Khabar Dabali ३० श्रावण २०८३ शनिबार | 15th August, 2026 Sat
Investment bank

पेस्तोल र लागु औषध सहित काठमाडौंबाट १ जना पक्राउ

खबरडबली संवाददाता

काठमाडाैं । काठमाडौंबाट   १ थान पेस्तोल र लागु औषध सहित १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं गोकर्णेश्वर नगरपालिका वडा नं २ भाड गाउँ स्थित मिरा तामाङको घरमा डेरा गरी बस्ने सुदन जोशी रहेका छन् ।

उनले कोठामा अवैध हातहतियार लुकाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर, काठमाडौंको समन्वयमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले निजको कोठा रितपूर्वक खानतलासी गर्दा  उल्लेखित हातहतियार र लागु औषध सहित उनलाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।

उनलाई काठमाडौं जिल्ला अदालतबाट दिन ५ (पाँच) को म्याद थप अनुमति प्राप्त भई सो सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएकाे छ । साथै,  जोशीको जिल्ला प्रहरी परिसर काठमाडौंबाट २०६१ भदाै १, २०६८ असार २९ र २०६७ भदाै १३ गते अभद्र व्यवहार कसुरमा तथा २०६८ बैशाख २५ गते लागु औषध कसुरमा एवं प्रहरी वृत्त कालिमाटीबाट मिति २०७४ चैत ९ गते लागु औषध कसुरमा मुद्दा दर्ता भई अनुसन्धान भएको समेत अभिलेखबाट देखिन आएको पंहरीले जनाएकाे ५ ।

पक्राउ परेका जाेशी काठमाडौं महानगरपालिका वडा नं २० घर भई हाल गोकर्णेश्वर नगरपालिका वडा नं २ भाड गाउँ स्थित डेरा गरी बसेकाे समेत अनुसन्धानबाट खुलेकाे पंहरीले जनाएकाे छ ।

जाेशीकाे काेठाबाट प्रहरीले  पेस्तोल १ थान, म्याग्जिन २ थान, KF 7.65 लेखिएको गोली १०(दश) राउण्ड, लागु औषध पोल्याण्ड  २५० ग्राम, लागु औषध Tramadol Hydrocholoride Capsules IP Tramol-50 लेखिएको एक पत्तामा १० पिस क्याप्सुल, काठले बनेको कालो रातो रङको  MAPPLE लेखिएको उफर (Speaker)१ थान,  Lenovo लेखिएको ल्यापटप १ थान, डिजिटल तराजु १ थान, विभिन्न कम्पनीका मोबाइल ७ थान, एप्पल कम्पनीको आई प्याड १ थान बरामद् गरेकाे छ ।


 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काठमाडौँमा ६ हजार ८०२ सिलिन्डर ग्यास बिक्री, आइतबार थप सात केन्द्रबाट वितरण

काठमाडौँ । नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि शनिबार विभिन्न ब्रान्डका ६ हजार ८०२ सिलिन्डर खाना पकाउने ग्यास बिक्री–वितरण ...

जाजरकोटमा पहिरोले घर र टहरा बगायो, सात जना घाइते

सुर्खेत । जाजरकोटमा लगातारको वर्षापछि गएको पहिरोले भेरी नगरपालिका–२ रिसाङ र वडा नम्बर ३ स्यालामा ठूलो क्षति पुर्‍याएको छ । पहिरोमा परी सात जना घाइते भ...

नेपाल टेलिकमको खुद मुनाफा ४७ प्रतिशतले बढ्यो

काठमाडौँ । नेपाल टेलिकमले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्म ८ अर्ब ८६ करोड ४६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरे...

झरीमा दिनभर लाइन, ग्यास नपाएर रित्तो सिलिन्डर बोकेर फर्किए नागरिक

काठमाडौँ । खाना पकाउने ग्यासको अभावले एक महिनादेखि हैरान भएका उपभोक्ताले शनिबार झरीमा समेत घण्टौँ लाइन बसेर सास्ती बेहोर्नुपरेको छ । सरकारले विभिन्न स...

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु, आक्रोशित स्थानीयले गरे तोडफोड

झापा । झापा गाउँपालिका–४ स्थित वडा कार्यालय अगाडि हुलाकी राजमार्गमा टिपरको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ । दुर्घटनापछि आक्रोशित स्थानीयले टि...

नेपाल–भारत सीमामा एकअर्काले भोगचलन गरेको जग्गा नापजाँच गरिने

काठमाडौँ । नेपाल र भारतले सीमा क्षेत्रमा एकअर्काका नागरिकले भोगचलन गर्दै आएको जग्गाको नापजाँच गर्ने सहमति गरेका छन् । दुवै देशका नागरिकले एकअर्काको भू...

कांग्रेस इतर समूहको भेला किन बन्यो ‘सम्मेलन’ ?

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई औपचारिक रूपमा ‘सम्मेलन’ मा परिणत गरेको छ । सुरुमा राष्ट्रिय भेलाका रूप...

शिक्षक–सरकार सम्झौता कागजमै सीमित, फेरि आन्दोलनको तयारी

माग पूरा नभए शिक्षक महासंघले भदौदेखि आन्दोलन चर्काउने

देउवा–कोइराला समूहको शक्ति प्रदर्शन, देउवाको सन्देश– ‘कांग्रेस एक हुनुपर्छ’

काठमाडौँ । नेपाली कांग्रेसको वर्तमान नेतृत्वलाई चुनौती दिँदै पूर्वसभापति शेरबहादुर देउवा र कोइराला समूहले काठमाडौँमा राष्ट्रिय भेला आयोजना गरेका छन् ।...

अवैध रूपमा औषधिजन्य वस्तु उत्पादन गर्ने फार्म सञ्चालक पक्राउ

वीरगन्ज । प्रहरीले वीरगन्जमा अनुमति बिना औषधिजन्य वस्तु उत्पादन तथा स्टिकर लेबलिङ गरिरहेको आरोपमा एक जना पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका–११ श...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending