Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

फेरि ऊर्जामन्त्री खड्काले कुलमानलाई साेधे २४ घण्टे स्पष्टीकरण

खबरडबली संवाददाता

काठमाडौं । ऊर्जामन्त्री दीपक खड्काले फेरि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई २४ घण्टे स्पष्टीकरण सोधेका छन् । ऊर्जा मन्त्री खड्काले यसअघि सोधेको स्पष्टीकरणको जवाफ चित्त नबुझेको भन्दै पुनः स्पष्टीकरण सोधेका हुन् । 

सोमबारको मन्त्रिपरिषद्को बैठकबाट घिसिङलाई सरकारले हटाउने तयारी गरेको थियो । तर, सोमबारको बैठकले घिसिङलाई हटाएको थिएन । घिसिङलाई २४ घण्टाभित्र जवाफ पेस गर्ने गरी स्पष्टीकरण सोधिएको ऊर्जा मन्त्री खड्काको सचिवालयले जनाएको छ । २४ घण्टे स्पष्टीकरण पत्रमा घिसिङले आन्तरिक र अन्तर्राष्ट्रिय भ्रमणलगायत विषय सोधिएको छ । 

प्राधिकरणको सञ्चालक समितिको अध्यक्षमा खड्का नियुक्त भएयता आन्तरिक भ्रमण काज, बिदा, अन्तर्राष्ट्रिय भ्रमणमा कति पटक गएको भन्ने विषयमा पनि घिसिङलाई स्पष्टीकरण दिनु भनिएको छ । मन्त्री खड्काले गत पुस २२ मा पनि ९ बुँदे स्पष्टीकरण सोधेका थिए । घिसिङले पुस २८ मा बुझाएको स्पष्टीकरण वस्तुगत र चित्तबुझ्दो नभएको भनिएको छ ।

देश चरम लोडसेडिङमा रहेका वेला डेडिकेटेड फिडर र ट्रंकलाइनमार्फत २४सै घण्टा विद्युत् उपभोग गरेका उद्योगीहरूले १० वर्षअघि प्रिमियम महसुल नबुझाएपछि उद्योगमा लाइन काटेर भए पनि बक्यौता उठाउने कसरतमा कुलमान छन् । तर, प्रधानमन्त्री ओली र ऊर्जामन्त्री खड्का बक्यौता तिर्न अटेर गर्ने उद्योगीको पक्षमा खुलेरै लागेका छन् । उद्योगीको चाहनाबमोजिम उनीहरू कुलमानलाई पदबाटै हटाउन निरन्तर कोसिस गर्दै आएका छन् । तर, लोडसेडिङ अन्त्य मात्रै होइन, विगतमा घाटामा चलेको प्राधिकरणलाई आफ्नो नेतृत्वमा देशकै बढी नाफा कमाउने संस्थानमा पुर्‍याएका उनलाई आमसर्वसाधारणको अपार साथ छ । कुलमान हटाउँदा राजनीतिक रूपमा ठुलो क्षति खेप्नुपर्ने डर कांग्रेस–एमालेलाई छ । 

सोमबारको मन्त्रिपरिषद् बैठकमा प्रस्तावसमेत राख्न नसकेपछि ऊर्जामन्त्री खड्का ‘आज पनि कुलमानलाई हटाउन सकिनँ’ भन्दै निराश भएर फर्किएका थिए । कुलमान हटाउन ऊर्जामन्त्री खड्काले मन्त्रिपरिषद्मा प्रस्ताव लैजान लागेको थाहा पाएपछि ऊर्जा राज्यमन्त्री पूर्णबहादुर (कान्छाराम) तामाङले राेक्ने प्रयास गर्दै आएका छन् । राम्रो काम गर्ने कर्मचारीमाथि सत्ताले शक्ति देखाउन नहुने भन्दै उनले प्रतिवाद गर्दै तामाङ आएका छन् । 

मौखिक प्रस्ताव ऊर्जामन्त्री खड्काले कुलमान हटाउन ६ फागुनको मन्त्रिपरिषद् बैठकमा मौखिक प्रस्ताव राखेका थिए । उनको प्रस्तावमा प्रधानमन्त्री केपी ओलीले पनि छलफल अघि बढाएका थिए । तर, कांग्रेसका मन्त्रीले असहमति जनाएपछि प्रधानमन्त्रीले छलफल रोकेका थिए । गृहमन्त्री रमेश लेखकले कुलमान हटाउने प्रस्ताव तत्कालै निर्णयार्थ पेस गर्न नहुने भन्दै असन्तुष्टि जनाएका थिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना गरेको छ ।  विभागले उद्योग तथा फर्म...

पोखरा विमानस्थल प्रमुखविरुद्ध २ करोड ५० लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाइका प्रमुख बिनेश मुनकर्मीविरुद्ध २ कर...

सशस्त्रका तीन एआईजीको सरुवा

  काठमाडौं । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालका तीन अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ । जसअनुसार एआईजी नारायण...

माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजार बढी रुख काटियो

सङ्खुवासभा । यहाँको भोटखोला गाउँपालिकामा निर्माण हुन लागेको एक हजार ६३ मेगावाटको माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजार भन्दा बढी रुख काटिएको छ ...

एमाले महाधिवेशनः ११ जना केन्द्रीय सदस्य सर्वसम्मत चयन

  काठमाडौं । नेकपा (एमाले) को ११औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएका छन् ।  पार्ट...

झापामा हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने

झापा । कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय बिर्तामोडले यस वर्षको हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने जनाएको छ । शाखाका प्रमुख दीपककुम...

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सदस्यले लिए शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठ र सदस्य प्रा. सुनीति श्रेष्ठ (हाडा)ले प...

महोत्तरीमा किसानलाई अनुदानमा गहुँको बीउ

महोत्तरी । मटिहानी नगरपालिकाले ५० प्रतिशत अनुदान उन्नत जातको गहुँको बीउ वितरण गरेको छ । मधेसमा सामान्यतया मध्य पुसभित्र गहुँ बाली लगाइसक्नुपर्ने कि...

पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को सुरुवाती पाँच महिनामा सरकारको विकास खर्च कमजोर देखिएको छ । गत मङ्सिर मसान्तसम्ममा सरकारले आठ प्रतिशत मात्रै पुँ...

श्रीलङ्कामा चक्रवातपछि अधिकांश विद्यालय सुचारु

काठमाडाैँ । श्रीलङ्कामा विनासकारी चक्रवात “दितवा” का कारण बन्द भएका अधिकांश सरकारी तथा निजी विद्यालयहरू मङ्गलबारदेखि पुनः खोलेको एक वरिष्ठ अधिकारीले ब...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending