Khabar Dabali १९ बैशाख २०८३ शनिबार | 2nd May, 2026 Sat

बङ्गलादेशी पूर्व कप्तान तमिम इकबाल हृदयाघातपछि निको हुँदै

खबरडबली संवाददाता

ढाका । बङ्गलादेशका पूर्व कप्तान तमिम इकबाललाई घरेलु खेलका क्रममा हृदयघात भएपछि होसमा आएकाे र उनले परिवारका सदस्यहरूसँग कुरा गरिरहेकाे क्रिकेट अधिकारीहरूले मङ्गलबार बताएका छन् ।

पचास ओभरको ढाका प्रिमियर डिभिजन क्रिकेट लिगको खेलमा महमदन स्पोर्टिङ क्लबको नेतृत्व गरिरहेका ३६ वर्षीय तमिमलाई सोमबार छातीमा गम्भीर दुःखाइ भएपछि नजिकैको अस्पतालमा लगिएको थियो । “उहाँ अहिले राम्रो हुनुहुन्छ । उहाँले परिवारका सदस्यहरूसँग कुरा गर्नुभयो र अस्पतालमा केही समय हिँड्नुभयो”, क्लबका अधिकारी तारिकुल इस्लामले भने । 

महमदनका फिजियोथेरापिस्ट एनामुल हकले तमिम स्थिर अवस्था रहेको र छिट्टै अर्को चिकित्सा संस्थानमा स्थानान्तरण गरिने सम्भावना रहेको बताए । “उहाँको ज्यान बचाउनका लागि हामीले तुरुन्तै अस्पताल जानुपरेको थियो र भाग्यवश हामीले त्यसो गर्यौ”, इनामुलले भने ।

तमिमको उपचार भइरहेको क्षेत्रका मेडिकल निर्देशक राजीब हसनले सोमबार पत्रकारहरूलाई बताए अनुसार अस्पताल पुर्याउँदा तमीमको अवस्था गम्भीर थियो । धमनीको अवरोध हटाउनका लागि तमिमले शल्यक्रिया गरेर स्टेन्ट लगाउनुपरेको पनि उनले बताए । तमिमको स्वास्थ्य सङ्कटको खबरले क्रिकेट जगतबाट समर्थन पाएको थियो ।

“मेरो भाइ तमिम चाँडै निको होऊन् र खेलमा फर्कून् भनेर कृपया प्रार्थना गर्नुहोस् !”, लामो समयदेखिका टोलीका साथी शकिब अल हसनले सामाजिक सञ्जालमा लेखे । तमिमको हृदयाघात शकिबको ३८ औँ जन्मदिनको दिन नै भयो, तर अलराउन्डर यी खेलाडीले यो समाचारका कारण उत्सवमा आनन्द लिन सक्नुभएन । भारतीय क्रिकेटर युवराज सिंहले पनि आफ्नो ‘प्रार्थना र शुभकामना’ दिए । 

“तिमीले अघि पनि कठिन प्रतिद्वन्द्वीहरूको सामना गरेका छौ र बलियो बनेका छौ, यो पनि त्यस्तै हुनेछ । तिमीलाई चाँडो निको हुने शुभकामना । दृढ रहौ”, युवराजले सामाजिक सञ्जालमा लेखे । तमीमले सन् २००७ देखि २०२३ सम्म विभिन्न ढाँचामा तीन सय ९१ खेलमा बङ्गलादेशको प्रतिनिधित्व गरेका थिए । उनि एकदिवसीय क्रिकेटमा बङ्गलादेशको कप्तान थिए । उनले १५ हजारभन्दा बढी रन बनाए । तीनै अन्तर्राष्ट्रिय ढाँचामा शतक बनाउने एक मात्र बङ्गलादेशी हुन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending