काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी जनयुद्धकै पृष्ठभूमिमा मधेश आन्दोलन सम्भव भएको बताएका छन् ।
जनतासँग माओवादी हुलाकी राजमार्गकेन्द्रित अभियानअन्तर्गत आज राजविराजमा आयोजित कार्यक्रममा उनले मधेश आन्दोलनको जगमा निर्माण भएका दल भने बिस्तारै विघटनउन्मुख भएकामा दुःख व्यक्त गरेका छन् ।
अध्यक्ष दाहालले सक्कली मधेशवादी आफ्नै दल भएको दाबी गरेका छन् । सप्तरीवासी गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहलाई गणतन्त्रको पहिलो राष्ट्रपति मधेशवादी दलले नै बन्न नदिएको भन्दै दुख व्यक्त गरे ।
‘हाम्रो पार्टीले सिंहलाई गणतन्त्रको पहिलो राष्ट्रपतिका लागि अगाडि बढायाे, तर मधेशवादी भनिएका दलहरूले नै उहाँलाई हराए,’ अध्यक्ष प्रचण्डले भने, ‘विगतमा जे भए पनि अब माओवादी र मधेशका शक्ति एक ठाउँमा आएर आन्दोलनका उपलब्धि जोगाउन आवश्यक छ ।’ उनले मधेशको मुद्दा उठाउन पार्टीले अभियान सुरु गरेको बताए ।
यसैगरी सप्तरीको खडक नगरपालिकाले आज शुक्रबारदेखि सुरु गरेको ‘साक्षर नगरपालिका निर्माण’ अभियान सुरु गर्दै प्रचण्डले आगामी २०८५ सालसम्म सबै नागरिकलाई साक्षर बनाइसक्ने लक्ष्य सम्झाउँदै साक्षर हुन बाँकी नागरिक रहेका स्थानीय तहलाई साक्षर अभियान सञ्चालन गर्न आह्वान गरेका थिए ।
संविधानले आधारभूत शिक्षालाई अनिवार्य र निःशुल्क गरेको तथा शिक्षालाई नागरिकको मौलिक हकको रुपमा स्थापित गरेको स्मरण गराउँदै अध्यक्ष प्रचण्डले अनिवार्य शिक्षासम्बन्धी ऐनले वि.सं २०८५ सम्म सबै नागरिकलाई साक्षर बनाइसक्ने र साक्षर बन्न नसके सरकारी सुविधासमेत प्राप्त गर्न नसक्ने व्यवस्था गरेकाले यसमा सबै स्थानीय तहको बेलैमा ध्यान जानुपर्ने बताए ।
खडक नगरपालिकाले आफ्ना नागरिकलाई साक्षर बनाउने अभियान थालेर महत्त्वपूर्ण सुरुवात गरेको उल्लेख गर्दै उनले यस्तो अभियान सबै पालिकाले चलाउनुपर्ने बताए । जनताको ठूलो बलिदानपछि प्राप्त भएको संविधानले शिक्षा, स्वास्थ्य र रोजगारीलाई मौलिक हकको रुपमा स्थापित गर्नु ठूलो सफलता भएको उल्लेख गर्दै प्रचण्डले संविधानअनुसार कानुन बनाउने र कानुन कार्यान्वयन गरेर जनताको जीवन बदल्ने अभियानलाई तीब्र बनाउनुपर्ने बताए ।
संविधानको मूल मर्म समाजवादउन्मुख अर्थ सामाजिक व्यवस्था भएको र यसका लागि निःशुल्क तथा अनिवार्य शिक्षा, निशुल्क स्वास्थ्य आदि कामलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने र त्यसमा स्थानीय तहले अगुवाई गर्नुपर्ने उनले स्पष्ट गरे । उनले आफ्नो पार्टीले स्थानीय तहबाट समाजवादको अभ्यास गर्ने नीति अघि सारेको जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २७ गते, २०८२ - २०:१८
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् । कीर्त...
मंसिर २७ गते, २०८२ - २०:०८
जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...
मंसिर २७ गते, २०८२ - २०:०५
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...
मंसिर २७ गते, २०८२ - २०:०३
काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...
मंसिर २७ गते, २०८२ - १९:५९
धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् । शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...
मंसिर २७ गते, २०८२ - १९:३२
लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...
मंसिर २७ गते, २०८२ - १९:२५
गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...
मंसिर २७ गते, २०८२ - १९:१८
म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...
मंसिर २७ गते, २०८२ - १९:०२
तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...
मंसिर २७ गते, २०८२ - १८:५६
गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...




प्रतिकृया लेख्नुहोस्: