काठमाडौं । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजावादी आन्दोलनको कमान्डर दुर्गा प्रसाईंलाई बनाएर पूर्वराजा ज्ञानेन्द्र शाहले बुद्धि बिगारेको बताएका छन् । बुधबार पार्टी निकट महिला सङ्गठन अनेमसंघ (क्रान्तिकारी)लुम्बिनी प्रदेश सम्मेलनलाई कोहलपुरमा सम्बोधन गर्दै प्रचण्डले प्रसाईं जस्तो हावालाई कमान्डर बनाएर ज्ञानेन्द्रले बुद्धि बिगारेको बताएका हुन् ।
‘राजावादीको कमान्डर पूर्वराजा ज्ञानेन्द्र शाहको प्रिय पात्र दुर्गा प्रसाईंजस्तो हावालाई कमान्डर बनायो । त्यस्तो हावालाई कमान्डर बनाएको छ । प्रसाईंलाई के भन्नु हेर ज्ञानेन्द्रको बुद्धि ! त्यस्तालाई कमान्डर बनाएर के गरेको होला ?’
त्यसकै परिणाम तीनकुनेमा हिंसा, हत्या र लुटपाट भएको प्रचण्डले जिकिर गरे । कार्यक्रममा उनले आफूहरू तराई मधेस जागरण अभियानमा गएको बेला मौका छोपेर राजावादीहरू सलबलाउन थालेपछि त्यसको प्रतिकार गर्न काठमाडौँ फर्किएको उनले जिकिर गरे । प्रचण्डले प्रधानमन्त्री केपी ओलीप्रति लक्षित गर्दै बयलगाडाले गणतन्त्रको रक्षा गर्न नसक्ने देखेर आफूहरूले चैत १५ गते बृहत् आमसभा राखेको दाबी गरे ।
‘हामी मधेस झरेको मौका छोपेर गणतन्त्रविरुद्ध राजावादीहरू सलबलाउन थाले । बयलगाडाले गणतन्त्र संरक्षण गर्न सक्दैन भनेर हामीले काठमाडौँमा विरोध प्रदर्शन गर्यौँ । हामीले भव्यरुपमा विरोधसभा सम्पन्न भएकोमा विश्व नै चकित भएको छ’, उनले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ४ गते, २०८३ - २२:१२
हुम्ला । जिल्ला अदालत हुम्लामा सम्बन्धविच्छेदका मुद्दा वर्षेनि बढ्दै गएका छन्। कम उमेरमा विवाह हुने परम्परा, दाम्पत्य जीवनमा बढ्दो असमझदारी र सामाजिक ...
श्रावण ४ गते, २०८३ - २१:५७
काठमाडौं । नेपालको लोकतान्त्रिक आन्दोलन र महिला राजनीतिक चेतनाको इतिहास लेख्दा केही महिलाका नाम अनिवार्य रूपमा स्मरण गर्नुपर्ने हुन्छ। समाजले महिलालाई...
श्रावण ४ गते, २०८३ - २१:४०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले आफू र आफ्ना श्रीमान्लाई करोडौँ रुपैयाँ ठगी गरिएको दाबी गर्दै प्रहरीमा उजुरी दिएक...
श्रावण ४ गते, २०८३ - २१:३०
काठमाडौं । सरकारले मन्त्रालयको संख्या २२ बाट घटाएर १८ मा झारेपछि कर्मचारी व्यवस्थापनमा नयाँ नीति लागू गरेको छ। अब मन्त्रालय पुनःसंरचनाबाट फाजिल (दरबन्...
श्रावण ४ गते, २०८३ - २१:२५
बाजुरा । बाजुराको हिमाली गाउँपालिका–५ अन्तर्गत कवाडी–क्युडी भित्री कच्ची सडकखण्डमा सोमबार भएको जिप दुर्घटनामा घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्...
श्रावण ४ गते, २०८३ - २१:२२
काठमाडौं । जापान भ्रमणमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाही र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का स...
श्रावण ४ गते, २०८३ - २०:५७
काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को उपकुलपति नियुक्ति प्रक्रियामाथि वैज्ञानिक समुदायले गम्भीर प्रश्न उठाएको छ। सरकारले ...
श्रावण ४ गते, २०८३ - २०:५३
विराटनगर । भारतको कोलकाताबाट औद्योगिक कच्चा पदार्थ बोकेको पहिलो कार्गो रेल विराटनगरस्थित एकीकृत जाँच चौकी (आईसीपी) आइपुगेको छ। यससँगै विराटनगरसम्म सिध...
श्रावण ४ गते, २०८३ - ०९:२६
काठमाडौं । स्पेनले दोस्रो पटक विश्वकप फुटबलको उपाधि उचालेसँगै अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले प्रतियोगिताका उत्कृष्ट खेलाडी र टोलीलाई प्रदान गर...
श्रावण ४ गते, २०८३ - ०९:२२
जनकपुरधाम । मधेशका गाउँबस्तीमा वर्षा सुरु भएसँगै बालबालिकाका लागि अर्को अदृश्य खतरा पनि सक्रिय हुन्छ—पानीले भरिएका खाल्डाखुल्डी। इँटा उद्योगले माटो नि...



प्रतिकृया लेख्नुहोस्: