Khabar Dabali ३ श्रावण २०८३ आईतवार | 19th July, 2026 Sun
Investment bank

प्रधानमन्त्री ओलीका पूर्वआर्थिक सल्लाहकार दुगडको नुन किलोकै पाँच सय पुर्‍याउने प्रपञ्च

खबरडबली संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीनिकट व्यवसायी मोतीलाल दुगडले आगामी आर्थिक वर्षको बजेटमार्फत नुनको व्यापार आफूले पनि लिने प्रयास थालेका छन् । लामो समयदेखि मसलाको व्यवसाय गर्दै आएका दुगडले नुन पनि मसलाभित्रै पर्ने दाबी गर्दै महँगो मूल्यमा बेच्ने गरी यो प्रयास थालेका हुन् । 

प्रधानमन्त्री ओलीले दुगदलाई यसअघि आफू प्रधानमन्त्री हुँदा आर्थिक सल्लाहकार मात्रै बनाएका थिएनन्, त्यसअघि २०७६ साल मंसिर ८ देखि २०७७ साल पुस १० गतेसम्म उद्योग राज्यमन्त्री नै बनाएका थिए । आर्थिक सल्लाहकार बनेको समयमा प्रधानमन्त्री ओलीले उनलाई राज्यमन्त्री सरहको सुविधा दिएका थिए । 

तिनै दुगड अहिले नुनको व्यापारमा निजी क्षेत्रलाई पनि समावेश गराउन भन्दै शक्तिकेन्द्र धाइरहेका छन् ।  त्यसो त दुगडले यसअघि उपभोक्ताको ढाड नै सेक्ने गरी नुन प्रतिकिलो ३५० रुपैयाँ पुर्‍याउन आफ्नो सम्पूर्ण शक्ति प्रयोग गरेका थिए । तर सफल हुन सकेका थिएनन् । यो पटक भने उनी नयाँ आर्थिक वर्षको बजेटमार्फत नै यो विषयलाई सम्बोधन गराउन लागिपरेका हुन् । 

त्यसो त दुगडले यसअघि २०७७ सालमा पनि राज्यका निकायहरूबाट अनुमति नै नलिई नुनको व्यापार थालेका थिए । त्यसबेला प्रतिकिलो २० रुपैयाँमा पाइने नुन उनले साल्ट ट्रेडिङबाट किनेर प्रतिकिलो ३५० रुपैयाँका दरले बिक्री गरेका थिए । त्यसबेला उनी आफै उद्योग राज्यमन्त्री थिए । त्यसबेला उनले टेबल साल्ट ब्रान्डमा बट्टामा १०० ग्राम नुन राखेर सोको उपभोक्ता मूल्य ३५ रुपैयाँमा बिक्री गरेका थिए । यो हिसाबमा उनले नुनको मूल्य प्रतिकेजी ३५० रुपैयाँ पुर्‍याएका थिए । 

आर्थिक वर्षको बजेटमार्फत उनले नुनको व्यापार लिन सके अहिले प्रतिकिलोकै पाँच सय रुपैयाँभन्दा बढी पर्ने छ । किनकि त्यसबेला काठमाडौं उपत्यकामा २० रुपैयाँमा पाइने नुन अहिले प्रतिप्याकेट २६ रुपैयाँ छ ।

त्यसो त व्यवसायी दुगडलाई फाइदा पुग्ने गरी सरकारले आर्थिक वर्ष २०७८र७९ को बजेटमा नुन आयात सम्बन्धी व्यवस्था गरेको थियो । सो बजेटमा निजी क्षेत्रलाई पनि नुन उत्पादन तथा विक्री वितरण गर्न दिने भनिएको थियो । ‘आयोडिनयुक्त नुन आपूर्तिलाई सर्वसुलभ, गुणस्तरीय एवम् न्यून मूल्यमा उपलब्ध गराउन निजी क्षेत्रको सहभागितामा नुन उत्पादन तथा वितरण प्रतिस्पर्धी बनाइनेछ,’ बजेटको बुँदा नम्बर २११ मा उल्लेख थियो । 

बजेटको यही व्यवस्थामा टेकेर दुगडले नुनको व्यापार थालेका थिए । तर त्यसबेला अन्य व्यवसायीले नुन व्यापार गरेका थिएनन् । आयोडिनयुक्त नुन अहिले सरकारको पनि लगानी रहेको साल्ट ट्रेडिङ कर्पोरेसनले मात्रै देशभर विक्री वितरण गर्दै आएको छ ।

दुगडले त्यसबेला कानुनविरीत नुनको व्यापार थालेपछि उपभोक्ता हित संरक्षण मञ्चले तत्कालीन प्रधानमन्त्री ओलीलाई पत्र लेख्दै नुनमा कालोबजारी भएको जानकारी गराएको थियो । यस्तै, मञ्चले सो विषय अदालतमा पनि लगेको थियो । अदालतको फैसलापछि उनले नुनको बिक्री वितरणबाट हात झिकेका थिए ।

अहिले सरकारले तोकेका दुर्गम क्षेत्रमा प्रतिकेजी ९ रुपैयाँमा आयोडिनयुक्त नुन उपलब्ध छ । सरकारले दुर्गम क्षेत्रमा आयोडिनयुक्त नुनको ढुवानीको लागि अनुदान दिँदै आएको छ भने साल्ट ट्रेडिङले मूल्यमा अनुदान दिँदै आएको छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राइड सेयरिङमा सरकारको नयाँ कर: १०० रुपैयाँको यात्रामा अब ६ रुपैयाँ राज्यलाई

काठमाडौं । राइड सेयरिङ सेवा प्रयोग गर्ने चालक (राइडर/क्याप्टेन) माथि सरकारले नयाँ कर व्यवस्था लागू गरेको छ। शुक्रबारदेखि लागू भएको व्यवस्थाअनुसार १०० ...

गाउँ रित्तिन थालेपछि नयाँ नीति: धेरै सन्तान जन्माउने परिवारलाई ५ हजारदेखि २० हजारसम्म प्रोत्साहन

तेह्रथुम । बढ्दो बसाइँसराइ, घट्दो जन्मदर र रित्तिँदै गएका पहाडी गाउँहरूलाई पुनर्जीवित गर्ने उद्देश्यसहित तेह्रथुमको छथर गाउँपालिकाले नयाँ सामाजिक सुरक...

कवितामार्फत सरकारलाई खबरदारी: हुलाकी सडक र कमला पुल बनाउन सिरहामा बहुभाषिक कवि सम्मेलन

सिरहा । तराई–मधेसको ‘लाइफ लाइन’ मानिने हुलाकी सडक र कमला नदीमाथिको पुल निर्माणमा भइरहेको ढिलाइप्रति सरकारको ध्यानाकर्षण गराउन सिरहामा शनिबार राष्ट्रिय...

बाटोमै खसेको पहिरोमा पुरिएर रोल्पामा एक जनाको मृत्यु

रोल्पा । रोल्पामा बाटोमा हिँडिरहेका बेला माथिबाट खसेको पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ। जिल्लाको परिवर्तन गाउँपालिका–४ पाछावाङस्थित सल्लाबोट ...

सेती नदी थुनिँदा बढ्यो ठूलो जोखिम, ४० मिटर माथिबाट बग्न थाल्यो पानी

पोखराबाट दमौलीसम्म सतर्कता आवश्यक

भारी वर्षाको जोखिमपछि हेटौंडाबाट काठमाडौं जाने रात्रीकालीन सवारी रोकियो

हेटौंडा । अविरल वर्षा र सम्भावित बाढी–पहिरोको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौंडाबाट काठमाडौंतर्फ सञ्चालन हुने रात्रीकालीन सवारी स...

नेपाल बाल संगठनबाट २० बालबालिकाको उद्धार, दयनीय अवस्था भेटिएपछि मन्त्रालयको हस्तक्षेप

काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाल बाल संगठनबाट २० जना बालबालिकाको उद्धार गरेको छ। बालगृ...

‘दुईतिहाइको सरकार पूर्णतः असफल’ : आर्थिक संकट गहिरिँदै गएको आजपाको आरोप

काठमाडौं । आम जनता पार्टी (आजपा)ले वर्तमान दुईतिहाइ बहुमतको सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको निष्कर्ष निकाल्दै आर्थिक अवस्था झन् जटिल बन्दै गएक...

राजाको दरबार चम्किँदै, राजाको गाउँ भने अझै विकासबाट टाढा

दाङ । ‘राजाको गाउँ’ भन्नेबित्तिकै व्यवस्थित सडक, सहज खानेपानी, विद्युत् र पर्यटकीय पूर्वाधारले भरिपूर्ण बस्तीको चित्र मनमा आउँछ। तर दाङको तुलसीपुर उपम...

कांग्रेसमा एकताको ढोका बन्द, देउवा समूह नयाँ राजनीतिक बाटोतर्फ, राष्ट्रिय भेला बोलाउने तयारी

काठमाडौं । नेपाली कांग्रेसभित्र लामो समयदेखि जारी आन्तरिक शक्ति संघर्ष अब निर्णायक मोडमा पुगेको देखिएको छ। पूर्वसभापति शेरबहादुर देउवा पक्षले सभापति ग...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending