उदयपुर । नेकपा माओवादी केन्द्र उदयपुरले फागुन महिनाभित्र जिल्लाका आठवटै पालिकामा पालिकाका सम्मेलन सक्ने गरी तयारी सुरु गरेको छ ।
फागुन महिनाभित्र प्रदेश र केन्द्रको परिपत्रअनुसार गाउँपालिका/नगरपालिका सम्मेलन गरिसक्ने गरी तयारी गरेकाे जिल्ला समन्वय समिति माओवादी केन्द्र उदयपुरका संयोजक विनोद कटुवाल ‘दिवस’ जानकारी दिए ।
जिल्लाका ७५ वटै वडामा लगभग पार्टीको वडा सम्मेलन सकिएको जानकारी दिँदै उनले अब पालिकाको सम्मेलनको तयारी तयारी सुरु भएको जानकारी दिए । माओवादी केन्द्र प्रदेश १ (कोशी) का सचिवालय सदस्य तथा जिल्ला कार्यालय सदस्य द्रोण पौडेल ‘नीरज’का अनुसार पालिका सम्मेलनका लागि आठवटै पालिकामा जिल्ला नेतालाई जिम्मेवारी दिइएको छ ।
जसमा लिम्चुङबुङको पालिका सम्मेलनका लागि काजीमान तामाङ, झनक घिमिरे, कृष्ण निरौलालाई जिम्मेवारी तोकिएको छ । यसैगरी ताप्ली गाउँपालिकामा विनोद कटुवाल ‘दिवस’, ढुंगराज विकलाई तोकिएको छ । कटारी नगरपालिकामा विनोद कटुवाल ‘दिवस’ हेम दाहाल, भगवती खनाल, केपी बराललाई जिम्मेवारी दिइएको छ ।
यता उदयपुरगढी गाउँपालिकामा नारायण बुर्जामगर, देव गिरी, काजीमान तामाङलाई पालिकाका सम्मेलन गराउन जिम्मेवारी तोकिएको छ । रौतामाई गाउँपालिकामा एविराज राई, खड्गबहादुर मगर, लिलबहादुर परियार छन् । त्रियुगा नगरपालिकामा द्रोण पौडेल, विमल किराँती, सम्झना तामाङ, किरण राई, दिलकुमारी पुलामी मगर, अमृता राई, कमला राई, शैलेन्द्र खतिवडा, दुर्गा बुर्जामगर र यदु ढकाल रहेका छन् ।
चौदण्डीगढी नगरपालिकामा राजन किराँती ‘वासु’ किराँती, देवनारायण चौधरी रहेका छन् । बेलका नगरपालिका राकेश किराँती, रमण भट्टराई र नुनिराम राईलाई पालिका सम्मेलन गराउन जिम्मेवारी दिइएको छ । उनले भने, ‘लिम्चुङबुङ र चौदण्डीगढी नगरपालिकामा फागुन २४ र त्रियुगा नगरपालिकामा फागुन २८ गते तोकिएको छ । अन्य पालिकाहरूकाे मिति थाहा भएन । तर, पालिकाले दोस्रो पालिका सम्मेलन मिति तोकिसकेका छन् ।
माओवादी केन्द्रले उदयपुरका चार गाउँपालिका र चार नगरपालिकामध्ये रौतामाई गाउँपालिका, लिम्चुङबुङ र ताप्ली गाउँपालिकामा अध्यक्ष जितेको छ भने जिल्लाका ७५ वटा वडामध्ये १५ वटा वडाध्यक्ष जितेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - २०:३५
काठमाडौँ । नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि भोलि(बुधबार) बिहान ८ बजे मतदान हुने भएको छ । आज हुने भनिएकाे मतदान प्राविधिक समस्याका कारण स्थगित ...
पौष १ गते, २०८२ - २०:१८
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । नयाँ नेतृत्व(अध्यक्ष)का लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी मैदानमा उत्रिएका...
पौष १ गते, २०८२ - २०:१२
खोटाङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता हरिबोल गजुरेलले समाजवादी क्रान्तिका लागि शक्ति सञ्चय गर्न वामपन्थी राजनीतिक दलहरूबीच पार्टी एकता गरिएक...
पौष १ गते, २०८२ - १९:१२
काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा (देवराज) पक्राउ परेका छन् । ...
पौष १ गते, २०८२ - १९:०४
दुर्गा दाहाल दानवीय र अमानवीय नर नारी दुवै हुन् रे वेश्यालयमा बालिका बेच्न नारी नै छन् रे । लैगिक हिंसा र बलत्कारी महिला नै हुनै रे दिनमा नारा ...
पौष १ गते, २०८२ - १८:५३
काठमाडौं । नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपा...
पौष १ गते, २०८२ - १८:४९
कैलाली । ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले जनताले चुस्तदुरुस्त पारदर्शीतासहितको भ्रष्टाचार मुक...
पौष १ गते, २०८२ - १८:१४
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना गरेको छ । विभागले उद्योग तथा फर्म...
पौष १ गते, २०८२ - १८:१०
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाइका प्रमुख बिनेश मुनकर्मीविरुद्ध २ कर...
पौष १ गते, २०८२ - १७:५९
काठमाडौं । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालका तीन अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ । जसअनुसार एआईजी नारायण...




प्रतिकृया लेख्नुहोस्: