Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८२ बिहीबार | 24th April, 2025 Thu
Investment bank

ग्लोबल आइएमई बैंक र आईएफसीबिच डिजिटल ट्रान्सफरमेशन तथा एम्बेडेड फाइनान्स एडभाइजरी साझेदारी

खबरडबली संवाददाता

काठमाडौं ।   ग्लोबल आइएमई बैंक लिमिटेड र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)बिच डिजिटल वित्तीय सेवा तथा एम्बेडेड फाइनान्स मोडलहरु अगाडि बढाउन एड्भाइजरी सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

सम्झौतामा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र आईएफसीको तर्फबाट एफआईजी, एशिया र प्यासिफिक रिजनल इन्ड्रष्टी डाइरेक्टर एलेन फोर्लेमुले हस्ताक्षर गरेका छन् ।

यस सम्झौताअनुसार, विश्व बैंक समुहअन्तर्गत रहेको आईएफसीले ग्लोबल आइएमई बैंकको डिजिटल रुपान्तरण तथा डाटा म्याचुरिटि मूल्यांकन गर्ने, सुधार गर्न आवश्यक रहेका क्षेत्रहरु पहिचान गर्ने र बैंकको डिजिटल बैंकिङ क्षमता अभिवृद्धि गर्नका लागि रणनीतिक सुझाव प्रदान गर्नेछ ।

साथै, आईएफसीले एम्बेडेड फाइनान्स मोडेलहरु प्रवद्र्धन गर्न फिनटेकको सम्भाव्यता अध्ययन गरी ग्लोबल आइएमई बैंकलाई सल्लाह प्रदान गर्नेछ ।

यस समझदारीपश्चात् बैंकमा उपलब्ध विभिन्न सेवा तथा सुविधाहरुलाई रुपान्तरण गरी नवीन र प्रविधीमैत्री सेवाहरु विकास गर्न सहज हुने विश्वास बैंकले लिएको छ ।

ग्लोबल आइएमई बैंकले आफ्नो ग्राहकहरुलाई अन्तर्राष्ट्रिय स्तरको डिजिटल बैंकिग सेवा प्रदान गर्न प्रतिबद्ध रहेको जानकारी दिदै यस सम्झौताले बैंकको डिजिटल बैंकिङको प्रवद्र्धनमा सहयोग पुग्नुका साथै फिनटेकमा नयाँनयाँ विकास र प्रयोग गर्न सहयोग पुग्ने बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले बताए ।
उनले डिजिटल बैंकिङ र फिनटेक साझेदारीमा आईएफसीले विश्वभरीबाट आर्जन गरेको ज्ञान र अनुभवले नेपालको बैंकिङ क्षेत्रलाई नयाँ उचाइमा पु¥याउने विश्वास व्यक्त गरे ।

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक होे । साथै, ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ ।

ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५५ शाखा कार्यालय, ३८५ एटिएम, २३७ शाखा रहित बैंकिङ्ग सेवा, ६७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।

विश्व बैंक समूहको सदस्य संस्था आईएफसीले विकासशील देशहरुमा निजी क्षेत्रको प्रवद्र्धन र विकास, आर्थिक वृद्धि र गरिबी न्यूनीकरणमा काम गर्छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नवलपरासी काठमाडौँ सम्पर्क समन्वय समितिको अध्यक्षमा विश्वकर्मा

काठमाडौं। नेकपा (माओवादी केन्द्र) नवलपरासी काठमाडौँ सम्पर्क समन्वय समितिको अध्यक्षमा अर्जुन विश्वकर्मा चयन भएका छन् ।  सम्पर्क समन्वय समितिको दोस्रो अ...

ओलीको निशानामा कान्छारामः राज्यमन्त्री पद खुस्कियो

काठमाडौं । उर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) पदमुक्त भएका छन् ।  बुधबार राज्यमन्त्री तामाङलाई प्रधानमन्त्री ओलीले ब...

‘गलत समाचार लख्ने’ प्रधान सम्पादकलाई बयानमा बोलाउन सर्वोच्चको आदेश

काठमाडौ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको सम्बन्धमा गलत समाचार लेखेको भन्दै दायर भएको अदालतको अवहेलना मुद्दामा प्रधान सम्पादकलाई बयानका लागि बोल...

कक्षा १२ को नयाँ रुटिन सार्वजनिक, कुन विषय कुन दिन ? (तालिका सहित)

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले नयाँ मिति अनुसार कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ । शिक्षक आन्दोलनका कारण बोर्डले हिजोमात्र वैशाख ...

एक हप्ताभित्र जुत्ता, चप्पल र औषधिमा एमआरपी राख्न सरकारको निर्देशन

काठमाडौं । सरकारले जुत्ता, चप्पल र औषधिमा एक साताभित्र अनिवार्य अधिकतम खुद्रा मूल्य (एमआरपी) राख्न निर्देशन दिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता...

तीनकुनेमा बन्दुक खोस्ने युवक भन्छन्ः भिडमा कसले लग्यो पत्तै भएन

काठमाडौं । तीनकुने क्षेत्रमा भएको राजावादी प्रदर्शनका क्रममा खोसिएको बन्दुक अझै फेला पर्न सकेको छैन । बन्दुक खोस्ने युवकलाई पहिचान गरेर पक्राउ गरिए पन...

सरकार पूर्ण रूपमा फेल भइसक्योः माओवादी केन्द्र

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले सरकार सम्पूर्ण रूपमा फेल भएको आरोप लगाएको छ । बुधबार पार्टी कार्यालय पेरिस डाँडामा आयोजित पत...

काठमाडौं महानगरमा चैतसम्ममा ७ अर्व २१ करोड राजस्व संकलन

काठमाडौं । काठमाडौं महानगरपालिकाले २०८२ बैशाख ७ गतेसम्ममा ७ अर्व २१ करोड ६२ लाख ८४ हजार २८ रुपैयाँ राजस्व संकलन गरेको छ ।  यस दिनसम्म गएको आर्थिक व...

झण्डै २ वर्षदेखि तलब नपाएपछि खाँडाचक्र नगरपालिकामा कर्मचारीले लगाए ताला

कालीकोट । लामो समयदेखि तलब नपाएपछि कालीकोटको खाँडाचक्र नगरपालिकाका १२१ जना करारका कर्मचारीले मूलगेटमा ताला लगाएका छन् । झण्डै २ वर्षदेखि तलब नपाएपछि उ...

कामको प्रकृति अनुसार श्रमिकको न्युनतम ज्याला तोक्नु पर्छ: श्रम मन्त्री

काठमाडौं । निजामती विधेयकमा मिल्न बाँकी रहेका विषयमा शीर्ष नेतृत्वबीच छलफल गरेर टुंगो लगाइने भएको छ । बुधबारबाट यो विधेयकमाथिको छलफल सकिएको छ । आज बसे...

अरु धेरै
raksirang palika
ribdikot palika
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

chisankhugadi palika tripura sundari palika thakre palika temal palika sunapati palika shivapuri palika shailung palika roshi palika marin palika manhari palika mahabharat lishankhu palika lakhan palika khotehang palika khaniyabas palika khanikhola palika kakani palika Kailash palika jugal palika jantedhunga palika ghyangkhola palika gandaki palika NIBL RIGHT SIDE Salt Trending