सिरहा । सिरहामा बलात्कार भएपछि मृत्यु भएकी नवराजपुर–१ भगवतीपुरकी रिङ्कु सदायको परिवारलाई न्याय दिलाउन दबाब दिन मुसहर समुदायद्वारा लहानमा प्रदर्शन गरिएको छ ।
हजारौंको सङ्ख्यामा प्रदर्शनमा सहभागी भएका मुसहर समुदायले हत्यारालाई पक्राउ गरेर रिङ्कु सदायको परिवारलाई न्याय देउ भने प्ले कार्डसहित लहान बजार प्रदर्शन गरेका हुन् । माघ २७ गते साझ ७ बजेतिर घरभन्दा उत्तरतर्फ शौच गर्न जानुभएकी रिङकुलाई गाउँकै रूपेश मण्डल, चन्दन साह र राम विनय मण्डलले नियन्त्रणमा लिएर बलात्कार गरी बिहान ३ बजेतिर छोडेका थिए ।
बलात्कृत भएकी रिङ्कुकी परिवारले सामाजिक न्यायका लागि एक दिनपछि गाउँमा पञ्चायत बसेर गरेको एक लाख ४० हजार दण्ड जरिवाना समेत तीनै युवाका अभिभावकले दिन मानेन् । न्याय पनि भएन तोकिएको दण्ड पनि नपाएकी रिङ्कु घरमा कोही नभएको समयमा झुण्डिएको अवस्थामा मृत्य फेला परेको थियो ।
अहिलेसम्म घट्नामा संलग्न देखिएका तीनै युवकलाई प्रहरीले पक्राउ नगरेको भन्दै प्रदर्शन गरेर दबाब दिएको मुसहर समुदायका अगुवा गङ्गा सदाय र रामस्वरुप सदायले बताइन ।
प्रहरीमा तीन जनाको नाममा जाहेरी दिँदा इलाका प्रहरी कार्यालयले आत्महत्या प्रोत्साहन मुद्दा एक जनाको नाममा मात्रै दर्ता गरेको थियो । बलात्कारमा संलग्न एक जनालाई पनि पक्राउ गर्न नसक्नु प्रहरी प्रशासनको कमजोरी भएको मानव अधिकारवादी राजकुमार राउतले बताए ।
यता प्रहरीले पञ्चायत गरेका तीन जनालाई नियन्त्रणमा लिएर छानबिन गरिरहेको छ भने बलात्कारमा संलग्न रुपेश मण्डल, चन्दन सदाय र राम विनय मण्डल फरार रहेकोले प्रहरीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी वीरेन्द्रकुमार पासवानले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - २०:३५
काठमाडौँ । नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि भोलि(बुधबार) बिहान ८ बजे मतदान हुने भएको छ । आज हुने भनिएकाे मतदान प्राविधिक समस्याका कारण स्थगित ...
पौष १ गते, २०८२ - २०:१८
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । नयाँ नेतृत्व(अध्यक्ष)का लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी मैदानमा उत्रिएका...
पौष १ गते, २०८२ - २०:१२
खोटाङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता हरिबोल गजुरेलले समाजवादी क्रान्तिका लागि शक्ति सञ्चय गर्न वामपन्थी राजनीतिक दलहरूबीच पार्टी एकता गरिएक...
पौष १ गते, २०८२ - १९:१२
काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा (देवराज) पक्राउ परेका छन् । ...
पौष १ गते, २०८२ - १९:०४
दुर्गा दाहाल दानवीय र अमानवीय नर नारी दुवै हुन् रे वेश्यालयमा बालिका बेच्न नारी नै छन् रे । लैगिक हिंसा र बलत्कारी महिला नै हुनै रे दिनमा नारा ...
पौष १ गते, २०८२ - १८:५३
काठमाडौं । नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपा...
पौष १ गते, २०८२ - १८:४९
कैलाली । ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले जनताले चुस्तदुरुस्त पारदर्शीतासहितको भ्रष्टाचार मुक...
पौष १ गते, २०८२ - १८:१४
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना गरेको छ । विभागले उद्योग तथा फर्म...
पौष १ गते, २०८२ - १८:१०
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाइका प्रमुख बिनेश मुनकर्मीविरुद्ध २ कर...
पौष १ गते, २०८२ - १७:५९
काठमाडौं । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालका तीन अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ । जसअनुसार एआईजी नारायण...




प्रतिकृया लेख्नुहोस्: