Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

विश्वव्यापीकरणको ‘सही’ बाटो अवलम्बन गर्ने चीनको घोषणा

खबरडबली संवाददाता

बेइजिङ । चीनका उच्च नेताले आइतबार बेइजिङमा आयोजित व्यापारिक अधिकारीहरूको एक भेलालाई सम्बोधन गर्दै ‘विखण्डन’ का बावजुद चीनले ‘आर्थिक विश्वव्यापीकरण’लाई अगाडि बढाउने बताएका छन् ।

ट्रम्पले देशबाट आयात हुने सामानमा धेरै चरणको कर लगाएको हप्तौँपछि हुन लागेको चीन विकास मञ्चको बैठकमा उनले ‘आर्थिक विश्वव्यापीकरण’को मार्ग अवलम्बन गर्ने बताएका हुन् । अमेरिकी करवृद्धि र बदलामा आउने रक्षात्मक निर्णयले विश्वभर आर्थिक चुनौतीहरू बढेको विश्वव्यापीरूपमा नै मूल्यवृद्धिको सम्भावनालाई बढाएको छ ।

चिनियाँ नेताहरूले महामारीको अन्त्यदेखि नै विशेष गरी उपभोग बढाएर अस्थिर अर्थतन्त्रलाई अझ स्थिर मार्गमा डोर्याउन खोजिरहेका छन् । ट्रम्पले चीन, क्यानडा र मेक्सिकोलगायत प्रमुख अमेरिकी व्यापारिक साझेदारहरूसँग करवृद्धि गरी व्यापार युद्ध लडिरहेका बेला उनीहरूले बहुपक्षीय आर्थिक प्रणालीको कट्टर रक्षकको रूपमा देशको भूमिकालाई पनि जोड दिन खोजिरहेका छन् ।

चीनका प्रधानमन्त्री ली कियाङले भने, “चीन इतिहासको कठिन घडीमा सही पक्ष, निष्पक्षता र न्यायमा दृढतापूर्वक उभिनेछ ।” एप्पलका प्रमुख कार्यकारी अधिकृत टिम कुकलगायत प्रमुख व्यापारिक नेताहरूको उपस्थितिमा यस वर्षको वार्षिक मञ्चको उद्घाटनमा लीको भाषण आएको थियो । देशले ‘आर्थिक भूमण्डलीकरण’को सही दिशाको पालना गर्नेछ, सही बहुपक्षीयताको अभ्यास गर्नेछ र स्थिरता र निश्चितताको लागि एक शक्ति बन्ने प्रयास गर्नेछ,” लीले भने ।

ट्रम्पले सुरु गरेको नयाँ व्यापार युद्धलाई सङ्केत गर्दै उनले भने, “आज, विश्वव्यापी आर्थिक विखण्डन तीव्र भइरहेको छ, अस्थिरता र अनिश्चितता बढिरहेको छ ।” बेइजिङले हालैका हप्ताहरूमा व्यापार वार्ताका लागि ट्रम्पसँग संलग्न हुन खुला दृष्टिकोण व्यक्त गरेको छ । अमेरिकी सिनेटर स्टिभ डेन्सले बेइजिङ भ्रमणका क्रममा आर्थिक मामिला हेर्ने चीनका उपप्रधानमन्त्री हे लिफेङसँग शनिबार भेटवार्ता गरेका छन् ।

चीनबाट संयुक्त राज्य अमेरिकामा फेन्टानिल र घातक औषधिको अग्रगामी रसायनहरूको सीमापार प्रवाहमा संलग्न हुने अपेक्षा गरिएको वार्ताका लागि डेन्सले आइतबार लीसँग पनि भेट गर्नेछन् । ट्रम्पले चीनमाथिको नयाँ करको कारण बेइजिङले रसायनहरूको ढुवानी रोक्न असफल भएको बताएका छन् । यसले घातक औषधिको समस्यालाई बढावा दिएको छ । बेइजिङले लागुऔषधको अवैध उत्पादन र व्यापारमाथि कडा कदम चालेको बताउँदै यो मुद्दा वासिङ्टनले नै समाधान गर्नुपर्ने बताएको छ ।

डेन्ससँगको भेटमा उनले भने, “चीनले आर्थिक र व्यापारिक मुद्दाहरूको राजनीतिकरण, हतियारीकरण र साधनीकरणको कडा विरोध गर्दछ ।” उपप्रधानमन्त्रीले चीन समस्या समाधानका लागि संयुक्त राज्य अमेरिकासँग ‘स्पष्ट संवादमा संलग्न हुन’ इच्छुक रहेको पनि बताए । उनले भने, “दुई देशबीच धेरै साझा हित र सहयोगका लागि व्यापक स्थान छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले महाधिवेशन: भाेलि विहान ८ वजे मात्र मतदान हुने

काठमाडौँ । नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि भोलि(बुधबार) बिहान ८ बजे मतदान हुने भएको छ । आज हुने भनिएकाे मतदान प्राविधिक समस्याका कारण स्थगित ...

एमाले महाधिवेशन: प्रतिनिधि लाइनमा, सुरु भएन मतदान

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । नयाँ नेतृत्व(अध्यक्ष)का लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी मैदानमा उत्रिएका...

समाजवादी क्रान्तिका लागि पार्टी एकता: नेता गजुरेल

खोटाङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता हरिबोल गजुरेलले समाजवादी क्रान्तिका लागि शक्ति सञ्चय गर्न वामपन्थी राजनीतिक दलहरूबीच पार्टी एकता गरिएक...

श्रम, संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ

काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा (देवराज) पक्राउ परेका छन् ।  ...

छद्मभेष

दुर्गा दाहाल दानवीय र अमानवीय नर नारी दुवै हुन् रे वेश्यालयमा बालिका बेच्न नारी नै छन् रे । लैगिक हिंसा र बलत्कारी महिला नै हुनै रे  दिनमा नारा ...

५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौं । नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपा...

जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन् : मन्त्री घिसिङ

कैलाली । ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले जनताले चुस्तदुरुस्त पारदर्शीतासहितको भ्रष्टाचार मुक...

विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना गरेको छ ।  विभागले उद्योग तथा फर्म...

पोखरा विमानस्थल प्रमुखविरुद्ध २ करोड ५० लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाइका प्रमुख बिनेश मुनकर्मीविरुद्ध २ कर...

सशस्त्रका तीन एआईजीको सरुवा

  काठमाडौं । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालका तीन अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ । जसअनुसार एआईजी नारायण...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending