Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

आगामी आर्थिक वर्षको बजेटमा यथार्थमा आधारित नीति तथा कार्यक्रम हुनुपर्छ: सभामुख घिमिरे

खबरडबली संवाददाता

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले आगामी आर्थिक वर्षको बजेटमा यथार्थमा आधारित नीति तथा कार्यक्रम ल्याउनुपर्ने बताएका छन् ।

सिंहदरबारमा सोमबार आयोजित १६औँ योजना कार्यान्वयन तथा बजेट तर्जुमा सम्बन्धी आन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले स्रोतले धान्न नसक्ने नीति तथा कार्यक्रमहरु बजेटमा ल्याउन नहुने बताए । 

उनले उत्पादन र उत्पादकत्व बढाउने गरी जनशक्ति निर्माण गर्नुपर्ने बताए । आत्मनिर्भरताका आधार निर्माण गर्ने क्षेत्रमा राष्ट्रिय योजना आयोगले विशेष योजनाहरु ल्याउनु पर्ने उनको भनाइ छ । उनले स्रोतले धान्न नसक्ने तथा कुनै परिणाम दिन नसक्ने कतिपय योजनाहरु सञ्चालनमा रहेको भन्दै त्यस्ता योजनाहरु बन्द गर्नुपर्नेमा जोड दिए । 

उनले भने, ‘‘हामी आत्मनिर्भरताको बाटोमा गइरहेका छैनौँ, त्यस ढंगले विकास गर्ने हिसाबले गइरहेका छैनौँ । अब नेपालले के सोच्नै पर्छ भने भौतिक पूर्वाधाको अतिरिक्त मेनपावर राम्रो उत्पादन गर्ने त्यो मेन पावरलाई देश विकास गर्ने काममा सहजीकरण गर्ने र उसले यहाँ बसेर राष्ट्रिय उत्पादन गर्ने, उत्पदकत्व बढाउने र व्यापार घाटा नियन्त्रण गर्दै जाने आत्मनिर्भरताका आधारहरु बनाउने  यो क्षेत्रमा जानका लागि विशेष योजनाहरु बनाइनुपर्छ । विशेष बहस र छलफलहरु त्यसका हुनुपर्छ । त्यो सम्भव छ कि छैनबाटै शुरु गर्नुपर्छ । त्यतारितको प्लानिङहरु हुनु जरुरी छ । र १९ खर्बको जहाँसम्म चर्चा गरी रहँदा भने म यो छलफल कार्यक्रममा के भन्न चाहन्छु भने यथार्थमा आधारित भएर चल्ने अठोट गरौँ । हुन नसक्ने योजनाहरु हुन सक्दैन भनौँ । तर धान्न सक्ने  परिणाम दिन सक्ने गरौँ । १८ को ठाउँमा १५ खर्ब गरौँ जति सकिन्छ त्यति गरौँ । कयौँ कटौति गरौँ हाम्रो रियालिटी त्यही हो त्यसैमा जाऔँ ।’’

सभामुख घिमिरेले योजना निर्माण तथा कार्यान्वयनमा तहमा सांसदको भुमिका कस्तो हुने भन्नेबारे बहस र छलफल गर्नुपर्ने पनि बताए । उनले परम्परागत रुपमा योजना निर्माण भएकाले कार्यान्वयनका लागि सिर्जनशिल ढंगले सोच्नु पर्ने औल्याए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फागुन २१ को निर्वाचन निष्पक्ष र धाँधलीरहित गराउन राष्ट्रिय सभाका अध्यक्ष दाहालको आग्रह

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद्को मुख्य काम कानुन निर्माण, संसदीय निगरानी र सरकारका काम कारबाहीलाई जनताप्रति उत्तरदायी ब...

चीनद्वारा ‘क्वाइचोउ–११’ रकेटमार्फत व्यावसायिक प्रयोगात्मक अन्तरिक्ष यान प्रक्षेपण

जिउछ्वान । चीनले शनिबार उत्तर–पश्चिम चीनको जिउछ्वान उपग्रह प्रक्षेपण केन्द्र बाट ‘क्वाइचोउ–११’ रकेट प्रक्षेपण गरेको छ । यस रकेटमा एक प्रयोगात्मक अन्तर...

गोकर्णेश्वर नगरपालिकाका तत्कालीन प्रमुखविरुद्ध तीन करोड ६८ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । गोकर्णेश्वर नगरपालिका नगर कार्यपालिकाको कार्यालय जोरपाटी, काठमाडौँका तत्कालीन नगर प्रमुख सन्तोष चालिसेविरुद्ध तीन करोड ६८ लाख ४७ हजार ७६१ र...

तनहुँमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

तनहुँ । पृथ्वीराजमार्गमा पर्ने तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबासमा बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय त...

बर्लिन वार्ताअघि संवादका लागि तयार छु : जेलेन्स्की

काठमाडाैँ । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्यका लागि बर्लिनमा हुन लागेको उच्चस्तरीय वार्तामा सहभागी हुन आफू पूर्ण रूपमा ...

पाँचथरमा हजुरबाको छुरा प्रहारले नातिकाे मृत्यु

पाँचथर । पाँचथरमा ८० वर्षीय हजुरबाले छुरा प्रहार गर्दा नातिको ज्यान गएको छ ।  पारिवारिक विवाद हुँदा फाल्गुनन्द गाउँपालिका –७ आङसराङका ८० वर्षीय वर्...

एमाले महाधिवेशनः निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन जारी रहँदा नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको छ । केन्द्रीय निर्वाचन आयोगले आइतबार साँझद...

यस्तो बन्ने छ केन्द्रीय कमिटीको संरचना (सूचीसहित)

काठमाडाैं । नेकपा (एमाले)ले ११औँ महाधिवेशनबाट बन्ने ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना तय गरेको छ ।  जसमा एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव,...

खेतीयोग्य बारी बाँझिदै गएपछि बागलुङमा कोदो उत्पादन घट्यो

बागलुङ । खेतीयोग्य बारी बाँझिदै जान थालेपछि बागलुङमा हरेका वर्ष कोदो उत्पादन घट्दै गएको छ । किसानले कोदोखेती गर्न छोडेर जमिन बाँझो राख्न थालेपछि उत्पा...

सिड्नीको बोन्डी बिचमा गोली चल्दा १० जनाको मृत्यु

सिड्नी । सिड्नीको बोन्डी बिचमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।  सिड्नीको प्रहरीले एक अज्ञा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending