काठमाडाैं । विवादित पाथीभरा केबलकार निर्माण प्रक्रियालाई सहज बनाउन नेकपा एमालेले सहजीकरण गर्ने भएकाे छ ।
आइतबार बसेको एमाले सचिवालय बैठकले केबलकार निर्माण प्रक्रिया अघि बढाउन छलफलमार्फत सहज वातावरण बनाउन भूमिका खेल्ने निर्णय गरेको बैठकपछि महासचिव शंकर पोखरेलले जानकारी दिएका छन् ।
‘केबलकार निर्माणका सन्दर्भमा उत्पन्न भएको विवादमा स्थानीय जनप्रतिनिधिहरू, स्थानीय प्रशासन र सरोकारवाला समूहहरूसँग छलफल गरी समस्यालाई समाधान गर्ने र केबलकार निर्माणको प्रक्रियालाई अगाडि बढाउन सहज वातावरण तयार गर्ने कुरामा पार्टीले चासो राखेको छ । त्यही प्रकारको भूमिका खेल्नका लागि सम्बन्धित पक्षको ध्यानाकर्षण गरेको छ,’ पोखरेलले भने ।
एमालेमा अब स्थायी कमिटी नहुने
एमालेले जनसंगठनमा स्थायी कमिटी नरहने निर्णय गरेको छ । सचिवालय बैठकले केन्द्रीय कमिटी र सचिवालय मात्रै रहने निर्णय गरेको हो ।
सचिवालय बैठकको निर्णय सुनाउदै महासचिव शंकर पोखरेलले भने, 'जनसंगठनमा केन्द्रीय कमिटी, स्थायी कमिटी र सचिवालय रहने व्यवस्था थियो । स्थायी कमिटीको व्यवस्था अन्त्य गरेर केन्द्रीय कमिटी र सचिवालय मात्रै रहने निर्णय गरेका छौं ।'
साथै कमिटीको संख्या घटाउने निर्णय पनि उनले बताए । जनसंगठनले आफ्नो विधानबाट यो निर्णय कार्यान्वयन गर्ने उनको भनाइ छ । एमालेले जनसंगठनको केन्द्रीय कमिटी ९९ देखि १५० जनासम्मको बनाउने र सबै जनसंगठनका पदाधिकारी ९ जनामा सीमित गर्ने निर्णय गरेको बुझिएको छ ।
त्यस्तै बैठकले एमाले नेताले विदेश भ्रमण जानुपूर्व पार्टीसँग अनुमति लिनुपर्ने, फर्किएपछि रिपोर्ट तयार पार्नुपर्ने निर्णय पनि गरेको महासचिव पोखरेलले जानकारी दिएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: