काठमाडौं । गृहमन्त्री रमेश लेखकले सरकारले ल्याएका अध्यादेश प्रक्रियागत कारणले स्वीकृत हुन ढिलाइ भइरहेको बताएका छन् ।
शुक्रबार राष्ट्रिय निजि तथा आवासीय विद्यालय ऐशोसिएसन नेपालको आठौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै मन्त्री लेखकले सरकारले व्यवसायिक वातावरण सुनिश्चित गर्नको लागि अध्यादेश ल्याएको बताउँदै छिट्टै सदनबाट स्वीकृत हुने बताएका हुन् ।
'केही प्राविधिक र प्रक्रियागत कारणले अध्यादेश प्रतिस्थापन गर्न ढिलाइ भएको छ ।', गृहमन्त्री लेखकले भने, 'हामी समयभित्रै सदनले स्वीकार गर्ने र प्रतिस्थापन गरेर नयाँ कानून बनाउँछौं ।' त्यसैगरि उनले सरकारले ल्याएको अध्यादेशले निजि क्षेत्र उत्साहित भएको बताए । 'हाम्रो संविधानले पनि तीन खम्बे अर्थ नितिको व्यवस्था गरेको छ ।' उनले भने, 'निजि क्षेत्रका लागि सरकारले व्यवसायिक वातावरण सुनिश्चित गर्न लागेको छ ।'
उनले शिक्षा,स्वास्थ्यको क्षेत्रका केहि छैन भन्ने भाष्य निमार्ण भएको बताउँदै लोकतन्त्रका कारण मुलुकमा थुप्रै विश्विद्यालय स्थापना भएको बताए । उनले सरकारले शिक्षा विधेयक पनि यही अधिवेशनबाट पारित गर्ने बताए । निजि तथा आवासीय विद्यालयहरुले आफुभित्र भएका समस्याहरु स्वःनियमन गरेर समाधान गर्नुपर्ने उनको भनाई थियो ।
उनले कांग्रेस र एमाले समीकरण कोही नेताहरुलाई प्रधानमन्त्री र मन्त्री बनाउनको लागि मात्रै नमिलेको बताउँदै देश विकासको लागि स्थिर सरकार बनाएका बताए । 'अहिलेको समीकरण सरकार बनाउनको लागि सरकार र केही नेताहरुलाई प्रधानमन्त्री र मन्त्री बनाउनको लागि मात्रै बनेको होइन ।' गृहमन्त्री लेखकले भने, 'हामीले मुलुकमा स्थिर सरकार स्थापित हुन सकोस र त्यो सरकारले देशमा दिगो शान्ति, सुशासन र उन्तिको यात्रामा अघि बढाउनको लागि बनाएके हो ।'
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २७ गते, २०८२ - २०:१८
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् । कीर्त...
मंसिर २७ गते, २०८२ - २०:०८
जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...
मंसिर २७ गते, २०८२ - २०:०५
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...
मंसिर २७ गते, २०८२ - २०:०३
काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...
मंसिर २७ गते, २०८२ - १९:५९
धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् । शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...
मंसिर २७ गते, २०८२ - १९:३२
लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...
मंसिर २७ गते, २०८२ - १९:२५
गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...
मंसिर २७ गते, २०८२ - १९:१८
म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...
मंसिर २७ गते, २०८२ - १९:०२
तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...
मंसिर २७ गते, २०८२ - १८:५६
गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...




प्रतिकृया लेख्नुहोस्: