विराटनगर । पटक पटक म्याद थप गरेर पनि समयमै निर्माण सम्पन्न नगर्ने दुई निर्माण व्यवसायीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय कोशी प्रदेशले अन्तिम चेतावनी दिएको छ ।
सुनसरीको धरान–५ देवी गाउँ सिरान लेदुवाको १५ मिटर लामो सडक पुल र सङ्खुवासभाको खाँदबारी मानेभन्ज्याङ–चन्दनपुर–हेलुवाबेसी जाने १४.४२ किलोमिटर सडक निर्माण नगर्ने निर्माण कम्पनीलाई मन्त्रालयका मन्त्री भूपेन्द्र राईले अन्तिम चेतावनी दिएका हुन् ।
मन्त्री राईसहित मन्त्रालयको टोलीले दुवै निर्माण कम्पनीलाई निर्धारित समयमा काम नसके ठेक्का तोडेर कालोसूचीमा राख्ने बताएका छन् । आयोजनास्थलमै सार्वजनिक सुनुवाइ गरेर काम समयमै सम्पन्न गर्ने सर्वपक्षीय निर्णय भएको राईले जानकारी दिए ।
पूर्वाधार विकास कार्यालय, मोरङको कार्यक्षेत्रमा पर्ने सुनसरीको धरान–५ देवीगाउँ सिरान लेदुवाको १५ मिटर लामो सडक पुल वर्ल्ड ट्रेड कन्स्ट्रक्सन कम्पनी प्रालि दमक झापाले १ वर्षमा सक्ने गरी २०७७ साउन ८ गते सम्झौता गरेको थियो । १ करोड २१ लाख ८५ हजार ८१३ रुपैयाँमा ठेक्का लागेको भए पनि उक्त पुल निर्माण समयमै नहुँदा दोस्रो पटक २०८० असार ३० गते एक वर्षको लागि म्याद थप भयो ।
तर, आउँदो असार अन्तिमसम्ममा निर्माण सम्पन्न नहुने देखेपछि मन्त्रीले ताकेता गरेका हुन् । उक्त पुल निर्माण समयमै सक्ने र जेठ अन्तिममा हस्तान्तरण गरिसक्ने निर्माण कम्पनीले प्रतिबद्धता जनाएको मन्त्री राईले जानकारी दिए ।
हालसम्म उक्त पुल निर्माणको लागि पूर्वाधार विकास कार्यालय मोरङले ८९ लाख ५० हजारभन्दा बढी रकम निर्माण कम्पनीलाई भुक्तानी गरिसकेको छ । पूर्वाधार विकास कार्यालय मोरङका प्रमुख सुशील श्रेष्ठले निर्माण व्यवसायीद्वारा पटक–पटक बिनाकारण निर्माण कार्य बन्द गर्नु र समयमै ठेक्का सम्पन्न गर्नेतर्फ कुनै चासो नदिनुलाई समस्या मानेको छ ।
निर्माण व्यवसायीद्वारा व्यवस्थापकीय बैठक तथा निर्माण कार्य समयमै सम्पन्न गर्ने सम्बन्धी प्रतिबद्धता अनुरूप कार्य नगरेको पनि उनले बताए । यस्तै ठेक्का अन्त्य किन नगर्ने भनेर कार्यालयले पत्राचार गर्दा समेत जवाफ नदिएको उनले बताए ।
उता सङ्खुवासभाको खाँदबारीस्थित मानेभन्ज्याङ्ग–चन्दनपुर–हेलुवाबेसी सडक पनि जीर्ण छ । प्रदेश सरकारसँग २०७७ कार्तिक ५ गते २ वर्षमा सक्ने गरी निर्माण व्यवसायी कम्पनीहरू याक्थुमहाङ–खाम्पाचे चाबहिलले जोइन्ट ठेक्का लिएका थिए । ४४ करोड ७ लाख २४ हजार रुपैयाँमा ठेक्का लागेको उक्त सडक समयमै सम्पन्न नहुँदा स्थानीयले सास्ती पाएका छन् ।
दोस्रो पटक म्यास थप गरेर २०८१ वैशाख ३० गतेसम्ममा सक्ने भनिएको भए पनि उक्त सडक निर्माण अझै सकिएको छैन । तर, हालसम्म २३ करोड ३१ लाख ८५ हजार रुपैयाँ भने भुक्तानी भइसकेको छ । हालसम्म पर्खाल तथा नाला र कल्भर्ट निर्माण भएको तथा सब–बेस ओछ्याउने, रोल गर्ने तथा कम्प्याक्शन गर्ने कार्य भइरहेको मन्त्रालयले जनाएको छ । मन्त्री राईसहितको टोलीले दुई दिन अगाडि त्यस स्थानमा पुगेर सार्वजनिक सुनुवाइ गरेको छ । त्यस क्रममा निर्माण व्यवसायी, स्थानीय र सरकारका प्रतिनिधिहरूबिच १ वर्षभित्र काम सकिसक्ने निर्णय गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...
पौष ८ गते, २०८२ - १०:४२
दोषीमाथि कडा कारबाहीको माग
पौष ८ गते, २०८२ - १०:३७
अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !
पौष ८ गते, २०८२ - १०:२५
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...
पौष ८ गते, २०८२ - १०:१६
सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...




प्रतिकृया लेख्नुहोस्: