Khabar Dabali २७ मंसिर २०८२ शुक्रबार | 12th December, 2025 Fri
Investment bank

देश र संसार बुझ्न कविता प्रभावशाली माध्यम होस् : पूर्व राष्ट्रपति भण्डारी

खबरडबली संवाददाता

काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले समाज विकासमा भाषा, कला र साहित्यको भूमिका महत्वपूर्ण रहेको चर्चा गर्दै यसको संरक्षण एवं प्रवर्द्धनका ध्यान दिनुपर्ने बताएकी छिन् । 

मदन भण्डारी फाउण्डेशनद्वारा आज यहाँ आयोजित कवि तीर्थ श्रेष्ठको एकल कवितावाचन कार्यक्रममा उनले कविताले समाजको यर्थाथ चित्रण गर्ने बताइन । कवि श्रेष्ठको ‘श्वेत शार्दूल एक यात्रा कविताको शिविर’ कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले आफू पहिलो पटक एकल कवितावाचन कार्यक्रममा सहभागी हुन पाएको अनुभव व्यक्त गर्दै यस्ता कार्यक्रमको निरन्तरताका लागि आयोजकको ध्यानार्कषण गराइन ।

“समाजलाई यथार्थ कुरा जानकार गराउने विभिन्न माध्यम हुन्छन्, कविता एउटा यस्तो प्रभावशाली माध्यम हो, जसबाट एकैछिनमा देश र संसारलाई बुझ्ने अवसर प्राप्त हुन्छ”, उनले भनिन्, “धेरै आयोजक हुनुहुन्छ, जिल्लादेखि केन्द्र र अन्तरराष्ट्रिय क्षेत्रमा यस्ता कार्यक्रम गर्न सबैले आआफ्नो तर्फबाट प्रयासलाई निरन्तरता दिनुपर्छ ।”

कवि श्रेष्ठले नेपाली जनजीवनमा गर्नसक्ने काम आफूले लेखनमार्फत गर्ने प्रतिबद्धता व्यक्त गरे । फाउण्डेशनका अध्यक्ष उषाकिरण भण्डारीले कवि श्रेष्ठको साहित्य रचनाले नेपाली साहित्य र भाषा अध्ययनमा सहयोगी हुने बताइन । उनले राष्ट्रियताको सोच र चिन्तनलाई भावी पुस्तासम्म हस्तान्तरण गर्न यस्ता कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गरिन । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एनपिएल फाइनल भाेलि:उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् ।  कीर्त...

इन्डोनेसिया नवीकरणीय ऊर्जातर्फ उन्मुखः २०२६ पछि डिजेल आयात रोकिने

जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...

नापी कार्यालयका सर्वेक्षक र सहयोगीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...

अमेरिकाले भनेजुएली नागरिकको ‘देश निकाला’का लागि तय गरेको उडान रद्द

काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...

धनकुटामा तमोर नदीमा हाम फालेका पुरुष बेपत्ता

धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् ।  शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...

बेलायतको वृद्धि दर घट्दै, लगानी र व्यापारमा दबाब

लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...

बुढीगण्डकी आयोजना निर्माण अघि बढाउन पहल भइरहेको छ : मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...

पाहुनाको पर्खाइमा म्याग्दीकाे ‘मुदीगाउँ’

म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...

चुनावले मात्र देशलाई लयमा ल्याउँछ : पूर्वमन्त्री भुसाल

तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...

नेकपाको एकता सन्देशसभा: पार्टीको नीति र विचार जनस्तरमा

गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending