काठमाडौं । नेपाली कांग्रेसकी सांसद गीता गुरुङले १२ कक्षाको परीक्षाफलमा देखिएको त्रुटिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेकी छन्।
आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले ‘स्मार्ट’ बन्ने नाममा सरकार ‘ओभर स्मार्ट’ हुन खोज्दा विद्यार्थीको भविष्यमाथि खेलवाड भएको टिप्पणी गरिन्। यस्ता विषयमा सरकार संवेदनशील र जिम्मेवार हुनुपर्ने उनको भनाइ थियो।
सांसद गुरुङले राष्ट्रिय परीक्षा बोर्डले हतारमा परीक्षाफल सार्वजनिक गर्दा हजारौं विद्यार्थी र अभिभावक समस्यामा परेको बताइन्। करिब ३० दिनभित्र नतिजा सार्वजनिक गर्नुलाई उपलब्धिका रूपमा प्रस्तुत गरिए पनि त्यसले अपेक्षित गुणस्तर कायम गर्न नसकेको र निर्णय प्रत्युत्पादक बनेको उनको तर्क थियो।
उनले १२ कक्षाको परीक्षाफलमा देखिएको त्रुटिको निष्पक्ष र उच्चस्तरीय छानबिन गर्न तथा दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग गरिन्। हाल गठन गरिएको छानबिन समिति औपचारिकतामा मात्र सीमित हुन नहुनेमा पनि उनले जोड दिइन्।
माइतीघर मण्डलामा न्यायको माग गर्दै आन्दोलनरत विद्यार्थीप्रति ऐक्यबद्धता जनाउँदै उनले शिक्षा मन्त्रीको ध्यानाकर्षणसमेत गराइन्।
‘छिटो नतिजा सार्वजनिक गरेर स्मार्ट हुनु स्वागतयोग्य छ, तर नतिजाको शुद्धतामै असर पर्ने गरी प्रक्रियामा तोडमरोड गरिनु निन्दनीय छ,’ उनले भनिन्, ‘रिटोटलिङका नाममा विद्यार्थीबाट अस्वाभाविक शुल्क असुल्ने काम बन्द गरियोस् र नि:शुल्क पुनर्मूल्यांकनको व्यवस्था गरियोस्। सरकार स्मार्ट बनोस्, त्यसमा हाम्रो शुभेच्छा र साथ छ। तर हरेक विषयमा प्रश्नै–प्रश्न उठ्ने गरी सरकार ओभर स्मार्ट बन्न नलागोस्।’
सांसद गुरुङले पुनर्योग (रिटोटलिङ)का लागि विद्यार्थीले तिर्नुपर्ने चर्को तथा अव्यवहारिक शुल्क तत्काल खारेज गर्न पनि माग गरिन्।
विद्यालयको आन्तरिक परीक्षामा उत्कृष्ट अंक ल्याएका तथा परीक्षा राम्रो दिएका धेरै विद्यार्थीसमेत सार्वजनिक नतिजाबाट असन्तुष्ट हुनुले परीक्षा प्रणाली, कोडिङ र डिकोडिङ प्रक्रियामै गम्भीर त्रुटि भएको संकेत गरेको उनको दाबी छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १४ गते, २०८३ - १४:२९
काठमाडौँ। प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८३ पारित भएको छ । सभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राख्नुभएको सो विधेयकलाई पारित गरियोस् ...
आषाढ़ १४ गते, २०८३ - १४:१८
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’ प्रतिनिधि सभामा प्रस्तुत गरेको ...
आषाढ़ १४ गते, २०८३ - १४:१८
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’ प्रतिनिधि सभामा प्रस्तुत गरेको ...
आषाढ़ १४ गते, २०८३ - १४:०९
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शिक्षामा प्रस्ताव गरिएको समता करले गरिब तथा भुइँमान्छे वर्गलाई कुनै असर नपर्ने बताएको छन् । आइतबार प्रत...
आषाढ़ १४ गते, २०८३ - १३:५४
काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षदेखि पूँजीगत खर्चको कमजोर अवस्थालाई अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। चालु आर...
आषाढ़ १४ गते, २०८३ - १३:२५
काठमाडौँ। प्रतिनिधि सभाको बैठकमा महालेखा परीक्षकको ६३ औँ वार्षिक प्रतिवेदन, २०८३ पेश गरिएको छ । आइतबारको बैठकमा सभामुख डोलप्रसाद अर्यालले बैठकको का...
आषाढ़ १४ गते, २०८३ - १३:१३
काठमाडौं । नेपाली कांग्रेसकी सांसद गीता गुरुङले १२ कक्षाको परीक्षाफलमा देखिएको त्रुटिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै निष्पक्ष छानबिन गर्न सरकारसँग मा...
आषाढ़ १४ गते, २०८३ - १३:०६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १८ वर्षमुनिका ३५ हजारभन्दा बढी बालबालिकालाई पार्टी सदस्य बनाएको भन्दै नेपाली कांग्रेसले प्रतिनिधिसभा...
आषाढ़ १४ गते, २०८३ - १२:५६
काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम नियमित रूपमा सञ्चालन नभएको भन्दै संसद्मै प्रश्न उठेको छ। नेपाल कम्य...
आषाढ़ १४ गते, २०८३ - १२:२३
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकारी निकायको लापरबाही र कमजोर सेवा प्रवाहलाई नियन्त्रण गर्न रा...



प्रतिकृया लेख्नुहोस्: