काठमाडाैं । काठमाडौंबाट १ थान पेस्तोल र लागु औषध सहित १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं गोकर्णेश्वर नगरपालिका वडा नं २ भाड गाउँ स्थित मिरा तामाङको घरमा डेरा गरी बस्ने सुदन जोशी रहेका छन् ।
उनले कोठामा अवैध हातहतियार लुकाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर, काठमाडौंको समन्वयमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले निजको कोठा रितपूर्वक खानतलासी गर्दा उल्लेखित हातहतियार र लागु औषध सहित उनलाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।
उनलाई काठमाडौं जिल्ला अदालतबाट दिन ५ (पाँच) को म्याद थप अनुमति प्राप्त भई सो सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएकाे छ । साथै, जोशीको जिल्ला प्रहरी परिसर काठमाडौंबाट २०६१ भदाै १, २०६८ असार २९ र २०६७ भदाै १३ गते अभद्र व्यवहार कसुरमा तथा २०६८ बैशाख २५ गते लागु औषध कसुरमा एवं प्रहरी वृत्त कालिमाटीबाट मिति २०७४ चैत ९ गते लागु औषध कसुरमा मुद्दा दर्ता भई अनुसन्धान भएको समेत अभिलेखबाट देखिन आएको पंहरीले जनाएकाे ५ ।
पक्राउ परेका जाेशी काठमाडौं महानगरपालिका वडा नं २० घर भई हाल गोकर्णेश्वर नगरपालिका वडा नं २ भाड गाउँ स्थित डेरा गरी बसेकाे समेत अनुसन्धानबाट खुलेकाे पंहरीले जनाएकाे छ ।
जाेशीकाे काेठाबाट प्रहरीले पेस्तोल १ थान, म्याग्जिन २ थान, KF 7.65 लेखिएको गोली १०(दश) राउण्ड, लागु औषध पोल्याण्ड २५० ग्राम, लागु औषध Tramadol Hydrocholoride Capsules IP Tramol-50 लेखिएको एक पत्तामा १० पिस क्याप्सुल, काठले बनेको कालो रातो रङको MAPPLE लेखिएको उफर (Speaker)१ थान, Lenovo लेखिएको ल्यापटप १ थान, डिजिटल तराजु १ थान, विभिन्न कम्पनीका मोबाइल ७ थान, एप्पल कम्पनीको आई प्याड १ थान बरामद् गरेकाे छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:०३
काठमाडौँ । कवि तथा पत्रकार ठाकुर बेलवासेका पिता ईश्वरीप्रसाद बेलवासेको ८६ वर्षको उमेरमा निधन भएको छ। उपचारका क्रममा काठमाडौँको महाराजगञ्जस्थित त्रिवि ...
पौष १८ गते, २०८२ - १९:४५
ओखलढुंगा । ओखलढुंगाकाे लिखु गाउँपालिका–८, टारकेबारीमा स्वास्थ्य परीक्षण तथा परामर्श शिविर–२०८२ सञ्चालन गरिएको छ । वडा अध्यक्षको पहलमा वृद्ध–वृद्धा तथा...
पौष १८ गते, २०८२ - १४:५८
काठमाडाैं । नेपालले १० वर्षअघि नयाँ संविधानसँगै समानुपातिक प्रणाली लागू गर्यो। त्यो संविधान जारी हुँदा संविधानसभा अध्यक्ष सुवास नेम्बाङले भनेका थिए– ...
पौष १८ गते, २०८२ - १४:५७
दाङ। माघी पर्व नजिकिएसँगै दाङका थारु बस्तीमा तयारी शुरू भएको छ । थारु समुदायले नयाँ वर्षका रूपमा यो पर्व आउनुभन्दा एक महिनाअघिदेखि तयारी गर्ने चलनअनुस...
पौष १८ गते, २०८२ - १४:२१
काठमाडौं। देशका विभिन्न स्थानबाट लागूऔषधसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्तिहरूमा ब्राउन सुगर, डिजिटल तराजु र नियन्त्रित लागूऔ...
पौष १८ गते, २०८२ - १४:१९
काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) र क्रान्तिकारी शक्ति पुनर्गठन रूपान्तरण अभियानबीच पार्टी एकता भएको छ। दुई पक्षबीच ६ बुँदे सहमतिमा ह...
पौष १८ गते, २०८२ - १३:०२
समानुपातिक सूची र प्रत्यक्ष उम्मेदवारीसँग जोडिएको एकता प्रयास
पौष १८ गते, २०८२ - १२:५४
म्याग्दी । म्याग्दीमा एक महिनामै १ सय १५ थान अवैध भरुवा बन्दुक बरामद हुनु सामान्य प्रहरी कारबाही मात्रै होइन, यो ग्रामीण समाजभित्र लुकेर बसेको सुरक्षा...
पौष १८ गते, २०८२ - १२:४८
काठमाडाैं । निर्वाचन आयोगले राजनीतिक दलहरूलाई समानुपातिक उम्मेदवारको बन्दसूची संशोधन गर्न पुस २१ देखि २७ गतेसम्मको समयसीमा तोकेसँगै दलभित्रको आन्तरिक ...
पौष १८ गते, २०८२ - १२:४४
विद्यार्थी बोकेको बस दुर्घटना: सडक सुरक्षामाथि गम्भीर प्रश्न




प्रतिकृया लेख्नुहोस्: