Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

प्रेस सेन्टरको अध्यक्ष दाबी गर्नेको लर्को, सहमति नभए त्रिपक्षीय भिडन्त पक्का

खबरडबली संवाददाता

काठमाडौं। नेकपा (माओवादी केन्द्र) निकट पत्रकारहरूको संगठन प्रेस सेन्टर, नेपालको चैत १६ र १७ गते काठमाडौंमा हुने महाधिवेशनको सरगर्मी ह्वात्तै बढेको छ । महाधिवेशनको समय नजिीकीदै गर्दा भावी अध्यक्ष को बन्ने भन्ने विषय पनि निकै चर्चामा रहेको छ ।

अधिवेशन पछि बन्ने अध्यक्षका लागि हालसम्म ९ जनाले आकाङ्क्षा देखाएका छन् । नेतृत्वमा वर्तमान अध्यक्ष विष्णु सापकोटा जुगलले फेरि दोहोरिने चाहना देखाएपनि एकदर्जनको हाराहारीमा सेन्टरका नेताहरुले आकाङक्षा देखाएका हुन्  । 

यस्तै वरिष्ठ उपाध्यक्ष कमल गिरी, उपाध्यक्ष निर्मल ज्ञवाली, दीपेन्द्र रावल, लक्ष्मण खड्का र सुरेश यादव, महासचिव सन्तोष पौडेल तथा नेताहरु मनोज घर्ती मगर र बबिन शर्माले पनि आकाङ्क्षा देखाएका छन् । 

जुगल, पौडेल र ज्ञवाली प्रचण्ड निकट मानिन्छन् भने गिरी नारायणकाजी निकट, रावल जनार्दन निकट रहेका छन्  भने शर्मा र घर्ती मगर वर्षमान निकटका पत्रकार हुन्  । 

यी आकांक्षीमध्येबाट सहमति जुटाउन प्रयास भएपनि हालसम्म कुनै निचोड निस्कन नसकेको बताइएको छ । अन्तिम समयसम्म सहमति हुन नसके चुनाव नै गर्नुपर्ने अवस्था आउन सक्ने सम्बद्ध नेताहरू बताउँछन् । 

यसअघि माओवादी निकट विद्यार्थी संगठन अनेरास्ववियु(क्रान्तिकारी) मा पनि नेतृत्व चयनका लागि निर्वाचन भएको थियो । 

चुनावी माहोलकै बिच सहमतिबाट नै नेतृत्व छनोटको प्रयासस्वरुप बिहीबार खुमलटारमा पार्टी अध्यक्ष प्रचण्ड र सेन्टरका पदाधिकारीबिच छलफल भएको छ । तर, उक्त छलफलमा नेतृत्वबारे सहमति नभएको छलफलमा सहभागी एक नेताले बताए ।

अध्यक्ष सापकोटाले भने आजको छलफलमा अध्यक्षका दाबेदार सबैले आ–आफ्ना धारणा राखेको र सहमतिको प्रयास जारी रहेको जिकिर गरे । अध्यक्ष प्रचण्डले सकभर सहमतिमै नभए मतदान प्रक्रियाबाट अगाडि बढेमा पार्टीले हस्तक्षेप नगर्ने बताएको उनले जानकारी दिए ।

बिहीबार खुमलटारमा भएको छलफलमा ११ जना पदाधिकारी सहभागी भएको बताइएको छ ।  खुमलटारमा भएको छलफलमा अध्यक्षका दाबेदार सबैले आ–आफ्नै दाबी गरेकाले कुनै सहमति नभएको सहभागी अर्का एक नेताले जानकारी दिए । ती नेताका अनुसार प्रचण्डले ‘थ्री इन वान’ मोडेलमा जान आग्रह गरेको बुझिएको छ ।

‘छलफलमा आकांक्षी सबैले आ–आफ्नै दाबी गरे । सहमति भएन । अध्यक्ष प्रचण्डले थ्री इन वान (संस्थापन, बिच र युवा) लाई समेट्ने मोडेलमा जानोस् भन्नुभयो । संस्थापन मात्र समेट्ने मात्र होइन, बिचको मात्रै पनि होइन । युवा मात्रलाई समेट्ने मात्र पनि होइन सबैलाई सबै जेनेरेसलाई समेट्ने गरी नेतृत्व छनोट गर्नोस्’, प्रचण्डको भनाइ उदृद्ध गर्दै ती नेताले भने ।

यसकै नेतृत्वमा जाऊ नभनेपनि सहमतिमै नेतृत्व छनोट गर्नेगरी अगाडि बढ्न प्रचण्डले आग्रह गरेको ती नेताको भनाइ छ । 

पार्टीको तर्फबाट थप प्रस्ट पार्दै प्रचण्डले भने, ‘वरिष्ठ उपाध्यक्षलाई बनाए पनि हुन्छ । उपाध्यक्षहरू मिलेर महासचिवलाई बनाएर गए पनि हुन्छ । पदाधिकारीभन्दा बाहिरबाट कुनै फ्रेस युवालाई ल्याए पनि हुन्छ । यसैलाई बनाऊ भन्न मिल्दैन सहमतिमै नेतृत्व छनोट गर्नोस् । औपचारिक रूपमा कसैले भनेको छैन । अनौपचारिक रूपमा भनियो होला । एआईको प्रविधिसम्म नेतृत्व गर्न सक्ने सक्षम नेतृत्व छान्नोस् । जसलाई बनाए पनि पार्टीको सहयोग रहन्छ ।  

आजको छलफलमा अध्यक्ष सापकोटाले कुनै धारणा राखेका थिएनन् । रावलले आफू युद्ध पत्रकार भएको, लामो समय मिडियामा काम गरेको र एआईबारे राम्रो जानकार रहेकाले नेतृत्वका लागि सक्षम भएको बताएका थिए ।

उपाध्यक्ष गिरीले संगठन हाँक्न सक्ने क्षमता र अनुभव आफूमा रहेकाले अध्यक्षका लागि योग्य भएको दाबी गरेका थिए । सकेसम्म सहमतिबाट नै नेतृत्व छनोट गर्नुपर्नेमा जोड दिएका थिए ।

अध्यक्षका अर्का दाबेदार निर्मल ज्ञवाली र महासचिव सन्तोष पौडेलले सहमतिबाट जुगल नै अध्यक्ष भएमा आफूलाई आपत्ति नहुने धारणा राखेको अर्का एक सहभागीले बताए ।

यसअघि चैत १२ गते प्रचार विभाग प्रमुख अग्निप्रसाद सापकोटाले सर्वसम्मत नेतृत्व चयनका लागि केन्द्रीय कार्यालय पेरिसडाँडामा छलफल गरेका थिए । 

सहमति नभए त्रिपक्षीय भिडन्त
सहमतिको प्रयास असफल भएमा अन्तिममा चुनावी मैदानमा त्रिपक्षीय भिडन्त हुने सम्भावना बलियो बन्दै अर्का एक नेताले बताएका छन् । ती नेताका अनुसार संस्थापन पक्षबाट सर्वसम्मत भएमा जुगल नभएमा ज्ञवाली र पौडेलमध्ये एक दाबेदार रहनेछन् । उपमहासचिव शर्मा निकटको तर्फबाट रावल बलिया दाबेदार हुन् । पार्टी वरिष्ठ उपाध्यक्ष श्रेष्ठको तर्फबाट गिरि बलिया दाबेदार हुन् । चुनावी प्रतिस्पर्धामा जाँदा जुगल प्रतिस्पर्धाको रिङबाट बाहिरिन सक्ने ती नेताले जिकिर गरे । 

‘सहमति हुने सम्भावना एकदमै न्यून छ । निर्वाचन प्रक्रियामा जाने ९९ प्रतिशत सम्भावना देखिन्छ । यदि सहमति भएन भने जुगलजीलाई चुनावी प्रतिस्पर्धामा जानुहुन्छ जस्तो मलाई लाग्दैन । यस्तो अवस्थामा संस्थापन पक्षबाट निर्मल र सन्तोषमध्ये एक जना आउने सम्भावना देखिन्छ । ‘नारायणकाजी निकटबाट कमलजी र जनार्दन निकटबाट दीपेन्द्रजीको बलियो सम्भावना देखिन्छ । अर्का उपमहासचिव वर्षमानको तर्फबाट मनोजजी र बबिनजीले पनि आकाङ्क्षा देखाउनु भएको छ । तर प्रतिस्पर्धा त्रिपक्षीय हुने सम्भावना बलियो छ’, ती नेताले भने ।

गिरिमाथि जनयुद्ध लडेको लाइसेन्स नभएको नेताका रूपमा संगठनभित्रै आलोचना हुने गरेको छ । यद्यपि उनले आफूले जनयुद्ध प्रत्यक्ष नलडेपनि सोपानअनुसार आफूलाई अध्यक्ष पदको प्रमुख दाबेदारको रूपमा दाबी गर्दै आएका छन् ।

संस्थापन पक्षबाट जुगल अगाडि नसरे महासचिव पौडेलको सम्भावना बलियो रहेको ती नेताको जिकिर छ  । निर्मल संगठनमा क्रियाशील नभएकाले पौडेललाई प्रचण्डले अगाडि सार्न सक्ने सम्भावना देखिन्छ ।

यता महासचिवमा पार्टी उपमहासचिव जनार्दन निकट दीपेन्द्र रावल बलियो दाबेदार रहेको बुझिएको छ ।रावलले सबैपक्षलाई रिझाएकाले सर्वसम्मत उम्मेदवार बन्न सक्ने बुझिएको छ । यसैगरी सुनिल शर्मा पनि महासचिवको दाबेदार हुन् । 

नेतृत्वमा प्रेस सेन्टरको निर्वाचनमा संस्थापकहरू चाहना के रहन्छ भन्नेले पनि प्रभाव पार्ने अर्का एक नेताले बताए । संस्थापक ओम शर्मा, महेश्वर दाहाल, खिलबहादुर भण्डारी, गोविन्द आचार्य लगायत अहिलेसम्म कतै खुलेका छैनन् ।

एक सय १९ सदस्यीय केन्द्रीय समितिमा ९९ जना प्रतिनिधिबाट चुनिने व्यवस्था विधानमा छ । २० प्रतिशत अध्यक्षको प्रस्तावमा केन्द्रीय समितिले मनोनयन गर्नेछ । २९ सदस्यीय पदाधिकारीमा अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष खुला ३, महिला १, समावेशी १, महासचिव १, उपमहासचिव खुला १, महिला १, दलित १, मधेसी १, आदिवासीरजनजाति १, सचिव खुला २, महिला १, समावेशी १, प्रत्येक प्रदेशबाट १÷१ जना, कोषाध्यक्ष १ रहने विधानमा उल्लेख छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले निकट राष्ट्रिय युवा संघका ललितपुर जिल्ला अध्यक्ष पक्राउ

सडकपेटीमा हिँडिरहेका वृद्धमाथि अभद्र व्यवहारकाे आराेप

भकुण्डे–नेपालथोक खण्डमा बिपी राजमार्ग अनिश्चितकालीन बन्द

काभ्रेपलाञ्चोक । भारी वर्षा र रोशी खोलामा पानीको बहाव बढेको कारण बिपी राजमार्गको भकुण्डे–नेपालथोक खण्ड आज साँझदेखि अनिश्चितकालीन रूपमा बन्द गरिएको छ। ...

मलेसियाका पूर्वप्रधानमन्त्री रजाकलाई सरकारी कम्पनीलाई १.३ अर्ब डलर तिर्न अदालतको आदेश

काठमाडौं । मलेसियाको उच्च अदालतले पूर्वप्रधानमन्त्री नजिब रजाक लाई सरकारी कोष दुरुपयोग र पददुरुपयोग गरेको ठहर गर्दै एसआरसी इन्टरनेसनललाई १ अर्ब ३० करो...

इनिसा विक हत्या प्रकरण: चारै जना नाबालकलाई पुर्पक्षका लागि बाल सुधार गृह पठाउन आदेश

सुर्खेत । बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका चारै जना नाबालकलाई पुर्पक्षका लागि बाल सुधार गृहमा पठाउन मंगलबार सुर्खेत जिल्ला अदालतले आदेश दिएको छ। ...

सरुवा भएको ठाउँमा नजाने कर्मचारीलाई सामान्य प्रशासन मन्त्रीको चेतावनी: “मार्ग प्रशस्त गर्नु, अर्को कर्मचारी आउँछ”

  काठमाडौँ । सामान्य प्रशासन मन्त्रालयले सरुवा वा खटाइएको कार्यालयमा जान आनाकानी गर्ने कर्मचारीलाई चेतावनी दिएको छ। मन्त्रालयका अनुसार जुनसुकै चुनौ...

बागमती प्रदेशमा मन्त्रालय संख्या १३ बाट ७ मा बनाउनेे कांग्रेसको निर्णय

कर्मचारी कटौतीकाे प्रस्ताव

६ सहसचिवको सरुवा, प्रदीप परियार प्रधानमन्त्रीको निजी सचिव नियुक्त

काठमाडौं । सरकारले ६ जना सहसचिवको सरुवा गरेको छ। चैत १६ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गर्ने निर...

हिरासत चुनौती दिँदै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट, पूर्वमन्त्री खड्का र सांसद शर्मा न्यायिक प्रक्रियामा

काठमाडौं ।   सम्पत्ति शुद्धीकरण र बालिका हिंसाजस्ता गम्भीर अभियोगमा अनुसन्धानका क्रममा हिरासतमा रहेका पूर्वमन्त्री दीपक खड्का र लुम्बिनी प्रदेशसभा सदस...

सिँचाइ अभावले घट्दै चैते धान रोपाइँ

लमजुङ । लमजुङमा सिँचाइ सुविधाको अभावका कारण यस वर्ष चैते धान रोपाइँ क्षेत्रफल घट्ने संकेत देखिएको छ। जिल्लाका नहर तथा कुलो पुगेका सीमित खेतमा मात्रै र...

सांसद रेखाकुमारी शर्माको पक्राउविरुद्ध सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर

काठमाडाैं । लुम्बिनी प्रदेश सभा सांसद रेखाकुमारी शर्माको पक्राउविरुद्ध उनका श्रीमान चिन्तामणि शर्माले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending