Khabar Dabali २ जेष्ठ २०८३ शनिबार | 16th May, 2026 Sat
Investment bank

प्रतिनिधिको विषयमा विवाद हुँदा एमाले माेरङ अधिवेशनकाे बन्दसत्रमा नाराबाजी

खबरडबली संवाददाता

माेरङ । नेकपा एमाले मोरङ जिल्लाको दशौं अधिवेशनका क्रममा प्रतिनिधिकाे विषयमा विवाद हुँदा बन्दसत्रमा नाराबाजी भएकाे छ । जिल्ला अधिवेशनका लागि मनोनित प्रतिनिधिको विषयमा विवाद भएको हो । 

पार्टीकाे संस्थापन पक्षले एकलौटी रुपमा ४६ जना प्रतिनिधि मनोनित गरेको भन्दै इतर समूहले बन्दसत्र हलमा नाराबाजी गरेको छ । नाराबाजी गरेको समूहले मनोनित प्रतिनिधि खारेज गर्न माग गरेकाे थियाे । मनाेनित प्रतिनिधि मध्ये अधिकांश संस्थापन पक्षका छन् । एकलाैटी रुपमा मनाेनित गरेकाे भन्दै इतर पक्षले नाराबाजी गरेपछि अधिवेशनको बन्दसत्र राेकिएकाे छ ।

बन्दसत्रमा अध्यक्षको प्रतिवेदन जिल्ला समितिले पास नगरेको र विराटनगर महानगर कमिटीका पूर्वअध्यक्ष सागर थापालाई कारवाही गरेको विषयमा पनि विवाद भएको थियो । ‘प्रदर्शन हुँदै बन्दसत्र चल्दै थियो पछिल्लो समय मनोनित प्रतिनिधिको विषयमा नाराबाजी भयो,’ एमालेका एक अधिवेशन प्रतिनिधिले भने,‘ पार्टी भित्रको प्रतिपक्ष समूहले मनोमानी रुपमा प्रतिनिधि छनोट भयो भन्दै नाराबाजी गर्याै ।’

नाराबाजीपछि जिल्ला अधिवेशनको कार्यतालिका प्रभावित भएको छ । पूर्वनिर्धारित कार्यतालिका अनुसार आज बेलुकाबाट निर्वाचन कार्यतालिका सार्वजनिक गरेर मनोनयन प्रक्रिया अघि बढाउने तयारी थियो । तर अधिवेशन भित्र नाराबाजी भएपछि बन्दसत्र सकिएको छैन । निर्वाचन कार्यतालिका पनि प्रभावित भएको छ ।

जिल्ला अधिवेशनमा संस्थापन र इतर पक्षकाे नाममा दुई वटा प्यानल बनेकाे छ । संस्थापन पक्षमा अध्यक्ष केपी शर्मा ओली निकट नेताहरु छन् । इतर पक्षको नेतृत्व विनोद ढकालले गरेका छन् ।

संस्थापन पक्षले राजकुमार ओझालाई जिल्ला अध्यक्षमा अघि सार्ने तयारी गरेको छ । विनोद ढकालको समूहले अजम्बर राईलाई जिल्ला अध्यक्षको रुपमा अघि बढाउने तयारी गरेको छ । यो समूहले उपाध्यक्षमा सागर थापालाई अघि सार्ने तयारी गरेको छ ।

ढकालको समूहले सचिवमा सोमराज थापालाई अघि सार्ने तयारी गरेको छ । यो समूहबाट उपसचिवमा उषा झा र सन्तोष वान्तवालाई अघि बढाउने तयारी रहेको ढकालनिकट नेताहरुले बताए । संस्थापन पक्षले उपाध्यक्षमा शान्ति भुजेललाई उम्मेवार बनाउने तयारी गरेको छ । यो समूहबाट रविन थापा सचिवको उम्मेदवार बन्ने छन् । अधिवेशनले १ सय ६५ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ । जिल्ला अधिवेशनका लागि ९ सय १४ जना प्रतिनिधि छानिएका छन् । निर्वाचनका लागि दुई वटै समूहले आफ्नाे प्यानल बनाएका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending