काठमाडौं । सरकारले आज काठमाडौंको तीनकुने क्षेत्रमा भएको निजी सम्पत्ति तोडफोड र सर्वसाधारणको घरमा आगजनी जस्ता अपराधिक घटनामा पूर्व राजा ज्ञानेन्द्र शाहलाई जिम्मेवार ठहर गरेको छ ।
तोडफोड र आगजनीको प्रारम्भिक जानकारीपछि उच्च सरकारी अधिकारीहरुले राजनीतिक तहमा तत्काल ब्रिफिङ गरेका छन् । सरकारले आगजनी,तोडफोड र निजी तथा सरकारी सम्पत्ति नोक्सानीको जिम्मेवार पूर्व राजालाई बनाउने भएको छ ।
घटनाबारे जानकारी लिएका एक मन्त्रीले भने–आन्दोलन गर्न आऊ भनेर उक्साउने र हिजोमात्र निर्मल निवासमा नवराज सुवेदी तथा दुर्गा प्रसाईलाई बोलाएर निर्देशन दिने ज्ञानेन्द्र शाह नै हुन् भन्ने दुनियालाई थाहा छ । आज व्यक्तिगत सम्पत्तिको आगजनी, लुटपाट, प्रहरी सुरक्षाकर्मीमाथिको आक्रमण तथा हतियार खोस्नेजस्तो जघन्य अपराधका घटनाको जिम्मेवार ज्ञानेन्द्र शाह हुन् ।
सरकारले सम्भवतः राजनीतिक दलहरुसँग समेत छलफल गरेर उनलाई कानूनी कारवाहीको दायरमा उभ्याउनेछ । उनका मतियारहरु दुर्गा प्रसाईदेखि जो जो छन् उनीहरु सबैलाई कानूनी दायरमा ल्याउन सरकारमाथि नागरिक दबाब बढेको छ,केही निर्णय तत्कालै होला ।
प्रहरीले तीनकुने बानेश्वर क्षेत्रमा भएका आगजनी, लुटपाट, तोडफोड र प्रहरीमाथि भएका आक्रमणका सबै भिडिओहरु संकलन गरिरहेको छ । सीसीटिभी फुटेजहरु समेत संकलन गरेर आजको घटनामा संलग्न सबै व्यक्तिको पहिचान गरिने प्रहरीले जनाएको छ ।
राजावादी प्रदर्शनकारीले सो क्षेत्रका निजी तथा सरकारी कार्यालयमा आक्रमण गरेको र अन्नपूर्ण पोष्ट दैनिक पत्रिकाको कार्यालयमा समेत ढुंगा हानेको प्रहरीले जनाएको छ ।
दुर्गा प्रसाई र उनको जमातले तीनकुने क्षेत्रमा अराजकता मच्चाएको प्रारम्भिक रिपोर्ट छ । राजावादी भनेर चिनिएका राप्रपाका अधिकांश शीर्ष नेता आजको प्रदर्शनमा देखिएनन् । उनीहरुले अघिल्लै दिन अराजकताको संकेत पाएकाले नगएको दावी राप्रपाका एक नेताले गरे । प्रसाईले अराजकता मच्चाएर गोली हान्ने अवस्था ल्याउने र त्यसपछि कांग्रेस, एमाले र माओवादीका नेताहरुको घर घरमा जाने चेतावनी दिएपछि राप्रपा नेताहरु हच्किएका हुन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - १०:१८
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा केही चर्चित युवा नेताहरू केन्द्रीय सदस्यको सूचीमा स्थान बनाउन लागेका छन्। प्रतिनिधि मनोनयन पश्चात् यी नयाँ अ...
मंसिर ३० गते, २०८२ - १०:१०
मकवानपुर । मकवानपुरको मनहरी–६ सिस्नेरी पाखामा सिकार खेल्न गएका दुईजनामध्ये एक जनाको लडाइँबाट अन्यको मृत्यु भएको छ। राक्सिराङ–८ राजराङका ४५ वर्षीय ग...
मंसिर ३० गते, २०८२ - १०:०६
महासचिवमा प्रदीप ज्ञवालीको अडान, ओली–पोखरेल भिडन्त जारी
मंसिर ३० गते, २०८२ - १०:००
ईश्वर पोखरेल अध्यक्ष, महासचिवमा सुरेन्द्र पाण्डे तय
मंसिर ३० गते, २०८२ - ०९:४५
सिन्धुपाल्चोक । बाह्रबिसे–कोदारी राजमार्गअन्तर्गत पर्ने इको पहिरो दुई महिनाभित्र दीर्घकालीन रूपमा नियन्त्रण गरी बस्ती संरक्षणको काम थाल्ने सहमति भएपछि...
मंसिर ३० गते, २०८२ - ०९:३०
भोजपुर । भोजपुरका किसानका लागि सुन्तला खेती भरपर्दो आम्दानीको आधार बन्दै गएको छ। व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका किसानले बजार विस्तार र रा...
मंसिर ३० गते, २०८२ - ०९:१०
भत्किएका संरचना, स्क्र्याब र फुटपाथ अतिक्रमणले दुर्घटनाको जोखिम बढ्दो
मंसिर ३० गते, २०८२ - ०९:०५
खाेटाङ । राजनीति गर्दैमा अरू कुनै पेसा गर्न नहुने भन्ने मान्यता छैन। बरु राजनीतिलाई मात्रै पेसा बनाउँदा देशमा भ्रष्टाचार बढेको आरोप लाग्दै आएको छ। यही...
मंसिर ३० गते, २०८२ - ०८:४०
काठमाडौँ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेसँगै देशभर चुनावी माहोल तातेको छ। नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा लगायत दल...
मंसिर ३० गते, २०८२ - ०८:२५
काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन्। भ्रेपलाञ्चोकको रोशी गाउँपाल...




प्रतिकृया लेख्नुहोस्: