इस्मा गाउँपालिका–५ स्थित कुखुरे खोलामाथि निर्माणाधीन पक्की पुलको भौतिक प्रगति हालसम्म करिब ६० प्रतिशत मात्रै पुगेको छ। पुल निर्माण सम्पन्न नहुँदा इस्मा–५ र ६ का बासिन्दा मात्रै होइन, दैनिक आवतजावत गर्ने विद्यार्थी, किसान, बिरामी र सर्वसाधारणले वर्षौंदेखि सास्ती खेपिरहेका छन्।
विशेषगरी वर्षायाममा खोलाको बहाव बढेपछि जोखिम झन् बढ्ने गरेको स्थानीय बताउँछन्। खोला तर्न नसक्दा विद्यार्थी विद्यालय जानबाट वञ्चित हुने, बिरामीलाई अस्पताल पुर्याउन कठिन हुने र दैनिक उपभोग्य सामग्री ओसारपसारसमेत प्रभावित हुने गरेको उनीहरूको गुनासो छ।
सडक पूर्वाधार विकास कार्यालय, तम्घासमार्फत निर्माण भइरहेको २५ मिटर लामो पुलको ठेक्का काठमाडौंस्थित अत्रेय–भुसाल–बस्नेत जेभीले लिएको हो। पुल निर्माणका लागि २०७७ माघ २१ गते सम्झौता भएको थियो। सम्झौताअनुसार २०७८ माघ १७ गतेभित्र निर्माण सम्पन्न गर्नुपर्ने थियो।
निर्माण लागत भ्याटबाहेक दुई करोड ४३ लाख ३७ हजार ७०६ रुपैयाँ रहेको पुल समयमै सम्पन्न हुन नसकेपछि तीन पटक म्याद थप गरिएको छ। पछिल्लो पटक २०८१ असोज ३० गतेसम्म काम सक्ने समय दिइएको भए पनि त्यो अवधि बितिसक्दा पनि पुल अधुरै छ।
सडक पूर्वाधार विकास कार्यालयका सब–इन्जिनियर लेनिस देवका अनुसार हाल पुलको ढलानको तयारी भइरहेको छ र साउनभित्र ढलान सम्पन्न गर्ने लक्ष्य राखिएको छ। तर स्थानीय भने यसपटक पनि निर्माण समयमै सकिनेमा विश्वस्त छैनन्।
इस्मा–६ का स्थानीय होमबहादुर महतका अनुसार कुखुरे खोला क्षेत्र आसपासका ग्रामीण बस्तीका लागि प्रमुख आवागमन र व्यापारिक मार्ग हो। पुल नहुँदा बजार पुग्नेदेखि कृषि उपज बिक्री गर्नेसम्मका काम प्रभावित भएका छन्।
अर्का स्थानीय हिरा जिसीले निर्माण कम्पनीले लामो समयसम्म पर्याप्त जनशक्ति र उपकरण परिचालन नगरेकाले काम सुस्त बनेको बताए। बीच–बीचमा निर्माण नै रोकिँदा स्थानीयले पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराए पनि उल्लेखनीय सुधार हुन नसकेको उनको भनाइ छ।
सडक पूर्वाधार विकास कार्यालयले भने निर्माण व्यवसायीलाई काम छिटो सम्पन्न गर्न निरन्तर ताकेता गरिएको जनाएको छ। कार्यालयका अनुसार बाँकी काम सकेर पुल सञ्चालनमा ल्याउन निर्माण कम्पनीलाई निर्देशन दिइएको छ।
तर पटक–पटक थपिएको म्यादसमेत गुज्रिएपछि स्थानीयको विश्वास भने कमजोर बनेको छ। उनीहरू अब थप आश्वासनभन्दा पनि पुल समयमै सम्पन्न भएर वर्षौंदेखिको जोखिम र सास्ती अन्त्य भएको हेर्न चाहन्छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ९ गते, २०८३ - ०९:३५
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१३ फूलजोर क्षेत्रमा एक महिलाको शव फेला परेको छ। घटनापछि प्रहरीले घटनास्थल सुरक्षित राखेर अनुसन्धान सुरु गरेको छ। ...
श्रावण ९ गते, २०८३ - ०९:२८
विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलकी ४ वर्षीया बालिका कायानत खातुनको हत्या भएको अवस्थामा शव फेला परेको छ। उनी स्थानीय जफा...
श्रावण ९ गते, २०८३ - ०९:१५
सुर्खेत । सुर्खेतमा एक कानुन व्यवसायीमाथि अदालतमा धरौटी नै नलाग्ने मुद्दामा धरौटी लाग्ने भन्दै सेवाग्राहीबाट रकम असुलेको आरोप लागेको छ। पीडित पक्षले अ...
श्रावण ९ गते, २०८३ - ०९:१३
सर्लाही । सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ८ लाख २१ हज...
श्रावण ९ गते, २०८३ - ०९:०९
मुगु । मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा शनिबार बिहान घरमाथिबाट ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ...
श्रावण ९ गते, २०८३ - ०९:०२
काठमाडौं । काठमाडौं उपत्यकामा हरियो तरकारीको मूल्य अस्वाभाविक रूपमा बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्ष साउनको पहिलो ...
श्रावण ९ गते, २०८३ - ०८:५५
काठमाडौं । सनातन वैदिक परम्पराअनुसार आज हरिशयनी एकादशी श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ। प्रत्येक वर्ष असार शुक्ल एकादशीका दिन घर–घरमा तुलसीको बिरुवा स...
श्रावण ९ गते, २०८३ - ०८:५२
हेटौँडा । मकवानपुरको हेटौँडास्थित एक होटलबाट विगत छ महिनादेखि अनलाइनमार्फत ठगी धन्दा सञ्चालन भइरहेको खुलेपछि प्रहरीले तीन भारतीय नागरिकसहित होटल सञ्चा...
श्रावण ९ गते, २०८३ - ०८:४६
वर्षायाममा ज्यान जोखिममा राखेर खोला तर्दै स्थानीय
श्रावण ९ गते, २०८३ - ०८:४०
काठमाडौं । लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्गमा यातायात प्रभावित भएको छ। कोशी र बागमती प्रदेशका मुख्य सडकमा कतै पूर्ण र...



प्रतिकृया लेख्नुहोस्: