Khabar Dabali ९ श्रावण २०८३ शनिबार | 25th July, 2026 Sat
Investment bank

आलु खेतीमा आधुनिक यन्त्र प्रयोगले बदलिएको किसानको जीवन

खबरडबली संवाददाता

नवलपरासी । नवलपरासी९बर्दघाट सुस्तापूर्व०को मध्यविन्दु नगरपालिका–२ का मायाराम महतोलाई गत वर्षसम्म एक बिघा जमिनको आलु खन्न २० जना खेताला जम्मा गर्नु पर्दथ्यो । तर अहिले एक बिघा क्षेत्रफलको आलु उनी एक्लैले एकै दिनमा सक्छन् ।

लामो समय अर्म–पर्म गरेर आलु खेती गरेका मायारामले गत वर्षदेखि घरमै पावर टिलर९हाते ट्याक्टर० किनेर खेती गर्दै आएका छन् । सामूहिक रूपमा आलु खेती गर्ने भएको हुँदा गत वर्ष कृषि ज्ञान केन्द्रको ७५ प्रतिशत अनुदानमा उनले पावर टिलर किनेको बताए ।

‘स्वदेशमा नै कृषि गर्ने भनेर विदेशबाट फर्किएको थिए तर धेरै मानिस खोजेर काम गर्नु पर्दा निकै समस्या भएको थियो । तर अहिले पावर टिलरको सहायताले आलु रोप्नेदेखि निकाल्दासम्म सजिलो भएको छ । हप्ता दिनसम्म लाग्ने गरेको काम एक दुई दिनमै सकिन्छ’, उनले भने ।

नन्दपुर बहुउद्देश्यीय कृषक समूह मध्यविन्दु–२ को अध्यक्षसमेत रहनुभएका मायारामले प्रविधिको सहायताले नै १५ बिघा जमिनमा सामूहिक आलु खेती गरिएको बताए । प्रविधिको सहयोगले गर्दा थोरै जनशक्तिबाट धेरै काम गर्न सकिने भएकाले आर्थिक बचतसमेत भएको किसान मायारामले बताए ।

‘पहिले हामी आफैँ आलु लगाउने ड्याम बनाउने, गोडमेल गर्ने, आलु निकाल्ने गर्दथ्यौँ, धेरै मान्छे र समय लाग्दथ्यो’, उनले भने, ‘अहिले हाते ट्याक्टरको सहायताले सबै काम गर्दछौँ सहज भएको छ ।’

कृषि प्रविधिले खेती गर्न सहज भएपछि नन्दपुर बहुउद्देश्यीय कृषक समूहले आलु खेतीको क्षेत्रफल पनि विस्तार गरेको छ । सुरुमा दुई बिघा जमिनमा गरिएको आलु खेती अहिले १५ बिघा पुर्याइएको छ भने आगामी वर्ष २० बिघामा गर्ने योजना रहेको मायारामले जानकारी दिए ।

मध्यविन्दु –२ कै रमेश थनेत थारु पनि पछिल्लो समय प्रविधिका माध्यमबाट खेती गर्दै आएका छन् । लामो समयसम्म कुटो कोदालोको प्रयोग गर्दै आउनुभएका रमेश प्रविधिको माध्यमबाट खेती गर्न सहज भएको बताउँछन् ।

सबै काम श्रमबाट मात्र गर्दा समय बढी लाग्ने र मिहिनेत धेरै लाग्ने गरे पनि प्रविधिको सहयोगमा कम समयमै धेरै खेती गर्न सकिने उनी बताउँछन् ।

‘धान, तोरी, गहुँ खेतीमा कृषि यन्त्रको प्रयोग गर्ने गरिएको भए पनि आलु खेतीमा सबै काम मान्छेले नै गर्ने गरेका थियौं’, उनले भने, ‘अहिले आलु उत्पादन गर्न धेरै सहज भएको छ, थोरै मान्छेले धेरै खेती गर्न सकेका छौ ।’

मायाराम र रमेशजस्तै पछिल्लो समय जिल्लामा धेरै किसानले कृषि यन्त्र प्रयोग गरेर आलु खेती गर्दै आएका छन् । अन्न वालिमा मात्रै कृषि यन्त्रको प्रयोग हुँदै आएकोमा केही वर्षदेखि तरकारी खेतीमा पनि कृषि यन्त्रको प्रयोग बढेको हो ।

पछिल्लो समय पावर ट्रेलर, ट्याक्टर, मिनी ट्रेलर को सहायताले तरकारी खेती गर्ने गरिएको कृषि ज्ञान केन्द्र नवलपरासी ९बर्दघाट सुस्तापूर्व०का प्रमुख कुलप्रसाद तिवारीले बताए ।

कृषिमा आधुनिक प्रविधिका औजार भित्रिएसँगै धेरै किसानले सहजरूपमा कृषि उत्पादन गर्ने गरेको तिवारीको भनाइ छ । परम्परागत शैलीमा खेतीपाती गर्ने किसान पछिल्लो समय प्रविधितर्फ आकर्षित भएको उनले बताए ।

‘जिल्लामा पछिल्लो समय तरकारी खेतीका लागि कृषि यन्त्रको प्रयोग बढेको छ । धेरै जसो किसानले कुटो कोदालोको सट्टा हाते ट्याक्टरको प्रयोग गर्दै आएका छन्’, उनले भने, ‘मानवीय श्रमको भरमा खेती गर्दै आएका किसान पछिल्लो समय प्रविधिमा जोडिएसँगै थोरै किसानले धेरै क्षेत्रफलमा खेती गर्न सक्ने भएको देखेका छौँ ।’

कृषि ज्ञान केन्द्रमार्फत कृषकलाई कृषि यन्त्रमा विभिन्न खाले अनुदान दिँदै आएको प्रमुख तिवारीले जानकारी दिए । परम्परागतरूपमा खेती गर्दै आएका किसानलाई पछिल्लो समय प्रविधिमैत्री बनाउँदै लगेपछि काममा सहजतासँगै उत्पादनसमेतमा राम्रो हुँदै गएको उनले बताए ।

‘पहिले किसान परम्परागत रूपमा धेरै दिन र मेहनत लगाएर खेती गर्ने गरेका थिए, तर अहिले प्रविधिले गर्दा थोरै समयमा धेरै खेती गर्न सफल हुनुभएको छ’, उनले भने, ‘प्रविधिले गर्दा थोरै जनसङ्ख्याबाट पनि धेरै खेती गर्ने र उत्पादन लिन सकिने भएको छ ।’

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उदयपुरमा महिलाको रहस्यमय मृत्यु, फूलजोरमा रगताम्मे अवस्थामा शव फेला

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१३ फूलजोर क्षेत्रमा एक महिलाको शव फेला परेको छ। घटनापछि प्रहरीले घटनास्थल सुरक्षित राखेर अनुसन्धान सुरु गरेको छ। ...

मोरङमा ४ वर्षीया बालिकाको बीभत्स हत्या, घरबाट हराएकी बालिकाको शव घाँसघारीमा भेटियो

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलकी ४ वर्षीया बालिका कायानत खातुनको हत्या भएको अवस्थामा शव फेला परेको छ। उनी स्थानीय जफा...

कालो कोटको आडमा ठगी? धरौटी नलाग्ने मुद्दामा ६० हजार असुलेको आरोप

सुर्खेत । सुर्खेतमा एक कानुन व्यवसायीमाथि अदालतमा धरौटी नै नलाग्ने मुद्दामा धरौटी लाग्ने भन्दै सेवाग्राहीबाट रकम असुलेको आरोप लागेको छ। पीडित पक्षले अ...

८ लाख २१ हजार घुससहित सिँचाइ डिभिजन सर्लाहीका प्रमुख र अधिकृत पक्राउ

सर्लाही । सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ८ लाख २१ हज...

मुगुमा घरमाथिबाट पहिराे खस्दा ३ वर्षीय बालकको मृत्यु, ८ घर उच्च जोखिममा

मुगु । मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा शनिबार बिहान घरमाथिबाट ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ...

साउनमै तरकारीको भाउ आकासियो, केही तरकारी पाँच गुणासम्म महँगियो

काठमाडौं । काठमाडौं उपत्यकामा हरियो तरकारीको मूल्य अस्वाभाविक रूपमा बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्ष साउनको पहिलो ...

आज हरिशयनी एकादशी : तुलसी सार्ने दिन, चार महिनाको चतुर्मास व्रत सुरु

काठमाडौं । सनातन वैदिक परम्पराअनुसार आज हरिशयनी एकादशी श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ। प्रत्येक वर्ष असार शुक्ल एकादशीका दिन घर–घरमा तुलसीको बिरुवा स...

६ महिनादेखि होटलबाट अनलाइन ठगी ! तीन भारतीयसहित सञ्चालक पक्राउ

हेटौँडा । मकवानपुरको हेटौँडास्थित एक होटलबाट विगत छ महिनादेखि अनलाइनमार्फत ठगी धन्दा सञ्चालन भइरहेको खुलेपछि प्रहरीले तीन भारतीय नागरिकसहित होटल सञ्चा...

एक वर्षमै निर्माण सम्पन्न गर्नुपर्ने कुखुरे पुल ६ वर्ष बित्दा पनि अलपत्र

वर्षायाममा ज्यान जोखिममा राखेर खोला तर्दै स्थानीय

बाढी–पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित, कहाँ पूर्ण बन्द र कहाँ एकतर्फी ?

काठमाडौं । लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्गमा यातायात प्रभावित भएको छ। कोशी र बागमती प्रदेशका मुख्य सडकमा कतै पूर्ण र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending