रामेछाप । सभामुख देवराज घिमिरेले प्राविधिक र गुणस्तरीय शिक्षा आजको आवश्यकता रहेको बताएका छन् । शनिबार लिखु तामाकोशी गाउँपालिका–६, खिम्तीस्थित श्री मावि ज्यामिरेखानीको स्वर्ण महोत्सवलाई सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन् ।
उनले नेपालको शिक्षाले समाजदेखि व्यक्तिगत जीवनमा समेत सुधार ल्याउन नसकेको भन्दै व्यवहारोपयोगी शिक्षा प्राविधिक र गुणस्तरीय हुनुपर्नेमा जोड दिए । उनले अहिले संसदमा शिक्षासम्बन्धी विधेयक छलफलमा रहेको बताए ।
सभामुख घिमिरेले स्थानीय विशेषताको आधारमा विकास निर्माण गर्नुपर्ने र राजनीतिक दलका नेताहरूको पनि उत्तिकै ठुलो भूमिका रहने बताए । सोही कार्यक्रमको अवसर पारेर सभामुख घिमिरेले विद्यालयले प्रकाशन गरेको विद्यालयको मुखपत्रको विमोचनसमेत गरेका थिए । सभामुख घिमिरेले शुक्रबार खाँडादेवी गाउँपालिकामा रहेको खाँडादेवी मन्दिरको वार्षिक साधारणसभाको उद्घाटनसमेत गरेका थिए ।
उक्त कार्यक्रममा लिखु तामाकोशी गाउँपालिकाको समग्र शिक्षा क्षेत्र तथा विकास निर्माणको विषयमा सभामुख घिमिरेसमक्ष गाउँपालिकाका अध्यक्ष केशव महतले जानकारी गराएका थिए । अध्यक्ष महतले शिक्षा र समग्र गाउँपालिकाको विकास निर्माणको लागि आवश्यक सहयोग गरिदिन आग्रहसमेत गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोजबहादुर थापामगरको अध्यक्षतामा भएको उक्त कार्यक्रममा लिखु तामाकोशी गाउँपालिका–६, खिम्तीका वडाध्यक्ष शिवप्रसाद न्यौपाने, बागमती प्रदेश सभा उद्योग, पर्यटन तथा वातावरण समिति सभापति आनन्दकुमार श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: