ढल्केबर। धान रोपाइँको मुख्य समयमा किसानले मल अभाव झेलिरहेका बेला धनुषाको धनुषाधाम नगरपालिका–५ नौसय बिघाका वडासदस्य सुरेश साहले लुकाइछिपाइ राखेको अवस्थामा तीन सयभन्दा बढी बोरा डिएपी मल प्रहरीले नियन्त्रणमा लिएको छ।
मलको स्रोत नभेटिएपछि शनिबार नौसय बिघास्थित प्रहरी चौकीले सो मल नियन्त्रणमा लिएको हो। प्रहरी चौकीका इन्चार्ज अजय झाले वडासदस्य साहले शुक्रबार मध्यराति दुई वटा टेम्पोमा मल लोड गरी अन्त लैजान लागेको अवस्थामा स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको बताए।
त्यस सम्बन्धमा थप अनुसन्धान गर्दै जाँदा बाहिरबाट ताल्चा लगाएर बन्द गरिएको गोदामबाट तीन सयभन्दा बढी बोरा डिएपी मल बरामद भएको उनले जानकारी दिए।
बरामद गरिएको मलको यकिन सङ्ख्या र त्यसको स्रोतबारे थप अनुसन्धान भइरहेको बताउँदै इन्चार्ज झाले बरामद मल इलाका प्रहरी कार्यालय धनुषाधाम पठाइएको बताए। उहाँका अनुसार धनुषाधाम नगरपालिका–५ का वडाध्यक्ष इन्दल महतो सञ्चालक रहेको पर्वता कृषि सहकारी संस्थाको दैनिक कारोबार वडासदस्य साहले गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। हाल वडासदस्य साह फरार रहेकाले खोजी भइरहेको प्रहरी इन्चार्ज झाको भनाइ छ।
स्थानीयवासी गोविन्द यादवले कृत्रिम अभाव सिर्जना गरेर महँगो मूल्यमा बेच्नका लागि वडासदस्य साहले मल लुकाएर राखेको आरोप लगाए। सहकारीमा किसान मल लिन जाँदा वडासदस्यले सकिएको भन्दै फर्काउने गरेको उनले जानकारी दिए। किसानले मल अभाव झेलिरहेका बेला यसरी मल लुकाउने जनप्रतिनिधिलाई कडा कारबाही हुनुपर्ने उनको भनाइ छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ९ गते, २०८३ - १७:०८
काठमाडौँ। काठमाडौँको तारकेश्वर नगरपालिकामा पार्किङ गरिएको विद्युतीय कारभित्र एक महिलाको जलेको अवस्थामा शव फेला परेको छ। घटनाबारे प्रहरीले गम्भीर अनुसन...
श्रावण ९ गते, २०८३ - १७:०१
सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पदबाट राजीनामा दिएका छन्। शनिबार बसेको प्रदेशसभा बैठकमा अविश्वास प्रस्तावमाथिको छलफलका क्रममा आफ...
श्रावण ९ गते, २०८३ - १६:३७
काठमाडौं। भारतका केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएपछि कक्रोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजित दीपकेले यसलाई आन्दोलनको ऐ...
श्रावण ९ गते, २०८३ - १६:२०
काठमाडौं । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र नागरिक अधिकार सुनिश्चित गर्न माग गर्दै नेपाल पत्रकार महासंघले काठमाडौंको माइतीघर मण्डलामा विरो...
श्रावण ९ गते, २०८३ - १६:०८
ढल्केबर। धान रोपाइँको मुख्य समयमा किसानले मल अभाव झेलिरहेका बेला धनुषाको धनुषाधाम नगरपालिका–५ नौसय बिघाका वडासदस्य सुरेश साहले लुकाइछिपाइ राखेको अवस्थ...
श्रावण ९ गते, २०८३ - १५:५७
काठमाडौं । नीट प्रश्नपत्र बाहिरिएको आरोप र प्रदर्शनकारी विद्यार्थीमाथि भएको लाठीचार्जको विरोधमा शनिबार भारतभर विद्यार्थी आन्दोलन चर्किएको छ। यसै क्रमम...
श्रावण ९ गते, २०८३ - १५:३७
तनहुँ। तनहुँमा आन्दोलनका क्रममा क्षति पुगेका सरकारी सवारीसाधन तथा अन्य सामग्रीको लिलाम प्रक्रिया अघि बढाइने भएको छ। २०८२ भदौ २४ गतेको आन्दोलनका क्र...
श्रावण ९ गते, २०८३ - १५:२४
नयाँ दिल्ली। परीक्षाको प्रश्नपत्र बाहिरिएको विषयलाई लिएर देशभर विद्यार्थीको विरोध प्रदर्शन चर्किएपछि भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानल...
श्रावण ९ गते, २०८३ - १५:००
काठमाडौँ । मोरङको सुनवर्षी नगरपालिका–९ मा चार वर्षीया कायानत खातुन मृत अवस्थामा फेला परेको घटनाप्रति महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र...
श्रावण ९ गते, २०८३ - १३:५६
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको राष्ट्रिय स्वाधीनतामाथि संकट उत्पन्न भएको दाबी गरे...



प्रतिकृया लेख्नुहोस्: