काठमाडौं । नीट प्रश्नपत्र बाहिरिएको आरोप र प्रदर्शनकारी विद्यार्थीमाथि भएको लाठीचार्जको विरोधमा शनिबार भारतभर विद्यार्थी आन्दोलन चर्किएको छ। यसै क्रममा आह्वान गरिएको बिहार बन्दका क्रममा विभिन्न जिल्लामा प्रदर्शन हिंसात्मक बनेको छ।
बिहारका पटना, सीवान, छपरा लगायतका जिल्लामा प्रदर्शनकारी विद्यार्थी र प्रहरीबीच झडप भएको छ। प्रदर्शनकारीहरूले प्रहरीमाथि ढुङ्गामुढा गरेपछि प्रहरीले भीड नियन्त्रण गर्न अश्रुग्यास प्रहार गर्नुका साथै बल प्रयोग गरेको जनाएको छ।
सीवानमा भएको ढुङ्गामुढाका क्रममा प्रहरी उपरीक्षक (एसपी) पूरन झा घाइते भएका छन्। स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै करिब १० राउन्ड गोली चलाएको बताइएको छ। छपरामा प्रदर्शनकारीहरूले प्रहरीको एउटा सवारी साधनमा आगजनी गरेका छन्।
प्रदर्शनकारीहरूले केही सरकारी भवनमा चढेर पोस्टर च्यात्नुका साथै सडक अवरुद्ध गरेका थिए। ठूलो संख्यामा विद्यार्थी सडकमा उत्रिएपछि यातायातसमेत प्रभावित भएको थियो। प्रदर्शनका कारण न्यायाधीशको सवारीसाधनसमेत केही समय रोकिएको बताइएको छ।
पटनामा भएको प्रदर्शनका क्रममा पूर्वमन्त्री तेजप्रताप यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ। यस्तै, सीतामढीमा भएको झडपमा एक महिला प्रहरी निरीक्षक (एसआई) सहित १२ जना घाइते भएका छन्। भागलपुरमा पनि प्रदर्शनकारी र प्रहरीबीच तनाव भएपछि प्रहरीले अवस्था नियन्त्रणमा लिन प्रयास गरेको छ।
बिहारबाहेक उत्तर प्रदेशका प्रयागराज, लखनउ र सहारनपुरलगायतका सहरमा पनि विद्यार्थी प्रदर्शन जारी छ। मध्यप्रदेशका २० भन्दा बढी सहरमा विरोध प्रदर्शन भइरहेको जनाइएको छ। इन्दौरमा प्रदर्शनकारी विद्यार्थीको गतिविधिमाथि निगरानी राख्न ड्रोन प्रयोग गरिएको छ।
विद्यार्थीहरूले नीट परीक्षासँग सम्बन्धित अनियमितताको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र परीक्षा प्रणाली सुधारको माग गर्दै देशव्यापी आन्दोलन गरिरहेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ९ गते, २०८३ - १७:०८
काठमाडौँ। काठमाडौँको तारकेश्वर नगरपालिकामा पार्किङ गरिएको विद्युतीय कारभित्र एक महिलाको जलेको अवस्थामा शव फेला परेको छ। घटनाबारे प्रहरीले गम्भीर अनुसन...
श्रावण ९ गते, २०८३ - १७:०१
सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पदबाट राजीनामा दिएका छन्। शनिबार बसेको प्रदेशसभा बैठकमा अविश्वास प्रस्तावमाथिको छलफलका क्रममा आफ...
श्रावण ९ गते, २०८३ - १६:३७
काठमाडौं। भारतका केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएपछि कक्रोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजित दीपकेले यसलाई आन्दोलनको ऐ...
श्रावण ९ गते, २०८३ - १६:२०
काठमाडौं । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र नागरिक अधिकार सुनिश्चित गर्न माग गर्दै नेपाल पत्रकार महासंघले काठमाडौंको माइतीघर मण्डलामा विरो...
श्रावण ९ गते, २०८३ - १६:०८
ढल्केबर। धान रोपाइँको मुख्य समयमा किसानले मल अभाव झेलिरहेका बेला धनुषाको धनुषाधाम नगरपालिका–५ नौसय बिघाका वडासदस्य सुरेश साहले लुकाइछिपाइ राखेको अवस्थ...
श्रावण ९ गते, २०८३ - १५:५७
काठमाडौं । नीट प्रश्नपत्र बाहिरिएको आरोप र प्रदर्शनकारी विद्यार्थीमाथि भएको लाठीचार्जको विरोधमा शनिबार भारतभर विद्यार्थी आन्दोलन चर्किएको छ। यसै क्रमम...
श्रावण ९ गते, २०८३ - १५:३७
तनहुँ। तनहुँमा आन्दोलनका क्रममा क्षति पुगेका सरकारी सवारीसाधन तथा अन्य सामग्रीको लिलाम प्रक्रिया अघि बढाइने भएको छ। २०८२ भदौ २४ गतेको आन्दोलनका क्र...
श्रावण ९ गते, २०८३ - १५:२४
नयाँ दिल्ली। परीक्षाको प्रश्नपत्र बाहिरिएको विषयलाई लिएर देशभर विद्यार्थीको विरोध प्रदर्शन चर्किएपछि भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानल...
श्रावण ९ गते, २०८३ - १५:००
काठमाडौँ । मोरङको सुनवर्षी नगरपालिका–९ मा चार वर्षीया कायानत खातुन मृत अवस्थामा फेला परेको घटनाप्रति महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र...
श्रावण ९ गते, २०८३ - १३:५६
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको राष्ट्रिय स्वाधीनतामाथि संकट उत्पन्न भएको दाबी गरे...



प्रतिकृया लेख्नुहोस्: