Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

दुर्गा प्रसाईं तराई वा भारतमा लुकेको प्रहरीको आशंका

खबरडबली संवाददाता

काठमाडौं । नेपालमा व्यवस्थाविरोधी आन्दोलनलाई हिंसात्मक रूप दिएर फरार दुर्गा प्रसाईंलाई पक्राउ गर्न सुरक्षा निकायलाई कठिन भएको छ। शुक्रबार साँझदेखि फरार उनलाई प्रहरीका चार वटा टोलीले खोजी गरिरहे पनि फेला पार्न सकेका छैनन्। आइतबार र सोमबार उनले सामाजिक सञ्जालबाट आफू नेपालमै रहेको भन्दै सुरक्षा निकायलाई चुनौती दिइरहेका छन्।

‘दुर्गा प्रसाईंले सार्वजनिक गरेको भिडियोमा देखिएको दृश्यलाई नेपाल प्रहरीले सूक्ष्म ढंगले हेरेको छ तर यस्तो दृश्य काठमाडौंको जस्तो देखिँदैन। तराई वा आसपासको ठाउँ हुन सक्छ। हाम्रो ध्यान त्यता पनि गएको छ,’ खोजीका लागि खटिएका एक प्रहरी अधिकृतले भने। गृह मन्त्रालयका एक अधिकृतका अनुुसार प्रसाईंलाई कानुनी रूपमा विदेश यात्रा गर्न नपाउने व्यवस्था पनि गरिसकिएको छ।

राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका कमान्डर रहेका प्रसाईंलाई रोक्न विमानस्थलको अध्यागमनलगायत सबैतिर निगरानी गरिएको थियो। राजा फर्काउने आन्दोलन गरिरहेका प्रसाईं फरार रहँदा उनका सहयोगीहरू भने धमाधम पक्राउ परिरहेका छन्।

पाँच दिनदेखि प्रहरीको सबै युनिटले निगरानी बढाउँदा पनि उनी भने फेला पर्न नसकेका हुन्। यता नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी), विशेष ब्युरो, उपत्यका अपराध अनुसन्धान कार्यालय, उपत्यका प्रहरी कार्यालयको ‘टास्क फोर्स’ले उनको खोजी गरिरहेका छन्। सबै नाकामा प्रहरी परिचालन पनि गरिएको छ। केही प्रहरी अधिकारीले उनी भारत गएको आशंका गरिरहेका छन्। प्रहरीको एउटा युनिटले प्रसाईंलाई खोज्न भारतीय प्रहरीसँग समन्वयसमेत गर्दै आएको छ।

मंगलबार साँझ मात्रै प्रसाईंका एक सहयोगी पक्राउ परेका छन्। संयुक्त जनआन्दोलन घोषणासभा परिचालन समितिका संयोजक देवी संग्रौला पक्राउ परेका हुन्। झापाका संग्रौलालाई प्रहरीको विशेष टोलीले ललितपुरको भैंसेपाटीबाट पक्राउ गरेको हो। उनीसँगै विष्णुजंग बस्नेत पनि पक्राउ परेको प्रहरीले जनाएको छ। तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संग्रौला पनि संलग्न थिए। यसअघि प्रसाईंको सुरक्षा दस्ताका चार जना पक्राउ परिसकेका छन्।

प्रसाईंले आइतबार दिउँसो एक भिडियो सार्वजनिक गरेर आफू काठमाडौंको एक मन्दिरमा रहेको बताए पनि त्यो मन्दिर काठमाडौंको नभएको सुरक्षा निकायले निष्कर्ष निकालेको छ। नेपाल प्रहरीका एक अधिकारीका अनुसार उनी रातारात मोटरसाइकलमा भारत पुगिसकेका छन्।

हेटौंडा हुँदै उनी भारत पुगेको र नेपालकै मन्दिरमा भनी बनाएको भिडियो भारतकै एक मन्दिर रहेको ती प्रहरी अधिकारीको दाबी छ। तर प्रहरीको उच्च तहले त्यसलाई विश्वास गर्न सकिरहेको छैन। नेपाल प्रहरीका प्रवक्ता डिआइजी दिनेश आचार्यका अनुसार प्रहरीले उनको खोजी गरिरहेको छ। ‘पक्राउपछि सञ्चारमाध्यममा समाचार आइहाल्छ,’ उनले भने, ‘अनुसन्धानका सबै विवरण खुलाउन आवश्यक छैन।’

आइतबार साँझ प्रहरी महानिरीक्षक (आइजिपी) दीपक थापाले प्रसाईंलाई कुनै पनि हालतमा पक्राउ गर्न मातहतका सुरक्षा अधिकारीलाई ‘कडा’ निर्देशन दिएका थिए।

मातहतका सबै निकाय उत्तिकै सतर्कतामा पनि बसेका छन्। उनी भागे पनि प्रहरीले प्रदर्शनमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र पार्टी महामन्त्री एवं सांसद धवलशमशेर जबरालाई सोही शुक्रबार राति नै पक्राउ गरेको थियो।  

मिश्र र जबरासहित ११ जनाविरुद्ध राज्यविरुद्धको कसुर, संगठित र उपद्रव कसुरमा मुद्दा चलाइएको छ। आइतबार काठमाडौं जिल्ला अदालतले उनीहरूविरुद्ध अनुसन्धान गर्न  प्रहरीलाई पाँच दिनको अनुमति दिएको छ। उनीहरूसहित  पक्राउ परेका ४१ जनालाई पनि थुनामा राखेर अनुसन्धान गर्न  अदालतले तीन दिनको अनुमति दिएको छ। प्रसाईंको खोजीमा रहेका एक प्रहरीका अनुसार उनको अन्तिम ‘लोकेसन’ इमाडोलमा देखिएको थियो। इमाडोलबाट एउटा ट्याक्सी लिएर हिँडेका उनी त्यहाँबाट कता गए भन्ने बारेमा कतै पनि थाहा हुन सकेको छैन। इमाडोलमा पुष्कर खतिवडाको घरमा स्याउ र केरा खाएर प्रसाईं फरार भएका थिए।

तीनकुनेमा गत शुक्रबार (चैत १५) मा राजावादी समर्थकको आन्दोलनमा अराजक गतिविधिमा संलग्न रहेको आरोपमा राणा र मिश्रलाई प्रहरीले नियन्त्रणमा लिएको छन्। शुक्रबार साँझ पक्राउ परेका राणा र मिश्रमाथि अनुसन्धान गर्न प्रहरीलाई आइतबार जिल्ला अदालत काठमाडौंले थप पाँच दिनको म्याद दिएको छ।

राजावादीहरूको हिंसात्मक प्रदर्शनमा परी एक पत्रकारसहित  दुई जनाले ज्यान गुमाएका छन्। प्रहरीको गोली लागेर कीर्तिपुर नगरपालिका–४ का सविन महर्जन र राजावादी समर्थकबाट भएको आगजनीमा परी पत्रकार सुरेश रजकको मृत्यु भएको छ। रजक एभिन्युज टेलिभिजनका पत्रकार हुन्।

राजावादीका नाममा भएको हिंसात्मक आन्दोलनबाट सञ्चार गृह, निजी सम्पत्ति र व्यवसायीहरूले अर्बौंको नोक्सानी बेहोरेका छन्। प्रदर्शनकारीले तीनकुने, बानेश्वर, कोटेश्वर, बालकुमारी क्षेत्रमा निजी भवन तथा सवारीसाधनमा तोडफोड तथा आगजनी गरेका थिए। उनीहरूले कोटेश्वरमा रहेको भाटभटेनी सुपर मार्केटमा समेत लुटपाट मच्चाएका थिए। त्यही दिन नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयका साथै अन्नपूर्ण पोस्ट र कान्तिपुर टेलिभिजनको कार्यालयमा तोडफोड भएको थियो । यो समाचार आजको नागरिक दैनिकले लेखेको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending