काठमाडौं । राजावादी समूहको आन्दोलनकारीहरुले कोटेश्वरको प्रहरी प्रभागमा आगजनी प्रयास भएको छ ।
दुर्गा प्रसाईंको उग्र समर्थकहरुले प्रहरी प्रभाग कोटेश्वरमा आगजनीको प्रयास गरेका थिए । प्रहरी प्रभाग कोटेश्वरमा आगजनी गर्न गएका प्रदर्शनकारी जडिबुटीतिर भागेका छन् ।
अहिले कोटेश्वर प्रहरी प्रभाग सुरक्षित रहेको प्रहरीले जनाएको छ । आगजनीको प्रतिकार गर्दै प्रहरीले बल प्रयोग गर्न लागेपछि प्रदर्शनकारी तितरबितर भएका हुन् ।
अहिले प्रदर्शनकारीहरुल विभिन्न ठाउँमा आगजनी र ढुंगामुढा गरिरहेका छन् ।
प्रतिकृया लेख्नुहोस्: