Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

प्रतिनिधिको विषयमा विवाद हुँदा एमाले माेरङ अधिवेशनकाे बन्दसत्रमा नाराबाजी

खबरडबली संवाददाता

माेरङ । नेकपा एमाले मोरङ जिल्लाको दशौं अधिवेशनका क्रममा प्रतिनिधिकाे विषयमा विवाद हुँदा बन्दसत्रमा नाराबाजी भएकाे छ । जिल्ला अधिवेशनका लागि मनोनित प्रतिनिधिको विषयमा विवाद भएको हो । 

पार्टीकाे संस्थापन पक्षले एकलौटी रुपमा ४६ जना प्रतिनिधि मनोनित गरेको भन्दै इतर समूहले बन्दसत्र हलमा नाराबाजी गरेको छ । नाराबाजी गरेको समूहले मनोनित प्रतिनिधि खारेज गर्न माग गरेकाे थियाे । मनाेनित प्रतिनिधि मध्ये अधिकांश संस्थापन पक्षका छन् । एकलाैटी रुपमा मनाेनित गरेकाे भन्दै इतर पक्षले नाराबाजी गरेपछि अधिवेशनको बन्दसत्र राेकिएकाे छ ।

बन्दसत्रमा अध्यक्षको प्रतिवेदन जिल्ला समितिले पास नगरेको र विराटनगर महानगर कमिटीका पूर्वअध्यक्ष सागर थापालाई कारवाही गरेको विषयमा पनि विवाद भएको थियो । ‘प्रदर्शन हुँदै बन्दसत्र चल्दै थियो पछिल्लो समय मनोनित प्रतिनिधिको विषयमा नाराबाजी भयो,’ एमालेका एक अधिवेशन प्रतिनिधिले भने,‘ पार्टी भित्रको प्रतिपक्ष समूहले मनोमानी रुपमा प्रतिनिधि छनोट भयो भन्दै नाराबाजी गर्याै ।’

नाराबाजीपछि जिल्ला अधिवेशनको कार्यतालिका प्रभावित भएको छ । पूर्वनिर्धारित कार्यतालिका अनुसार आज बेलुकाबाट निर्वाचन कार्यतालिका सार्वजनिक गरेर मनोनयन प्रक्रिया अघि बढाउने तयारी थियो । तर अधिवेशन भित्र नाराबाजी भएपछि बन्दसत्र सकिएको छैन । निर्वाचन कार्यतालिका पनि प्रभावित भएको छ ।

जिल्ला अधिवेशनमा संस्थापन र इतर पक्षकाे नाममा दुई वटा प्यानल बनेकाे छ । संस्थापन पक्षमा अध्यक्ष केपी शर्मा ओली निकट नेताहरु छन् । इतर पक्षको नेतृत्व विनोद ढकालले गरेका छन् ।

संस्थापन पक्षले राजकुमार ओझालाई जिल्ला अध्यक्षमा अघि सार्ने तयारी गरेको छ । विनोद ढकालको समूहले अजम्बर राईलाई जिल्ला अध्यक्षको रुपमा अघि बढाउने तयारी गरेको छ । यो समूहले उपाध्यक्षमा सागर थापालाई अघि सार्ने तयारी गरेको छ ।

ढकालको समूहले सचिवमा सोमराज थापालाई अघि सार्ने तयारी गरेको छ । यो समूहबाट उपसचिवमा उषा झा र सन्तोष वान्तवालाई अघि बढाउने तयारी रहेको ढकालनिकट नेताहरुले बताए । संस्थापन पक्षले उपाध्यक्षमा शान्ति भुजेललाई उम्मेवार बनाउने तयारी गरेको छ । यो समूहबाट रविन थापा सचिवको उम्मेदवार बन्ने छन् । अधिवेशनले १ सय ६५ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ । जिल्ला अधिवेशनका लागि ९ सय १४ जना प्रतिनिधि छानिएका छन् । निर्वाचनका लागि दुई वटै समूहले आफ्नाे प्यानल बनाएका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सहायता कटौतिले शरणार्थीलाई ‘अनावश्यक पीडा’ भएको छ : राष्ट्रसङ्घ

काठमाडाैँ । यो वर्ष ‘कठोर र गैरजिम्मेवार’ सहायता कटौतीको लहरले शरणार्थीहरूलाई अनावश्यक पीडा दिएको संयुक्त राष्ट्रसङ्घले  जनाएको छ । सहायता कटौति शर...

मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, कुन मन्त्रालयमा काे ?

जनकपुरधाम । मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा नेपालको संविध...

एमाले महाधिवेशन: मतदान मङ्गलबार १२ बजेदेखि

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको मतदान समय सरेको छ । एमाले ११औँ महाधिवेशनका केन्द्रीय सचिव डा. कुन्साङ लामाले सोमबार साँझ प्र...

विद्युतको तार सर्ट भएर आगलागी हुँदा सर्लाहीमा ५० बिघाभन्दा बढीको उखु जल्यो

सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा सोमबार दिउँसो आगलागीबाट ठुलो क्षेत्रफलमा लगाइएको उखु जलेको छ ।  विद्युतको तार सर्ट भएर मुना चौधरीक...

च्याउखेतीबाटै वार्षिक १२ लाख आम्दानी

काठमाडौँ । ‘च्याउ खाऔँ, स्वस्थ्य बनौँ’, ‘स्वस्थ्य जीवनको आहार च्याउ’ भन्ने नारासहित च्याउखेती गर्दै आएका ललितपुरको गोदावरी नगरपालिका–११, सेराफाँटका कृ...

पछिल्लो २४ घण्टामा आगलागीका २२ घटना, दुई जनाको मृत्यु

काठमाडौँ । पछिल्लाे २४ घण्टामा आगलागीमा परी दुई जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला २४ घ...

सर्च एण्ड स्विप अपरेशन : फरार ३४२ प्रतिवादी पक्राउ

कैलाली । कैलाली जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको ‘सर्च एण्ड स्विप अपरेशन’का क्रममा ३४२ फरार प्रतिवादीलाई पक्राउ गरिएको छ । जिल्ला अदालतले विभ...

बङ्गलादेश : ‘राज्य विरोधी गतिविधि’ गरेको आरोपमा पत्रकार पक्राउ

काठमाडाैँ । बङ्गलादेशका भूतपूर्व प्रधानमन्त्री शेख हसिनाको प्रतिबन्धित पार्टीलाई बढावा दिएको र ‘राज्य विरोधी गतिविधि’ गरेको आरोपमा यहाँका एक वरिष्ठ पत...

थाइल्यान्डमा आम चुनावको मिति फेब्रुअरी-८ लाई तय

बैङ्कक । थाइल्यान्डमा आगामी फेब्रुअरी-८ मा आम चुनावको मिती तय भएको थाइ निर्वाचन आयोगले सोमबार जनाएको छ । चुनावका लागि दलले यस वर्षको अन्त्य अघि प्रधान...

कांग्रेस महाधिवेशन: देशभरका क्रियाशील सदस्यता वितरण

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको लागि एक सय ६५ निर्वाचन क्षेत्रका सबैजसो वडामा क्रियाशील सदस्यता फाराम वितरण भइरहेको छ । कांग्रेस केन्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending