काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले मुलुकको परिस्थिति अत्यन्तै जटिल अवस्थामा पुगेको बताएका छन् ।
शनिबार दाङ–काठमाडौं सम्पर्क समन्वय समितिको तेस्रो अधिवेशनलाई ललितपुरको गोदावरीमा सम्बोधन गर्ने क्रममा उनले अहिले देशमा राजावादी र दलहरूबीचमा द्वन्द्व चलिरहेको भन्दै यसलाई गम्भीर चुनौतीको रुपमा लिनुपर्ने बताए । उनले हिजोमात्रै राज्यको एउटा प्रमुख अंगका प्रमुखसँग कुरा गर्दा पनि अवस्था चुनौतीपूर्ण रहेको ब्रिफिङ पाएको जिकिर गरे ।
‘परिस्थिति जटिल छ । निकै जटिल छ । अस्ति एयरपोर्टमा राजाको स्वागतका लागि जम्मा भएका मान्छेको ताँती देख्नुभयो । राजावादी र पार्टीहरूको बीचमा ठूलो द्वन्द्व छ,’ महराले भने, ‘मैले केही दिनअघि हिजोमात्रै राज्यको एउटा प्रमुख अंगको प्रमुखसँग कुरा गरेँ । धेरै ठूलो गम्भीर चुनौती छ ।’
उनले देशभित्र मात्रै नभइ अन्तर्राष्ट्रिय परिस्थिति पनि सामान्य नभएको बताए । ‘अब के गर्ने ? अन्तर्राष्ट्रिय स्थिति पनि जटिल छन् । भारत, अमेरिका र चीनले गम्भीर रुपमा नेपाललाई हेरिरहेका छन् । सामान्य रुपमा होइन,’ उनले भने ।
तर, सरकारमा रहेका दलहरू भने दैनिक लुटमा केन्द्रित रहेको उनको भनाइ थियो । ‘सत्तामा रहेका पार्टीहरू एमाले र कांग्रेस दिनप्रतिदिन लुटमा केन्द्रित छन् । सरकारमा भएका पार्टीहरू कुनै सार्वजनिक कार्यक्रममा उत्रन सकेका छैनन् । यो जटिल परिस्थितिमा के हुन्छ भन्न सकिँदैन्,’ महराले भने ।
उनले जनतासँग जोडिएर जनताकै बीचबाट राजनीतिक निकास खोज्नुपर्ने पनि बताए । ‘हामी जनतासँग जोडिनुपर्छ । जनताकै बीचबाट राजनीतिको निकास खोजिनुपर्छ । अरु विदेशी ताकतहरूको बीचबाट खोज्न हुँदैन,’ महराले भने ।
फरक प्रसंगमा पछिल्लो पटक आफ्नो पार्टीले चलाएको अभियानका कारण पार्टीमा आकर्षण बढेको महराको दाबी छ । ‘पार्टीमा आकर्षण बढेको छ । तर संगठित हुन अझै बाँकी छ । संगठित किन हुँदैन भने पार्टीभित्र एकतावद्ध हुन जरुरी छ । एकताको निमित्त नेताको केन्द्रीकरण हुन अहिले पनि आवश्यक छ,’ महराले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: