पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले तलब भत्तामार्फत आएको रकम सामाजिक काममा खर्चिएका छन् ।
उनले २०७४ सालमा गण्डकी प्रदेश सभा सदस्य भएयता प्राप्त भएकोमा थप गरी ७९ लाख ४२ हजार ३ सय ९० रुपैयाँ सामाजिक काममा खर्च गरेका हुन् ।
मंगलबार प्रेस युनियन कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री थापाले २०७४ यता ५८ लाख ५८ हजार ५४३ रुपैयाँ प्राप्त भएको र त्यसमा करिब २१ लाख थप गरी सामाजिक कामका खर्च गरेको बताए ।
‘जनताको प्रतिनिधि भएपछि तिनको आवश्यकतालाई सम्बोधन गर्नु मेरो कर्तव्य हो । मैले पाएको सेवा–सुविधा बापतको रकम सामाजिक कार्यमा खर्च गर्दै आएको छु’, उनले भने ।
यसवर्षमात्रै उनले १० लाख एक हजार ३२४ रुपैयाँ सामाजिक कार्यमा खर्च गरेका छन् । शिक्षाका लागि छात्रवृत्ति, स्वास्थ्य क्षेत्रमा आधारभूत पूर्वाधार निर्माण, खेलकुद प्रवद्र्धन, महिला तथा युवाहरूको सशक्तिकरण, विपन्न परिवारलाई आर्थिक सहयोग जस्ता कार्यमा सहयोग गरेको मन्त्री थापाले बताए ।
मन्त्री थापाले हाल सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयबाट ‘फ्राइडे फर फ्युचर’, ‘सिक्दै कमाउँदै’, योग तथा ध्यान कार्यक्रम ‘गण्डकी स्वजागरण’, प्राविधिक शिक्षाको पूर्वाधार निर्माण, महिला तथा युवा सशक्तिकरण कार्यक्रम सञ्चालन भइरहेको थापाले सुनाए । यस्तै, भाषा आयोगको सिफारिसमा मगर र गुरुङ भाषालाई सरकारी कामकाजी भाषा बनाउने विधेयक सदनमा छलफलको क्रममा रहेको पनि उनले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २७ गते, २०८२ - २०:३६
काठमाडौँ। दक्षिणपूर्वी अस्ट्रेलियामा फैलिएको भयंकर डढेलोमा कम्तीमा एक जनाको मृत्यु भएको छ भने करिब ३०० भन्दा बढी घर तथा भवन जलेर नष्ट भएका छन्। पछि...
पौष २७ गते, २०८२ - २०:३०
काठमाडौं । नेपाली कांग्रेसका विभिन्न देशमा रहेका जन सम्पर्क समितिले नियमित महाधिवेशनका माध्यमबाट पार्टीलाई बलियो र एकतावद्ध बनाउन आग्रह गरेका छन्। शनि...
पौष २७ गते, २०८२ - २०:२७
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ बुझाइएको बन्दसूचीमा समावेश उम्मेदवारहरूले पुस २८ गते नाम फिर्ता लिन सक्ने जनाएको छ। ...
पौष २७ गते, २०८२ - २०:२५
काठमाडाैं । प्यालेस्टिनी समूह हमासले गाजा पट्टीमा रहेका आफ्ना सबै सरकारी निकाय विघटन गरी जिम्मेवारी एक स्वतन्त्र प्रशासनिक समितिलाई हस्तान्तरण गर्ने त...
पौष २७ गते, २०८२ - २०:२३
काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले पार्टीलाई अझ संगठित, स्वच्छ र सुदृढ बनाउनका लागि विशेष महाधिवेशन आयोजना गरिएको बताएका छन्। द...
पौष २७ गते, २०८२ - १९:५५
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितको संस्थापन पक्ष र डा. शेखर कोइराला समूहको बहिस्कारका बी...
पौष २७ गते, २०८२ - १९:४७
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमार्फत नागरिक तहमा रहेका असन्तुष्टिका हरेक तह गहिरो रूपमा केलाएर छलफल गरिने...
पौष २७ गते, २०८२ - १९:४३
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचनमा हुने हार–जितभन्दा पनि जनतामा पार्टीप्रतिको भरोसा जोगाउनु अहिलेको मुख्य चुनौती भएको ...
पौष २७ गते, २०८२ - १९:३५
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफ्नो लामो राजनीतिक जीवनको उत्तरार्द्धमा सबैभन्दा गम्भीर संकटको सामना गरिरह...
पौष २७ गते, २०८२ - १९:२१
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सोमबार बिहान ८ बजेदेखि विशेष महाधिवेशनको बन्दसत्र सुरु हुने र सभापतिसहित पार्टीका शीर्ष नेता स...




प्रतिकृया लेख्नुहोस्: