Khabar Dabali ४ श्रावण २०८३ सोमबार | 20th July, 2026 Mon
Investment bank

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १८ घण्टा सञ्चालन हुने

खबरडबली संवाददाता

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १८ घण्टा सञ्चालनमा आएको छ । 

विमानस्थलको अभिवृद्धिका लागि गत कात्तिक २३ देखि यही चैत १८ गतेसम्म पाँच महिना दैनिक १० घण्टा विमानस्थल बन्द गरेर विमानस्थलको क्षमता अभिवृद्धिअन्तर्गत भौतिक संरचना निर्माणको काम गरिएको थियो । आजदेखि विमानस्थल बिहान ६ः०० देखि राति १२ः०० बजेसम्म खुला रहने विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए। 

उनका अनुसार विमानस्थलका ट्याक्सी–वेलाई धावनमार्गसँग जोड्ने लिङ्क वेको निर्माण सम्पन्न भएको छ । समानान्तर ट्याक्सी वे निर्माणको काम भने जारी रहेको छ । नेपाल नागरिक उड्यन प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सी वे’, उत्तरतर्फको ‘इन्टरनेसनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’लगायत विस्तारको काम गरिरहेको हो । 

यी काम पूरा गर्न करिब १५ अर्ब खर्च हुने आयोजनाले जनाएको छ । हालसम्म ९० प्रतिशत काम सम्पन्न भएको आयोजना प्रमुख दीपेन्द्र श्रेष्ठले बताए । रातिको समयमा गर्नुपर्ने विमानस्थलको भौतिक संरचनाको काम करिब सकिए पनि आयोजनाको सम्पूर्ण काम सक्न करिब डेढ वर्ष लाग्ने आयोजनाले जनाएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

झिमरुक खोलाले बगाउँदा एकजनाको मृत्यु

प्यूठान ।  झिमरुक खोलाले बगाएर एक जनाको मृत्यु भएको छ। गौमुखी गाउँपालिका-४ वाग्लिवाङ स्थायी घर भइ प्यूठान नगरपालिका-४ बिजुवारमा बस्ने ४२ वर्षीय राजेश ...

रहस्यमय मृत्युले उठाएकाे प्रश्न : ढल्केवरका होटलमा के भइरहेको छ ?

जनकपुरधाम । धनुषाको ढल्केवरमा चार महिनाको अन्तरालमा दुई महिलाको रहस्यमय मृत्यु भएपछि त्यहाँ सञ्चालित केही होटल तथा गेष्टहाउसको गतिविधिमाथि गम्भीर प्रश...

लगातारको वर्षाले काठमाडौं जलमग्न, सडकमा पानी जम्दा दुर्घटनाको जोखिम बढ्यो

काठमाडौं । अविरल वर्षापछि काठमाडौं उपत्यकाका विभिन्न सडक जलमग्न भएका छन्। सडकमा पानी जम्दा सवारी आवागमन प्रभावित हुनुका साथै दुर्घटनाको जोखिमसमेत बढेक...

हेलम्बुमा बन्दै ‘हिमालयन ग्रेट ट्रेल’, ६० किलोमिटरमध्ये ७ किलोमिटर निर्माण सम्पन्न

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण थालिएको ‘हिमालयन ग्रेट ट्रेल’ अन्तर्गत हालसम्म सात किल...

सेती नदी थुनियो, पहिरोपछि पानीको सतह ५० मिटरमाथि पुग्दा उच्च सतर्कता अपनाउन आग्रह

पोखरा । निरन्तरको वर्षापछि खसेको पहिरोले पोखराको सेती नदी आंशिक रूपमा थुनिएको छ। पोखरा महानगरपालिका–१५ र १७ को सीमामा पर्ने रातोपैह्रो क्षेत्रमा नदीले...

आज राति १० बजेदेखि नारायणगढ–मुग्लिन सडक बन्द, पहिरोको जोखिमपछि प्रशासनको निर्णय

चितवन । अविरल वर्षासँगै पहिरोको जोखिम बढेपछि स्थानीय प्रशासनले आज राति १० बजेदेखि नारायणगढ–मुग्लिन सडकखण्ड तथा चितवनतर्फ पर्ने पृथ्वी राजमार्गमा सवारी...

ज्ञानेन्द्र शाहीको बचाउमा जेनजी अभियन्ता मिराज, भने– ‘आधारहीन आरोपले संयम गुम्नु स्वाभाविक’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सामाजिक सञ्जालमा दिएको आक्रोशपूर्ण अभिव्यक्तिको जेनजी अभियन्ता...

नारायणगढ–मुग्लिनमा ओभरटेक गरे कारबाही: दुर्घटनापछि प्रशासनको कडा चेतावनी

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा बढ्दो दुर्घटना र सवारीजाम नियन्त्रण गर्न चितवन प्रशासनले ओभरटेक गर्ने प्रवृत्तिविरुद्ध कडाइ गर्ने भएको छ। वर्षायामम...

माइतीघर जलमग्न: सडक डुबानमा पर्दा सवारी अस्तव्यस्त, पैदलयात्रीलाई सास्ती

काठमाडौं । अविरल वर्षापछि काठमाडौंको माइतीघर क्षेत्र आइतबार जलमग्न भएको छ। सडकमा पानी जम्दा सवारीसाधनको आवागमन प्रभावित हुनुका साथै पैदलयात्रीले पनि न...

कांग्रेसकाे विवादः इतर समूहले सार्वजनिक गर्‍यो पार्टी एकताका ५ प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसभित्र बढ्दो आन्तरिक विवादका बीच संस्थापन इतर समूहले पार्टी एकताका लागि आफूहरूले अघि सारेका पाँच बुँदे प्रस्ताव सार्वजनिक गरे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending