ओखलढुङ्गा । ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–३ स्थित वाम्द्यालमा स्वालेवा (चिन्डो) पार्क निर्माण गरिएको छ । किरात राई समुदायअन्तर्गत वाम्बुले राईहरूको आदिम बस्तीका रूपमा परिचित वाम्द्यालमा वाम्बुले ‘राई समाज’ नामक संस्थाको अग्रसरतामा उक्त पार्क निर्माण गरिएको हो ।
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले आज एक समारोहबीच पार्कको उद्घाटन गर्दै ऐतिहासिकस्थलमा नमूना पार्क बनेकामा प्रशंसा गरे । “संस्कृति र सांस्कृतिकस्थलको संरक्षण सरकारले गर्दै आएको छ । यस ठाउँका लागि पनि सरकारले आवश्यक सहयोग गर्नेछ”, उनले भने ।
राष्ट्रियगानका सर्जक व्याकुल माइलाले किरातीहरूको मुन्दुममा स्वालेवाको सांस्कृतिक महत्त्व धेरै भएको बताए । सांसद रामहरि खतिवडाले स्वालेवा पार्क देशको स्वाभिमानका रूपमा ठडिएको बताए । अब यसलाई पर्यटनसँग जोड्नुपर्नेमा उनले जोड दिए ।
पूर्वसांसद तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य यज्ञराज सुनुवारले राष्ट्रियता केवल ढुङ्गा र माटो मात्र नभएर मान्छेको पहिचान भएको बताए । उनले भने, “वाम्बुले समुदायले बनाएको स्वालेवा पार्क यस समुदायको मात्र पहिचान हैन, यो त राज्यको हो । यसको संवर्द्धनको काम राज्यले गर्नुपर्छ ।”
कोशी प्रदेशसभा सदस्य प्रदीप सुनुवारले राज्यले संस्कृति र पहिचानलाई सम्पत्तिका रूपमा बुझ्नुपर्ने बताए । सबै जातिका संस्कृतिको संरक्षण गर्नु राज्यको दायित्व भएको उनको भनाइ थियो । वाम्बुले राई समाजका अध्यक्ष गजुरधन राईले आगामी दिनमा पार्कको संरक्षण गरी पर्यटन प्रवर्द्धन गर्ने चुनौती थपिएको बताए ।
विसं २०७४ देखि निर्माण सुरु गरिए पनि बजेट अभावका कारण पार्क निर्माण सम्पन्न गर्न सात वर्ष लाग्यो । पार्क दुई रोपनी क्षेत्रफलमा फैलिएको छ भने स्वालेवाको उचाइ ३९ फिट रहेको छ । स्वालेवासँगै अदुवाको समेत स्तम्भ निर्माण गरिएको छ । उक्त स्तम्भ चर्चित मूर्तिकार धनु याख्खा नेतृत्वमा मूर्तिकारहरूले निर्माण गरेका हुन् ।
पार्क तीनै तहका सरकारबाट रु ६२ लाख र स्थानीय समुदायले चन्दा सङ्कलन गरी रु २७ लाख ८९ हजार ८८४ गरी गरी रु ८९ लाख ७९ हजार ८९४ लागतमा निर्माण गरिएको पार्क निर्माण समितिका आर्थिक संयोजक मुम्चे राईले जानकारी दिए ।
स्वालेवा किरात समुदायले जन्मदेखि मृत्यु संस्कारसम्म अनिवार्य प्रयोग गर्ने सामग्री हो । यो एक वनस्पतीय फल हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - २०:०८
रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतबाट धरौटीमा रिहा भएका छन् । उच्च अदालत तुलसीपुरको बुट...
पौष ४ गते, २०८२ - २०:०१
लेखनाथ । धारिलो हतियार प्रहार गरी आफ्नै हजुरआमा हत्या आरोपमा कास्की प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रह...
पौष ४ गते, २०८२ - १९:२७
कञ्चनपुर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लामा आठ हजार ८७५ परिवार शीतलहरबाट प्रभावित हुनसक्ने जनाएको छ । स्थानीय प्रशासनले शीतलहरबाट उत्पन्न ...
पौष ४ गते, २०८२ - १९:२३
ढाका । ढाकाको कावरान बजारस्थित अखबारको कार्यालयमा आक्रोशित भिडले छापा मारी आगो लगाउँदा कार्यालयमा फसेका द डेली स्टारका कम्तीमा २५ जना पत्रकारलाई कार्य...
पौष ४ गते, २०८२ - १९:२१
मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...
पौष ४ गते, २०८२ - १९:१६
सिरहा । मिर्चैया नगरपालिकाले मिर्चैयास्थित अस्पतालको पुरानो भवनबाट औपचारिक रूपमा सेवा सुरु गरेको छ । नगरपालिकाले बिहीबारदेखि उक्त भवनलाई अस्थायी कार्य...
पौष ४ गते, २०८२ - १८:२१
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक अनिश्चतताको बाटोबाट निश्चितताको सकारात्मक मार्गतर्फ अघि बढिरहेको बताएका छन् । गत भदौ ...
पौष ४ गते, २०८२ - १८:१९
काठमाडौँ । ललितपुरको ढोलाहिटीबाट गत मंसिर २१ गतेदेखि बेपत्ता १६ वर्षीय साहिल राईको खोजीका लागि परिवारले आग्रह गरेको छ । उदयपुरको बेलका नगरपालिका वड...
पौष ४ गते, २०८२ - १८:१६
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले “पार्टीभित्र गुट अन्त्य भइसकेको” दाबी गरेका छन् ।महाधिवेशनमा प्यानल र स्वतन्त्र प्रतिस्पर्धा भए पनि...
पौष ४ गते, २०८२ - १८:०३
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका– ४, बेनीटारबाट कटुवा पेस्तोल एक थानसहित बारा सुवर्ण गाउँपालिका– १ बस्ने १९ वर्षीय ओमबाबुप्रसाद यादवलाई शुक्रबार ...




प्रतिकृया लेख्नुहोस्: