झापा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीले अघि बढाएको हुलाकी मार्गकेन्द्रित जनतासँग माओवादी तराई मधेस जागरण अभियान जनताको कुरा सुन्ने जनसंवाद अभियान भएको बताएका छन् ।
जनतासँग माओवादी तराई मधेस जागरण अभियानअन्तर्गत झापाको झापा गाउँपालिकामा आयोजित जनभेटघाट तथा अन्तरक्रियालाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।
प्रचण्डले यो अभियानलाई नेता आउने भाषण गर्ने अभियानको रुपमा भन्दा सबै क्षेत्रका जनताको कुरा सुन्ने र अधिकतम समस्या समाधानका लागि पहल गर्ने अभियानको रुपमा अघि बढाउन खोजेको बताए । सहरी क्षेत्रका जनताको मनोविज्ञान विभिन्न माध्यमबाट थाहा हुने भए पनि देशको दक्षिण र ग्रामीण क्षेत्रमा बस्ने जनताको मनोविज्ञान कस्तो छ भनेर जान्न पनि यो अभियान महत्त्वपूर्ण हुने उनले विश्वास व्यक्त गरे । देशको दक्षिण क्षेत्रमा बस्ने अधिकांश जनता आदिवासी र उत्पीडित समुदाय रहेको उल्लेख गर्दै उनले यो आफ्नो पार्टीले आफ्नै वर्ग समुदायमा फर्कन गरेको निर्णयको कार्यान्वयनको सुरुवात भएको बताए ।
अब यसैले वैशाखमा मध्यपहाड र हिमाली क्षेत्रका जनता के चाहन्छन भनेर बुझ्न यसरी नै मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान चलाउने बताए । झापाबाट सुरु भएको पहिको दिनको कार्यक्रम निकै उत्साहजनक भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अब फेरि माओवादीप्रति जनतामा आकर्षण बढिरहेको र नेता कार्यकर्ताको आत्मविश्वास बढ्दै गएको बताए ।
झापा हिजो सामन्तवादको विरुद्ध बिद्रोहको केन्द्र रहेको र त्यतिबेलाको बिद्रोहको नेतृत्व गर्ने नेताहरु अहिले प्रतिक्रान्तिको हिस्सेदार बनेको प्रति झापाली जनताको ध्यानाकर्षण गराउन पनि यो अभियान महत्त्वपूर्ण भएको उनले स्पष्ट पारेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - २०:१३
काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान केन्द्रमा प्रवेशको समय १० बजेसम्म थपिएकाे छ । मतदानको लागि मतदान केन्द्रमा प्रवेशको स...
पौष २ गते, २०८२ - २०:०७
बारा । बाराको परवानीपुर गाउँपालिका–४ स्थित स्वास्थ्य चौकी नजिकको सेकेन्ड्री नहरमा एक पुरुषको शव फेला परेको छ। बुधबार दिउँसो कल्भर्ट मुनि पानीमा डुब...
पौष २ गते, २०८२ - २०:०४
काठमाडौं । बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहित ६ जनाविरुद्ध १४ लाख ६६ हजार ५०३ रुपैयाँ बराबरको भ्र...
पौष २ गते, २०८२ - १९:५६
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ । आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रस...
पौष २ गते, २०८२ - १९:१८
सल्यान । प्रहरीले मंसिर महिनामात्रै सल्यानबाट ३३ थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानबाट लुकाईछिपाइ राखेका ३३ थान भरुवा बन्दुक बराम...
पौष २ गते, २०८२ - १९:१६
भोजपुर । विपद् व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले भोजपुर सदरमुकाममा १८ दिने समुदाय विपद् स्वयंसेवक तालिम सुरु भएको छ । भोजपुर नगरपालिकासँगको ...
पौष २ गते, २०८२ - १९:१३
काठमाडाैँ । जापान सरकारले आगामी आर्थिक वर्षका लागि १२०० खर्ब येन (करिब सात खर्ब ७५ अर्ब अमेरिकी डलर) भन्दा बढीको अहिलेसम्मकै सबैभन्दा ठुलो प्रारम्भिक ...
पौष २ गते, २०८२ - १९:१०
गोरखा । माछा मार्न भनी गएका एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । यहाँको बारपाक सुलिकोट गाउँपालिका–५, ताकुमाँझ आरुखर्कका ३२ वर्षीय दलबहादुर बराम खोल...
पौष २ गते, २०८२ - १८:१७
भोजपुर । भोजपुर र खोटाङको सिमानामा अवस्थित प्राकृतिक तथा पर्यटकीय क्षेत्र तावा भञ्ज्याङ पर्याप्त प्रचार–प्रसार र पूर्वाधारको अभावका कारण ओझेलमा परेको ...
पौष २ गते, २०८२ - १८:१२
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न मातहतका निकायलाई तीन पटकसम्म परिपत्र जार...




प्रतिकृया लेख्नुहोस्: