सप्तरी । बैमौसममा परेको वर्षासँगैको असिना र हावाहुरीले मकै, गहुँ लगायत कृषिउपज नष्ट गरेपछि यहाँका किसान चिन्तित बनेका छन् । केही दिनअघि आएको हावाहुरी र असिनापानीका कारण बाली नष्ट गरेपछि किसान चिन्तित बनेका हुन् ।
जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिकाका–१ भारदहका फुलेन्द्र राउतले व्यापार छोडेर नौ बिघामा मकै र गहुँखेती गरेका थिए । हावाहुरी, वर्षा र असिनाले खेतमा लगाइएको अधिकांश बाली नष्ट गरेपछि आम्दानीको स्रोत के हुने भन्ने चिन्ता बढेको उनले बताए ।
कृषि पेसाबाट आम्दानी गर्ने उद्देश्यले व्यापार छाडेर खेतीमा लागेको बताउँदै उनले गहुँखेतीमा रु एक लाख लगानी गरेको जानकारी दिए । “मकैमा लगाउँदा प्रतिकट्ठा ६० किलो खाद्य (बीउ) आवश्यक पर्दछ । करिब छ बिघा अर्थात् एक सय २० कट्ठामा सात हजार दुई सय किलो बीउ लागेको थियो, अन्य लगानी पनि छँदैछ”, राउतले भने । गहुँ फूल लाग्ने बेलामा झरेकाले फल्ने आशा नरहेको उनले बताए । मकैमा पनि केही हुने हो वा होइन अन्योल रहेको उनको भनाइ छ ।
भारदहका अर्को किसान अशोक माझीले पनि डेढ बिघामा गहुँ र १० कट्ठामा मकै लगाएका छन् । करिब ३६ प्रतिशत ब्याजदरमा गाउँमा रु एक लाख २० हजार ऋण लिएर खेती सुरु गरेको बताउँदै उनले बाली सबै नष्ट भएपछि ऋण कसरी तिर्ने भनेर चिन्ताले सताएको उल्लेख गरे ।
“उब्जा भएपछि मकै बेचेर सबै ऋण तिरिदिन्छु र गहुँले आफ्नो परिवारलाई पुगेर केही आम्दानी पनि हुन्छ भने आशा थियो तर वर्षा र असिनाले सब सखाप गरिदियो”, माझीले भने, “अहिले त आफ्नो परिवारलाई खान पुग्ने उत्पादन भए हुन्थ्यो भन्ने कामना छ ।”
यहाँका वासुदेव लौगीको अवस्था पनि उस्तै छ । उनले पनि गाउँमा ६० हजार ऋण लिएर एक बिघामा गहुँ र मकै खेती गरेका थिए । उनका अनुसार उब्जाको आश भने समाप्त भइसकेको छ । यसअघि असोजमा कोशीमा आएको बाढीले कृषकको मेहनत बगाएको थियो भने अहिलेको वर्षाले गहुँ, मकै र केराखेती नष्ट गरेको छ ।
यी तीन जना उदाहरण पात्र मात्र हुन् । हनुमाननगर कङ्कालिनी–१ का वडाध्यक्ष सुरेन्द्र मण्डलका अनुसार वर्षा र असिनाले भारदहका दुई सय बढी किसान प्रभावित बनेका छन् । उनले कृषकको अवस्था दयनीय रहेको भन्दै यस्ता विपद्का घटनाले उनिहरूलाई थप पीडा दिने गरेको बताए ।
वडाको बजेटबाट कृषकका लागि केही खास गर्न सक्ने अवस्था नरहेको भन्दै मण्डलले पीडित किसानको राहतका लागि प्रदेश र सङ्घ सरकारसँग आग्रह गरेको बताए । उनले प्रदेश र सङ्घ सरकारले स्थानीय तहसँग समन्वय गरी पीडित किसानलाई राहत उपलब्ध गराउनुपर्नेमा जोड दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: