Khabar Dabali ३ श्रावण २०८३ आईतवार | 19th July, 2026 Sun
Investment bank

घुस रकमसहित प्रहरीका सई पक्राउ

खबरडबली संवाददाता

बुटवल । घुस रकमसहित प्रहरी नायव निरीक्षक (सईर्) पक्राउ परेका छन् ।  भन्सार छलीको सामानमा सहजीकरण गरिदिने भन्दै घुस रकम लिएका प्रहरी चौकी दुर्घौली रूपन्देहीका प्रहरी नायव निरीक्षक (सई) घुस रकमसहित पक्राउ परेका हुन् । 

अख्तियार दुरूपयोग अनुसन्धान आयोग बुटवलकी सूचना अधिकारी गीता आचार्यका अनुसार सई खिमबहादुर खड्कालाई ३० हजार नगदसहित पक्राउ गरिएको हो । उनले भारतबाट अवैध घरायसी सामान ल्याउने क्रममा सहजीकरण गरिदिएबापत लिएको रकमसहित मायादेवी गाउँपालिका६ स्थित मकरी खाजा घरबाट बिहीबार पक्राउ गरिएको आचार्यले बताइन् । ‘विशेष सूचनाका आधारमा ३० हजार नगदसहित प्रहरी खड्कालाई रंगेहात पक्राउ गरेका छौं,’ उनले भनिन्, ‘थप अनुसन्धान जारी छ ।’

भन्सार छलेर सामान ल्याउन खोज्ने व्यापारी वा सामान्य नागरिक को हुन् भन्ने पनि अनुसन्धानकै क्रममै रहेको उनले बताइन् । सहजीकरण खड्का प्रहरी चौकी दुर्घौलीका ईन्चार्ज हुन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राइड सेयरिङमा सरकारको नयाँ कर: १०० रुपैयाँको यात्रामा अब ६ रुपैयाँ राज्यलाई

काठमाडौं । राइड सेयरिङ सेवा प्रयोग गर्ने चालक (राइडर/क्याप्टेन) माथि सरकारले नयाँ कर व्यवस्था लागू गरेको छ। शुक्रबारदेखि लागू भएको व्यवस्थाअनुसार १०० ...

गाउँ रित्तिन थालेपछि नयाँ नीति: धेरै सन्तान जन्माउने परिवारलाई ५ हजारदेखि २० हजारसम्म प्रोत्साहन

तेह्रथुम । बढ्दो बसाइँसराइ, घट्दो जन्मदर र रित्तिँदै गएका पहाडी गाउँहरूलाई पुनर्जीवित गर्ने उद्देश्यसहित तेह्रथुमको छथर गाउँपालिकाले नयाँ सामाजिक सुरक...

कवितामार्फत सरकारलाई खबरदारी: हुलाकी सडक र कमला पुल बनाउन सिरहामा बहुभाषिक कवि सम्मेलन

सिरहा । तराई–मधेसको ‘लाइफ लाइन’ मानिने हुलाकी सडक र कमला नदीमाथिको पुल निर्माणमा भइरहेको ढिलाइप्रति सरकारको ध्यानाकर्षण गराउन सिरहामा शनिबार राष्ट्रिय...

बाटोमै खसेको पहिरोमा पुरिएर रोल्पामा एक जनाको मृत्यु

रोल्पा । रोल्पामा बाटोमा हिँडिरहेका बेला माथिबाट खसेको पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ। जिल्लाको परिवर्तन गाउँपालिका–४ पाछावाङस्थित सल्लाबोट ...

सेती नदी थुनिँदा बढ्यो ठूलो जोखिम, ४० मिटर माथिबाट बग्न थाल्यो पानी

पोखराबाट दमौलीसम्म सतर्कता आवश्यक

भारी वर्षाको जोखिमपछि हेटौंडाबाट काठमाडौं जाने रात्रीकालीन सवारी रोकियो

हेटौंडा । अविरल वर्षा र सम्भावित बाढी–पहिरोको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौंडाबाट काठमाडौंतर्फ सञ्चालन हुने रात्रीकालीन सवारी स...

नेपाल बाल संगठनबाट २० बालबालिकाको उद्धार, दयनीय अवस्था भेटिएपछि मन्त्रालयको हस्तक्षेप

काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाल बाल संगठनबाट २० जना बालबालिकाको उद्धार गरेको छ। बालगृ...

‘दुईतिहाइको सरकार पूर्णतः असफल’ : आर्थिक संकट गहिरिँदै गएको आजपाको आरोप

काठमाडौं । आम जनता पार्टी (आजपा)ले वर्तमान दुईतिहाइ बहुमतको सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको निष्कर्ष निकाल्दै आर्थिक अवस्था झन् जटिल बन्दै गएक...

राजाको दरबार चम्किँदै, राजाको गाउँ भने अझै विकासबाट टाढा

दाङ । ‘राजाको गाउँ’ भन्नेबित्तिकै व्यवस्थित सडक, सहज खानेपानी, विद्युत् र पर्यटकीय पूर्वाधारले भरिपूर्ण बस्तीको चित्र मनमा आउँछ। तर दाङको तुलसीपुर उपम...

कांग्रेसमा एकताको ढोका बन्द, देउवा समूह नयाँ राजनीतिक बाटोतर्फ, राष्ट्रिय भेला बोलाउने तयारी

काठमाडौं । नेपाली कांग्रेसभित्र लामो समयदेखि जारी आन्तरिक शक्ति संघर्ष अब निर्णायक मोडमा पुगेको देखिएको छ। पूर्वसभापति शेरबहादुर देउवा पक्षले सभापति ग...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending