कञ्चनपुर। यहाँको शुक्लाफाँटा नगरपालिका–७ सिमलफाँटाका ६२ वर्षीय मानबहादुर धानुक अटोबाट झरेर टुप्लुक्क घरको आँगनमा आइपुग्दा एकैछिन घरमा सन्नाटा छायो। बेपत्ता भएको २८ वर्षपछि धानुक घर फर्किनुहोला भन्ने अनुमान परिवारका कुनै सदस्यले गरेका थिएनन्।
त्यसो त धानुकलाई पनि सुरुमा आफ्नो घर पत्ता लगाउन कठिन भयो। आफूले घर छोड्दाको बस्ती शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको विस्तारित क्षेत्रभित्र परेपछि स्थानान्तरण गरिएको थियो। भारतको उत्तर प्रदेशको बनारसबाट बस चढेर महेन्द्रनगर आइपुगेका उनी सबैभन्दा पहिले कपडालगायत सामान खरिद गर्ने पुरानो व्यापारी कहाँ पुगे। उनीसँग कुरा गरेपछि थाहा भयो कि साविकको पिपलाडी गाविस–१ को तारापुर बस्ती स्थानान्तरण गरिएको रहेछ।
त्यसपछि उनी महेन्द्रनगर बजार हुँदै झलारी बजार झरे। चिनजानका व्यक्तिसँग भेट भयो। तारापुर बस्तीलाई सिमलफाँटामा सारिएको जानकारी पाए। चिनजान कै व्यक्तिले अटो चालकलाई सिमलफाँटाको घरसम्म पुर्याइ दिन आग्रह गरे। अटो चालकले धानुकलाई घरमै पुर्याइदियो। यो गत शनिबारको कुरा हो।
धानुक यत्तिका वर्षपछि घर फर्कनुमा भने उनको एक धर्म आमाको हात छ। जो ६५ वर्षीया वृद्धा छन् । भारतकै बनारस बस्ने उनै धर्म आमा र उनकी १३ वर्षीया नातिनि पनि धानुकसँगै आएकी छन्।
धानुकले भने, ‘छोरा छोरी सानै हुँदा हिँडेकाले मैले चिन्ने कुरै भएन, आमा र श्रीमतीले चिने, धेरै वर्षपछि घर आइपुगेकाले परिवारका सदस्यले हर्षका आँसु बगाउन थाले, खुसी भए, मैले धेरै वर्ष सम्पर्कविहीन भएर बिताएकाले परिवार पाउँदा निकै खुसी छु।’
घरबाट २०५३ मा कमाइको खोजीमा भारतको राजीस्थानस्थित जयपुर पुगेका उनको गतिलो कमाइ थिएन। काम गर्दा थोरै कमाइ हुन्थ्यो खान र लुगाफाटोमै सिद्धिन्थ्यो। ‘कामकै खोजीमा कहिले यता पुग्थेँ, कहिले उता’, विगत सम्झँदै उनले भने, ‘घरसम्म पुग्ने बस भाडा हुँदैनथ्यो, घर जान पाए हुन्थ्यो भनेर सोच्थेँ, जान सक्ने अवस्था थिएन, विस्तारै घरको ठेगाना नै विर्सिने अवस्थामा पुगेको थिएँ।’
उनका अनुसार राजिस्थानको जयपुरमा एक व्यक्तिसँग गहिरो मित्रता भयो। ती मित्रको ससुराली उत्तर प्रदेशको बनारसमा थियो। त्यहाँ दुवै जनाको आउजाउ थियो। ती मित्र बिरामी भएपछि धानुकले रगत दिएर ज्यान बँचाएका थिए । त्यसै बेलादेखि ती मित्रका सासुले धानुकलाई धर्मपुत्रका रुपमा मान्न थालिन् ।
ती वृद्धाका छोरा थिएनन्, उनले जमिन दिन्छु बस्नु भनेर पनि धानुकलाई अनुरोध गरेकी पनपि थिइन् । ‘सित्तैमा लिएमा पाप लाग्छ भनेर जग्ग्गा लिन अस्वीकार गरेँ’, उनले भने, ‘बृद्धा आमाले परिवारसँग भेटनुपर्छ भनेर कर गरेपछि उहाँसँगै घर आइपुगेँ, यत्तिका समयपछि परिवारसँग भेट हुन्छ भनेर सोचेकै थिइँन। परिवारलाई भेटन पाउँदा निकै खुसी छु, अब भारत फर्किन्न।’
धानुकका छोरा गणेशबहादुर ३३ वर्षको भए। यो उमेरमा बुवा पाउँदा खुसीको सीमा नै नरहेको उनी बताउँछन्। ‘सानै छँदा बुवाले छाडेर जानुभएको थियो’, उनले भने, ‘अहिले आएर बुवालाई भेटाएँ, परिवारमा खुसियाली छ।’
धेरै वर्षपछि घर आइपुग्नु भएका धानुकलाई भेट्न आफन्त र छिमेकी आउने क्रम बढेको छ । स्थानीय समाजसेवी भरतबहादुर विष्ट धानुकलाई घरसम्म ल्याउन उनकी धर्म आमाको महत्त्वपूर्ण भूमिका रहेको बताउँछन् । उनले भने, ‘उहाँको धर्म आमो कार्य सह्रानीय छ, मानबहादुर धेरै लामो समयपछि घर आइपुग्दा हामी गाउँले खुसी छौँ।’ धानुकको दुई छोरा, एक छोरी, श्रीमती, आमा, भाई र भतिजा छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ३ गते, २०८३ - १९:५९
प्यूठान । झिमरुक खोलाले बगाएर एक जनाको मृत्यु भएको छ। गौमुखी गाउँपालिका-४ वाग्लिवाङ स्थायी घर भइ प्यूठान नगरपालिका-४ बिजुवारमा बस्ने ४२ वर्षीय राजेश ...
श्रावण ३ गते, २०८३ - १९:५८
जनकपुरधाम । धनुषाको ढल्केवरमा चार महिनाको अन्तरालमा दुई महिलाको रहस्यमय मृत्यु भएपछि त्यहाँ सञ्चालित केही होटल तथा गेष्टहाउसको गतिविधिमाथि गम्भीर प्रश...
श्रावण ३ गते, २०८३ - १९:५४
काठमाडौं । अविरल वर्षापछि काठमाडौं उपत्यकाका विभिन्न सडक जलमग्न भएका छन्। सडकमा पानी जम्दा सवारी आवागमन प्रभावित हुनुका साथै दुर्घटनाको जोखिमसमेत बढेक...
श्रावण ३ गते, २०८३ - १९:२१
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण थालिएको ‘हिमालयन ग्रेट ट्रेल’ अन्तर्गत हालसम्म सात किल...
श्रावण ३ गते, २०८३ - १९:१८
पोखरा । निरन्तरको वर्षापछि खसेको पहिरोले पोखराको सेती नदी आंशिक रूपमा थुनिएको छ। पोखरा महानगरपालिका–१५ र १७ को सीमामा पर्ने रातोपैह्रो क्षेत्रमा नदीले...
श्रावण ३ गते, २०८३ - १९:१७
चितवन । अविरल वर्षासँगै पहिरोको जोखिम बढेपछि स्थानीय प्रशासनले आज राति १० बजेदेखि नारायणगढ–मुग्लिन सडकखण्ड तथा चितवनतर्फ पर्ने पृथ्वी राजमार्गमा सवारी...
श्रावण ३ गते, २०८३ - १९:१३
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सामाजिक सञ्जालमा दिएको आक्रोशपूर्ण अभिव्यक्तिको जेनजी अभियन्ता...
श्रावण ३ गते, २०८३ - १९:०९
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा बढ्दो दुर्घटना र सवारीजाम नियन्त्रण गर्न चितवन प्रशासनले ओभरटेक गर्ने प्रवृत्तिविरुद्ध कडाइ गर्ने भएको छ। वर्षायामम...
श्रावण ३ गते, २०८३ - १९:०३
काठमाडौं । अविरल वर्षापछि काठमाडौंको माइतीघर क्षेत्र आइतबार जलमग्न भएको छ। सडकमा पानी जम्दा सवारीसाधनको आवागमन प्रभावित हुनुका साथै पैदलयात्रीले पनि न...
श्रावण ३ गते, २०८३ - १९:०२
काठमाडौं । नेपाली कांग्रेसभित्र बढ्दो आन्तरिक विवादका बीच संस्थापन इतर समूहले पार्टी एकताका लागि आफूहरूले अघि सारेका पाँच बुँदे प्रस्ताव सार्वजनिक गरे...



प्रतिकृया लेख्नुहोस्: