काठमाडौँ। फिफा विश्वकप २०२६ को फाइनल नजिकिँदै गर्दा विश्व च्याम्पियन बन्ने प्रतिस्पर्धासँगै प्रतियोगिताका विभिन्न व्यक्तिगत पुरस्कार कसले जित्ला भन्ने चासो पनि बढेको छ। फाइनल खेलसँगै फिफाले उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी तथा टोलीलाई विभिन्न विधामा सम्मान गर्नेछ।
यस वर्ष गोल्डेन बुट, गोल्डेन बल, गोल्डेन ग्लोभ्स, उत्कृष्ट युवा खेलाडी (यङ प्लेयर), फेयर प्ले तथा गोल अफ द टुर्नामेन्ट विधामा पुरस्कार प्रदान गरिनेछ।
गोल्डेन बुटमा मेसी–एमबाप्पेबीच कडा प्रतिस्पर्धा
प्रतियोगितामा सर्वाधिक गोल गर्ने खेलाडीलाई प्रदान गरिने गोल्डेन बुट पुरस्कारका लागि अर्जेन्टिनाका कप्तान लियोनल मेसी र फ्रान्सका कप्तान किलियन एमबाप्पे मुख्य दाबेदार बनेका छन्।
दुवैले हालसम्म समान ८–८ गोल गरेका छन्। मेसीले चार असिस्ट गरेका छन् भने एमबाप्पेको नाममा तीन असिस्ट छ। गोल बराबर भएमा असिस्ट र त्यसपछि कम समय मैदानमा बिताएर उक्त उपलब्धि हासिल गर्ने खेलाडीलाई विजेता घोषित गरिन्छ।
यस दौडमा इंग्ल्यान्डका ह्यारी केन र जुड बेलिङ्घम (६ गोल, १ असिस्ट), फ्रान्सका उस्मान डेम्बेले (६ गोल, २ असिस्ट) तथा स्पेनका मिकेल ओयार्जाबल (५ गोल, १ असिस्ट) पनि प्रतिस्पर्धामा छन्।
गोल्डेन बलका प्रमुख दाबेदार
प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई प्रदान गरिने गोल्डेन बल का लागि पनि मेसी बलियो दाबेदार मानिएका छन्।
फिफाको प्राविधिक अध्ययन समूहले तयार पारेको सूचीका आधारमा सञ्चारमाध्यमको मतदानबाट विजेता चयन गरिनेछ। दोस्रो र तेस्रो हुने खेलाडीले क्रमश: सिल्भर बल र ब्रोन्ज बल प्राप्त गर्नेछन्।
मेसीसँगै किलियन एमबाप्पे, माइकल ओलिस, ह्यारी केन, जुड बेलिङ्घम, अर्लिङ हाल्यान्ड तथा केप भर्डका गोलरक्षक बोजिन्हा पनि दाबेदारका रूपमा रहेका छन्।
गोल्डेन ग्लोभ्समा उत्कृष्ट गोलरक्षकको प्रतिस्पर्धा
उत्कृष्ट बचाउ र क्लिन सिटका आधारमा प्रदान गरिने गोल्डेन ग्लोभ्स का लागि केप भर्डका बोजिन्हा अग्रपङ्क्तिमा छन्।
यसका अतिरिक्त उरुग्वेका ओर्लान्डो गिल, पोर्चुगलका डिओगो कोस्टा, स्विट्जरल्यान्डका ग्रेगोर कोबेल, मोरक्कोका यासिन बोनो र इजिप्टका मोस्ताफा सोबेइर पनि प्रतिस्पर्धामा छन्।
युवा खेलाडीमा स्पेनको दबदबा
२१ वर्षमुनिका उत्कृष्ट खेलाडीलाई प्रदान गरिने यङ प्लेयर अवार्ड का लागि स्पेनका लामिन यमाल र पाउ कुबार्सी मुख्य दाबेदार मानिएका छन्।
यस्तै मेक्सिकोका गिल्बर्टो मोरा, फ्रान्सका डिजायर डोउ, इंग्ल्यान्डका निको ओरेली र मोरक्कोका अयुब बौआदी पनि प्रतिस्पर्धामा रहेका छन्।
फेयर प्ले र उत्कृष्ट गोल पुरस्कार
खेल भावना र अनुशासनका आधारमा उत्कृष्ट टोलीलाई फेयर प्ले अवार्ड प्रदान गरिनेछ। यस वर्ष स्पेन, फ्रान्स र नर्वे यस पुरस्कारका प्रमुख दाबेदार मानिएका छन्।
यस्तै, प्रतियोगिताभर गरिएको सबैभन्दा उत्कृष्ट गोललाई गोल अफ द टुर्नामेन्ट पुरस्कार प्रदान गरिनेछ, जसको विजेता फाइनलपछि सार्वजनिक गरिनेछ।
विश्वकपको उपाधिसँगै व्यक्तिगत पुरस्कारको प्रतिस्पर्धाले पनि यसपटकको फाइनललाई थप रोमाञ्चक बनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २२ गते, २०८३ - १७:३६
काठमाडौं। नेकपा (एमाले) ले आफ्ना सांसदहरूले परिवारका सदस्यलाई स्वकीय सचिवका रूपमा नियुक्त गर्न नपाउने व्यवस्था लागू गरेको छ। संसदीय दलको शुक्रबार बसेक...
श्रावण २२ गते, २०८३ - १७:२७
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले सरकारको नियतमाथि प्रश्न नरहे पनि कार्यशैलीमा सुधार आवश्यक रहेको बताएका छन्। प्रतिनिध...
श्रावण २२ गते, २०८३ - १७:१४
मकवानपुर। जिल्ला प्रशासन कार्यालय, मकवानपुरले एल.पी. ग्यास कालोबजारी गरेको पाइएमा त्यस्ता ग्यास सिलिण्डर जफत गर्ने भएको छ । केही दिनदेखि एल.पी. ग्य...
श्रावण २२ गते, २०८३ - १६:५५
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियामा आर्थिक प्रभाव, पहुँचको दुरुपयोग तथा कुनै...
श्रावण २२ गते, २०८३ - १६:४४
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाको गुणस्तर सुधार, उपभोक्ता हित संरक्षण र आधुनिक प्रविधिको प्रभावकारी उपयोग सुनिश्चित गर्न दूरसञ्चार ...
श्रावण २२ गते, २०८३ - १६:३५
काठमाडौं । सर्वोच्च अदालतले अवैध रूपमा सम्पत्ति आर्जन गरेको आरोप लागेका मिलन गुरुङ र उनकी श्रीमती इन्दिरा घले गुरुङलाई सफाइ दिने विशेष अदालतको फैसला स...
श्रावण २२ गते, २०८३ - १६:२२
काठमाडौं। विराटनगरका व्यवसायी गोपाल मुदण्डाको घरमा गरिएको प्रहरी छापामारी प्रकरणमा नेपाल प्रहरी प्रधान कार्यालयले सूचनाको प्रमाणीकरण (भेरिफाइ) प्रक्रि...
श्रावण २२ गते, २०८३ - १३:५५
काठमाडौं । नेपाल शिक्षक महासंघले आफ्ना शैक्षिक तथा पेसागत मागहरू सम्बोधन गराउन दबाबमूलक आन्दोलन सुरु गर्ने घोषणा गरेको छ। महासंघले आगामी भदौदेखि आन्दो...
श्रावण २२ गते, २०८३ - १३:४८
काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सीमा विवादबारे दिएको अभिव्यक्तिको स्पष्टीकरण माग गर्दै विपक्षी दलहरूले प्रतिनिधिसभामा विरोध जारी राखेका छन्। प...
श्रावण २२ गते, २०८३ - १३:३३
काठमाडौँ । आर्थिक गतिविधिमा देखिएको सुस्तता र लगानी विस्तारका चुनौतीबारे राष्ट्रिय योजना आयोगले निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेको छ। छलफलमा आर्थि...



प्रतिकृया लेख्नुहोस्: