने चलनअनुस...
पौष १८ गते, २०८२ - १४:२१
काठमाडौं। देशका विभिन्न स्थानबाट लागूऔषधसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्तिहरूमा ब्राउन सुगर, डिजिटल तराजु र नियन्त्रित लागूऔ...
पौष १८ गते, २०८२ - १४:१९
काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) र क्रान्तिकारी शक्ति पुनर्गठन रूपान्तरण अभियानबीच पार्टी एकता भएको छ। दुई पक्षबीच ६ बुँदे सहमतिमा ह...
पौष १८ गते, २०८२ - १३:०२
समानुपातिक सूची र प्रत्यक्ष उम्मेदवारीसँग जोडिएको एकता प्रयास
पौष १८ गते, २०८२ - १२:५४
म्याग्दी । म्याग्दीमा एक महिनामै १ सय १५ थान अवैध भरुवा बन्दुक बरामद हुनु सामान्य प्रहरी कारबाही मात्रै होइन, यो ग्रामीण समाजभित्र लुकेर बसेको सुरक्षा...
पौष १८ गते, २०८२ - १२:४८
काठमाडाैं । निर्वाचन आयोगले राजनीतिक दलहरूलाई समानुपातिक उम्मेदवारको बन्दसूची संशोधन गर्न पुस २१ देखि २७ गतेसम्मको समयसीमा तोकेसँगै दलभित्रको आन्तरिक ...
पौष १८ गते, २०८२ - १२:४४
विद्यार्थी बोकेको बस दुर्घटना: सडक सुरक्षामाथि गम्भीर प्रश्न




प्रतिकृया लेख्नुहोस्: