Khabar Dabali २६ फाल्गुन २०८२ मंगलवार | 10th March, 2026 Tue
Investment bank

ज्ञानेन्द्र शाहीले संसदमा बोल्दा एमाले माओवादीको प्रतिवाद

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र बहादुर शाहीले प्रतिनिधि सभामा राष्ट्रिय सभालाई फेरि बृद्धहरुको सभा भन्ने धारणा दोहोर्याएका छन् । मंगलबार बसेको बैठकमा राष्ट्रिय सभालाई वृद्धआश्रम भन्दै टिप्पणी गरेपछि सत्तारुढ दल नेकपा एमाले र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले प्रतिवाद गरेका छन् ।

मंगलबार प्रतिनिधि सभामा आम सञ्चार विधेयकमाथिको छलफलमा सांसद शाहीले राष्ट्रिय सभाबाट पारित भएर आएको विधेयकमा गलत कुरा रहेको दाबी गर्दै सांसद शाहीले राष्ट्रिय सभाले जस्ताको त्यस्तै पारित गरेको भन्दै आपत्ति जनाए । उनले राष्ट्रिय सभा वृद्धआश्रम बनेको बताउँदै त्यस्तो कुरा ख्याल नगर्ने सभा वृद्धआश्रम नै भएको आरोप लगाए । ‘यत्तिसम्म पनि अध्ययन गरेर आउँदै भने हामीले वृद्धाश्रम नभनेर राष्ट्रिय सभालाई के भन्ने ?’ उनले भने ।

सांसद शाहीले राष्ट्रिय सभालाई होच्याउने शव्द प्रयोग गरेपछि माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले विरोध जनाए । उनले नियमापत्ति गर्दै सांसद शाहीको शव्द सदनको रेकर्डबाट हटाउन माग गरे । ‘संसदको रोष्ट्रममा बसेर राष्ट्रिय सभाबारे गरेको टिप्पणी गलत छ’ पाण्डेले भने । संविधान, कानुन अनुसारको अभिव्यक्ति नरहेको भनेर सभामुखको ध्यानाकर्षण गरे ।

सांसद पाण्डेको नियमापत्तिपछि सभामुख देवराज घिमिरेले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाए । उनले आफ्नो ध्यानाकर्षण भएको बताउँदै पाण्डेलाई बस्न अनुरोध गरे । सांसद शाहीलाई बोल्न अनुमति दिए । पाण्डेको नियमापत्ति पछि बोलेका सांसद शाही फेरि पाण्डे माथि नै जाइलागेका थिए ।

सांसद शाहीले प्रतिनिधि सभा सदस्यलाई राष्ट्रिय बोलेकै आधारमा राष्ट्रिय सभाचले खेद प्रस्ताव पारित गर्दा किन नबोलेको भन्दै पाण्डेमाथि प्रश्न तेर्साए । ‘म प्रतिनिधि सभाको निर्वाचित सदस्य हो । मेरा विरुद्धमा राष्ट्रिय सभामा खेद प्रस्ताव पारित हुँदा तपाईंको ध्यान कहाँ थियो ?’ उनले सोधे ।

सांसद पाण्डे र शाहीको सवाल जवाफमा नेकपा एमालेका सांसद रघुजी पन्त पनि मिसिए । उनले आफू यसअघि प्रेस काउन्सिल नेपालको सदस्य भइसकेको र यसबारेमा धेरै कुरा थाहा रहेको बताउँदै राप्रपा सांसद शाहीले सदनमा गलत सूचना सम्प्रेषण गरेको बताए । उनले यस्तो गलत कुरा नगर्न आग्रह गरे । सांसद शाही फेरि पन्तमाथि जाईलागे ।

त्यसपछि सांसद शाहीले ‘राष्ट्रिय सभा विज्ञको सभा हुनुपर्नेमा राजनीतिक दलका कार्यकर्ता भर्ती केन्द्र हुन पुगेको’ टिप्पणी गरे । ‘राष्ट्रिय सभा विज्ञहरूको भर्ती केन्द्रका लागि बनाइएको हो तर, अहिले कार्यकर्ताको भर्ती केन्द्र भयो ?’

सांसद शाहीले राष्ट्रिय सभामा ‘विज्ञ खै’ भनेर उनले प्रश्न गरे । ‘कानुन विज्ञ खै ? अर्थ विज्ञ खै ? कुटनीतिक तथा परराष्ट्र विज्ञ खै ? चलचित्रको विज्ञ खै ? कृषि विज्ञ खै ?सञ्चार विज्ञ खै ? शिक्षा विज्ञ खै ? स्वास्थ्य विज्ञ खै ? आविश्कार तथा अन्वेष्ण विज्ञ खै ? सांस्कृतिक तथा पर्यटन विज्ञ खै ? पूर्वाधार तथा भौतिक विज्ञ खै ? सुरक्षा तथा रक्षा विज्ञ खै ?’

एमाले सांसद पन्तले निरन्तर शाहीको कुरा गलत भएको बताईरहे । तर, सभामुखले बोल्न अनुमति दिएनन् । निक्कै लामो समयसम्म पन्त आफ्नो आसनबाट उठिरहे । सभामुखले राप्रपा सांसद शाहीलाई व्यक्ति केन्द्रीत भएर नबोल्न अनुरोध गरे । सांसद पन्तले ‘संसदलाई गलत जानकारी दिन नपाइने’ भन्दै आपति जनाएका थिए ।

सांसद शाहीले यसअघि राष्ट्रिय सभालाई बृद आश्रम भन्दै टिप्पणी गरेपछि राष्ट्र्सभाले उनीविरुद्ध खेद प्रस्ताव समेत पारित गरेको थियो ।
 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE