Khabar Dabali १ श्रावण २०८३ शुक्रबार | 17th July, 2026 Fri
Investment bank

नेप्से परिसूचक ७९ अंकले बढ्यो

खबरडबली संवाददाता

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)परिसूचकमा बुधबार उल्लेख्य वृद्धि भएको छ। नेपाल धितोपत्र बोर्डको नयाँ मार्गदर्शन तथा सेयर बजार सुधारका लागि अर्थमन्त्रीले व्यक्त गरेको सकारात्मक धारणा र जारी गरेको विज्ञप्तिपछि बजारमा उत्साह देखिएको हो।

बुधबार नेप्से परिसूचक ३.०६ प्रतिशत अर्थात् ७९.७४ अंकले बढेर २ हजार ६७७.५४ विन्दुमा पुगेर बन्द भएको छ। बजार खुलेदेखि नै सुरु भएको वृद्धिको क्रम कारोबारको अन्तिम समयसम्म कायम रह्यो।

आज कुल ४ अर्ब ५७ करोड ५० लाख ९४ हजार ७२३ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। दिनभरमा १ करोड ३ लाख ८९ हजार ७७ कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

कुल ३३५ कम्पनी कारोबारमा सहभागी हुँदा २५९ कम्पनीको सेयर मूल्य बढेको, १३ कम्पनीको मूल्य घटेको र २ कम्पनीको मूल्य स्थिर रहेको छ।

आजको कारोबारमा पाँच कम्पनीको सेयर मूल्यमा उल्लेख्य वृद्धि भएको छ। सबैभन्दा धेरै वृद्धि श्रीनगर एग्रो इन्डष्ट्रिजको सेयरमा देखिएको छ। उक्त कम्पनीको सेयर मूल्य १५ प्रतिशतले बढेर प्रतिकित्ता ९६३.७० रुपैयाँ पुगेको छ।

त्यस्तै, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको सेयर मूल्य १४.८३ प्रतिशत, शिखर पावरको १२.५४ प्रतिशत, रिजलाइन इनर्जीको १२.०६ प्रतिशत र मिड सोलु हाइड्रोपावरको १२.०५ प्रतिशतले बढेको छ।

बजारमा समग्र वृद्धि भए पनि आत्मनिर्भर लघुवित्तको सेयर मूल्य भने १५ प्रतिशतले घट्दै नकारात्मक सर्किट लागेको छ।

कारोबार रकमका आधारमा आज आँखुखोला जलविद्युत शीर्ष स्थानमा रहेको छ। उक्त कम्पनीको २२ करोड २३ लाख ९७ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकको १७ करोड ७३ लाख रुपैयाँ, रिलायन्स स्पिनिङ मिल्सको १५ करोड ६० लाख रुपैयाँ, रिडी हाइड्रोपावरको १५ करोड ३६ लाख रुपैयाँ र ङादी ग्रुप पावरको १४ करोड ८५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

समूहगत रूपमा हेर्दा म्युचुअल फन्डबाहेक सबै समूहको सूचक बढेको छ। जलविद्युत, लगानी र उत्पादन तथा प्रशोधन समूहमा ४ प्रतिशतभन्दा बढीको वृद्धि देखिएको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपालगञ्ज भन्सारबाट २० अर्बभन्दा बढी राजस्व सङ्कलन

बाँके। नेपालगञ्ज भन्सार कार्यालयले गत आर्थिकवर्ष २०८२–८३ मा २० अर्वभन्दा बढी राजस्व सङ्कलन गरेको छ। नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकु...

तीन वटा प्रज्ञा प्रतिष्ठानको सिफारिस समिति सदस्यमा छ जना मनोनित

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले तीन वटा प्रज्ञा प्रतिष्ठानका पदाधिकारी तथा सभा सदस्यहरुको नाम सिफारिस गर्न गठित सिफारिस समितिका सदस्यहरु मनोन...

नेप्से परिसूचक ७९ अंकले बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)परिसूचकमा बुधबार उल्लेख्य वृद्धि भएको छ। नेपाल धितोपत्र बोर्डको नयाँ मार्गदर्शन तथा सेयर बजार सुधारका लागि अर्...

‘मास्टर्नी’ चलचित्रको गीतविरुद्ध सञ्चार मन्त्रालयमा उजुरी, प्रतिबन्ध लगाउन माग

काठमाडौँ । अभिनेता दुर्गेश थापा र अभिनेत्री प्रियंका कार्की अभिनित चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतविरुद्ध सूचना तथा सञ्चार मन्त्रालयमा उजुरी परेको ...

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवर्द्धनका लागि सरकारले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाएको छन्...

हङकङमा देउवाको हात भाँचियो

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा हङकङमा घाइते भएका छन्। केही दिनअघि बाथरुममा लड्दा देउवाको दायाँ हात भा...

देउवा समूहको बैठक बस्दै, पार्टीको आन्तरिक विवाद र आगामी रणनीतिबारे छलफल हुने

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीभित्र देखिएको आन्तरिक विवाद र आगामी रणनीतिबारे छलफल गर्न बैठक बोलाएको छ। ...

सप्तकोशीमा जलप्रवाह बढेपछि सुनसरी प्रशासन उच्च सतर्क, कोशी ब्यारेजको अनुगमन

सुनसरी । सप्तकोशी नदीमा जलप्रवाह बढ्दै गएपछि सुनसरी प्रशासनले बाढी, डुबान र कटानको जोखिमलाई मध्यनजर गर्दै विपद् प्रतिकार्य तयारी तीव्र बनाएको छ। यस...

आजदेखि देशभर तीन महिने डेङ्गु सचेतना अभियान सुरु

काठमाडौँ। डेङ्गु संक्रमणको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले आजदेखि देशभर ‘डेङ्गु सचेतना तीन महिने अभियान’ सुरु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्राल...

साउन लागेसँगै हरियो चुरा, पोते र मेहन्दीको व्यापार बढ्यो

काठमाडौँ। साउन महिना सुरु भएसँगै काठमाडौँ उपत्यकाका बजारमा हरियो चुरा, पहेँलो पोते र मेहन्दीको व्यापार उल्लेख्य रूपमा बढेको छ। साउनलाई भगवान् शिवको मह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending