काठमाडौं । नेपालमा ४० प्रतिशत क्षयरोगका बिरामी उपचारको दायरा बाहिर रहेका छन् ।
विश्व क्षयरोग दिवसको अवसरमा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्दले आइतबार एक कार्यक्रम गर्दै नेपालमा ४० प्रतिशत अर्थात २७ हजार २२४ क्षयरोका बिरामी उपचारको दायरा बाहिरा रहेको उल्लेख गरेको छ ।
सन् २०२३ मा विश्व स्वास्थ्य संगठनले नेपालमा वार्षिक ६८ हजार नयाँ क्षयरोगका बिरामी थपिने र १६ हजार बिरामीको मृत्यु हुने अनुमान गरेको थियो । केन्द्रका निर्देशन डा.श्रीराम तिवारीले नेपालमा अनुमानित बिरामी मध्ये ४० हजार ७७६ जना मात्र क्षयरोगका बिरामी उपचारको दायराभित्र आएको जानकारी दिए ।
उनि भन्छन्, “अनुमानित क्षयरोग प्रभावित बिरामी र उपचारको दायरामा आएका बिरामीको संख्यामा ठूलो अन्तर छ । हामीले ४० प्रतिशत क्षयरोगका बिरामीलाई उपचारको दायरामा ल्याउन नै सकिएको छैन ।” नेपालले सन् २०३० सम्म क्षयरोग महामारीबाट अन्त्य गर्ने र २०५० सम्म क्षयरोग मुक्त नेपालमा बनाउने लक्ष्य लिएको छ । क्षयरोगका बिरामीलाई उपचारको दायरामा ल्याउनु सबैभन्दा ठूलो चुनौती रहेको अस्पतालमा छातीरोग विशेषज्ञ डा. नविनप्रकाश साहको भनाइ छ ।
उनकाअनुसार केन्द्रले उपचारको पहुँच वृद्धि गर्दै लगेको छ । हाल केन्द्रले ६ हजार २४१ वटा डटकेन्द्रबाट क्षयरोगको निःशुल्क औषधी वितरण गर्दै आएको छ । क्षयरोगका बिरामी मध्ये ३९ प्रतिशत महिला र ६१ प्रतिशत पुरुष छन् । बिरामी मध्ये ७२ प्रतिशत फोक्सोको क्षयरोग, २८ प्रतिशत फोक्सो बाहिर अन्य अङ्गमा लाग्ने क्षयरोग पुष्टि भएको डा. तिवारीले जानकारी दिए ।
उपचारमा आएका क्षयरोगका बिरामीमध्ये ७५६ जना औषधी प्रतिरोधी रहेको तिवारी बताउँछन् । नेपालमा क्षयरोगको उपचार सरफलता दर ९२ प्रतिशत छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: