Khabar Dabali २८ मंसिर २०८२ शनिबार | 13th December, 2025 Sat
Investment bank

साउदी वार्तामा ‘प्रगति’को अपेक्षा : रुसी प्रतिनिधिमण्डल

खबरडबली संवाददाता

एजेन्सी । संयुक्त राज्य अमेरिकाले युक्रेनी र रुसी प्रतिनिधिमण्डलसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुअघि रुसी वार्ताकारले सोमबार साउदी अरबमा हुने वार्तामा ‘केही प्रगति’ हासिल गर्ने अपेक्षा गरेको बताएका छन् ।

अमेरिकी कूटनीतिज्ञ किथ केलोगले यस प्रयासलाई होटेलका कोठाहरूबिचको ‘सटल डिप्लोमेसी’को संज्ञा दिएका छन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले वार्ताका लागि आफू तयार रहेको बताएका छन् । खाडी मुलुकमा सोमबार अमेरिकी र रुसी अधिकारीबिच छुट्टाछुट्टै बैठक हुनेछ ।

मस्कोले ३० दिनको पूर्ण र निःसर्त युद्धविरामका लागि अमेरिका र युक्रेनको संयुक्त प्रस्तावलाई अस्वीकार गरेको छ । मस्को र किभ दुवैले वार्ताको दौडान आक्रमण जारी राखेका छन् । शुक्रबार राति दक्षिणी युक्रेनी सहर जापोरिजियामा रुसी आक्रमणमा परी एकै परिवारका तीनजनाको मृत्यु भएपछि युक्रेनी अधिकारीहरू आक्रोशित भएका छन् ।

युक्रेनको आपतकालीन सेवाले आइतबार बिहानै भनेको छ, ‘रुसले किभमा ड्रोन अपार्टमेन्टका भवनहरूमा आक्रमण गरेको, आक्रमणबाट आगलागीसमेत भएको र कम्तीमा दुईजनाको मृत्यु भएको छ ।’

किभका मेयर भिटाली क्लिट्स्कोले आइतबार आक्रमणका कारण सहरका विभिन्न जिल्लामा भग्नावशेष खस्दा सातजना घाइते भएको बताएका छन् । रुसको रक्षा मन्त्रालयले ५९ वटा युक्रेनी ड्रोनलाई नष्ट गरेको जनाएको छ । रुसी प्रतिनिधिमण्डलको नेतृत्व गर्ने रुसी सिनेटर ग्रिगोरी कारासिनले ज्वेज्दा टिभी च्यानलसँग भने, ‘हामी कम्तीमा केही प्रगति हासिल गर्ने आशा गर्छौँ ।’ उनले आफू र एफएसबीका सल्लाहकार सर्गेई बेसेडाको वार्ताले ‘जुझारु र रचनात्मक’ अवस्था बनाउने बताएका छन् ।

युक्रेनका एक वरिष्ठ अधिकारीले एक दिनअघि एएफपीलाई बताएअनुसार किभले ऊर्जा, पूर्वाधार र समुद्रमा हुने आक्रमणलाई समेट्ने गरी आंशिक युद्धविरामका लागि कम्तीमा सहमति हासिल गर्ने आशा राखेको छ । किभले आफ्ना रक्षामन्त्रीलाई वार्तामा पठाउँदै छ ।

‘हामी कम्तीमा एउटा मुद्दाको समाधानका लागि लड्ने मनस्थितिमा छौँ,’ रुसको रक्षा मन्त्रालयको स्वामित्वमा रहेको ज्वेज्दासँग कुरा गर्दै कारासिनले भने । उनीहरू आइतबार साउदी अरब जान लागेको र मंगलबार फर्किने उनले बताए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एनपिएल फाइनल भाेलि:उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् ।  कीर्त...

इन्डोनेसिया नवीकरणीय ऊर्जातर्फ उन्मुखः २०२६ पछि डिजेल आयात रोकिने

जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...

नापी कार्यालयका सर्वेक्षक र सहयोगीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...

अमेरिकाले भनेजुएली नागरिकको ‘देश निकाला’का लागि तय गरेको उडान रद्द

काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...

धनकुटामा तमोर नदीमा हाम फालेका पुरुष बेपत्ता

धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् ।  शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...

बेलायतको वृद्धि दर घट्दै, लगानी र व्यापारमा दबाब

लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...

बुढीगण्डकी आयोजना निर्माण अघि बढाउन पहल भइरहेको छ : मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...

पाहुनाको पर्खाइमा म्याग्दीकाे ‘मुदीगाउँ’

म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...

चुनावले मात्र देशलाई लयमा ल्याउँछ : पूर्वमन्त्री भुसाल

तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...

नेकपाको एकता सन्देशसभा: पार्टीको नीति र विचार जनस्तरमा

गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending